सिंह—अफ्रिकाको रवाफिला यालयुक्त बिरालाहरू
केन्याका “ब्यूँझनुहोस्!” संवाददाताद्वारा
अफ्रिकाको सेरंगेटी टारमा घामको कलिलो किरण भर्खरै परेको छ। बिहानीको चिसो हावामा हामी लेण्ड रोभरमा बसेर सिंहनीको झुन्ड र त्यसका डमरूहरूलाई हेरिरहेको थियौं। तिनीहरूको चिल्लो अनि सुनौलो रंगका छाला, छेउछाउको लामो लामो सुखेको घाँसमा छुट्टयाउनै गाह्रो पर्थ्यो। स-साना डमरूहरू साह्रै चटपटे र फुर्तिला देखिन्थे। तिनीहरू आमाको वरिपरि उफ्रन्दै खेलीरहेका, र माउ चाहिं ढुक्कसँग बसिरहेकाथिए।
अचानक झुन्डमा भइरहेको चहलपहल टक्क रोकिन्छ। सबै ठूलठूला आँखा पार्दै एकटकसित टाढा हेर्छन्। हामीले पनि के रहेछ भनी जान्न तिनीहरूले हेरेकै तिर उत्सुकतापूर्वक आँखा कुदायौं। मिरमिरे उज्यालोमा हामीले एउटा बडेमानको रवाफिलो सिंहको आकृती देख्यौं। हाम्रो नजर जुध्नु पुग्यो। बिहानीको चिसोले त होइन तर त्यो सिंहको हेराइले पो हाम्रो शरिर थरथर काम्न थाल्यो। त्यो डरैलाग्दो भएता पनि हेर्दा अति सुन्दर देखिन्थे। तिनको ठूलो टाउकोलाई लामा-लामा रौंहरूले डम्म घेरेको थियो। पहेंलो अनि सुन्तला रंगको देखिने तिनका ठूल-ठूला आँखा सतर्क देखिन्थे। तथापि, त्यसको ध्यान बगाल भएतिर खिचिन्छ र एकटकले बगाललाई हेरेपछि त्यतैतिर मोडिन्छ।
ऊ रवाफिलो अनि राजसी ढंगमा अघि लम्कन्छ। हाम्रै मोटरको सामनेबाट हामीलाई एक झलक पनि नहेरीकन सिधै सिंहनी र डमरू भएतिर बढ्छ। उसलाई भेट्न सबै जना खडा हुन्छ त्यसपछि एकपछि अर्को गर्दै सबैजना बिरालाले जस्तै आ-आफ्नो मुख उसको खस्रो थुतुनासँग मुसार्छ। मानौं हिंडदा-हिंडदा थकाइलागेझैं गरी ऊ बगालको बीचमा पुगेर डंग्रगं पल्टन्छ र उत्तानो पर्छ। बिस्तारै उसलाई जस्तै अरूलाई पनि अल्छी लाग्न थाल्छ। केहीक्षणमा बिहानीको न्यानो घाममा बगालै मस्त सुतिजान्छ। हामी यसरी हावाको झोकाले अलिअलि हलिरहेको सुनौलो घाँसको खुल्ला मैदानमा शान्ति र सन्तुष्टीले भरिएको रमाइलो दृष्य हेरिरहेका हुन्छौं।
कौतुहल अनि मोह जगाउने प्राणी
मानिसको मनमा कल्पना अनि उत्सुकता जगाउने सायद सिंह जस्तो अरू कुनै जनावर छैन होला। धेरै वर्षअघि, अफ्रिकी चित्रकारहरू ढुंगामा सिंहले शिकार खेल्दै गरेको चित्र बनाउँथे। पुरातन समयको सिंहासन र मन्दिरहरूमा पनि ढुंगाको याले सिंहको ठू-ठूलो ढुंगे प्रतिमा बनाएर सजाइन्थ्यो। आज पनि मानिसहरू यो मनमोहक बिरालो हेर्न चिडियाघरमा घुँइचो लाग्छन्। पुस्तक र फिल्महरूमा सिंहलाई हिरो बनाएको छ। जस्तै बर्न फ्रि, भन्ने फिल्ममा टुहुरो डमरु कैदमा हुर्केर अन्तमा छोडीदिएको कहानी छ। लोककथाहरूमा सिंहलाई नरभक्षीको रूपमा प्रस्तुत गरिएको पनि हामी पाउँछौं, जुन एक किसिमले सत्य पनि हो र झूट पनि हो। अतः सिंह जस्तो उत्सुकता अनि मोह जगाउने प्राणी अरू कुनै नहुनु स्वभाविकै हो।
सिंह औधी नै हिंस्रक हुन्छ भने कोही बेला बिरालोको बच्चा जस्तै हुन्छ। तिनीहरू सन्तुष्ट हुँदा विस्तारै घुर्छन्। तर भयंकर र उच्च सोरले गर्जन पनि सक्छन् जस्को आवाज ८ किलोमिटर टाडासम्म सुन्नसकिन्छ। तिनीहरू हेर्दा साह्रै अल्छे र सुस्ती देखिएता पनि छक्कै लाग्ने गरि दौडन सक्छन्। मानिसहरू सिंहलाई साहसको प्रतिक मानिलिन्छन्। त्यसैले साहसी व्यक्तिलाई सिंहको मुटु भएको मानिस भन्छन्।
सिम्बाa—मिलनसार बिरालो
बिरालो जातिहरू मध्ये सिंह सबैभन्दा मिलनसार प्राणी हुन्। तिनीहरू ठूलो परिवारमा बस्न मन पराउँछन्, जसलाई झुन्ड भनिन्छ, एउटा झुन्डमा ३० वटासम्म सिंहहरू हुनसक्छ। प्रत्येक झुन्डमा घनिष्ठ भएर बस्ने सिंहनीहरूको समूह हुन्छ। तिनीहरू एकैठाउँमा बस्छन्, शिकार गर्छन् अनि बच्चा जन्माउँछन्। यस्तो नजिकको सम्बन्ध जीवनकालभरि नै चलिरहन पनि सक्छ, जसले गर्दा सिंह परिवार चलिरहनसक्छ।
प्रत्येक बगालमा एक वा एकभन्दा बढी पट्ठो भालेहरू हुन्छन् जस्ले आफ्नो बगाललाई पहरा दिन्छ अनि गन्धद्वारा आफ्नो बगालको इलाका निर्धारण गर्छ। यो रवाफिलो जनावर कालो नाकको टुप्पादेखि लिएर पुच्छरको टुप्पाको गुजुल्टोसम्म लगभग ३ मिटर लामो र २२५ किलोभन्दा पनि बढी हुनसक्छ।
बगालमा भालेको प्रभुत्व भएता पनि झुण्डको नेतृत्व लिने काम चाहिं पोथीले गर्छ। कुनै पनि काममा पहिला हात सिंहनीले हाल्छन्, जस्तै शीतल छहारीको खोजी गर्ने, शिकार खेल्ने इत्यादि।
सिंहनीले दुई वर्षमा एकपल्ट ब्याउँछिन्। जन्मनसाथ बच्चाहरू आँखा देख्दैनन् त्यसैले तिनीहरू पूर्णतया निस्सहाय हुन्छन्। डमरू हुर्काउन सामूहिक जिम्मेवारी भएकोले झुन्डको सबै सिंहनीहरू बच्चाहरूको सुरक्षा र स्याहार सुसार गर्छन्। डमरूहरू चाँडै हुर्कन्छन्। दुई महिना नपुग्दै तिनीहरू यताउता कुद्ने र खेल्ने भैसकेका हुन्छन्। उनीहरू बिरालोको बच्चा जस्तै लडिबडी खेल्छन्, आफ्नो साथीसँग पछरा पछार गर्छन् र अग्ला अग्ला घाँसमा फुत्रूक फुत्रूक उफ्रन्छन्। उनीहरूलाई चलमलाउने वस्तु देख्नै हुन्न त्यहीं झम्टी हाल्छन्। पुतलीलाई झम्टन्छन्, किराहरूलाई खेद्छन् अनि लट्ठी र लहराहरूसित लडिबडी गर्छन्। सबैभन्दा आकर्षक वस्तु आफ्नै आमाको पुच्छर हुन्छ। बच्चाहरू खेलोस् भनेर नै माउले जानाजानी आफ्नो पुच्छरलाई हल्कासँग हल्लाइरहन्छ।
प्रत्येक झुन्ड आ-आफ्नै सिमानाभित्र बस्छन्, जसको क्षेत्र धेरै वर्ग हेक्टरसम्म फैलिएको हुनसक्छ। सिंहहरू अलि उच्च ठाँउमा बस्न मनपराउँछन्, जहाँ प्रशस्त पानी साथै मध्याह्नको चर्को घामबाट बच्न शीतल छहारीहरू हुन्छ। हात्ती, जिराफ, अर्ना भैंसी र तराईमा पाइने अन्य जनावरहरूसित त्यहाँ तिनीहरू बस्छन्। सिंहको जीवन लामो समयसम्म सुत्नु र रहेको केही समय शिकार खेल्नु र सहवासमा विभाजित हुन्छ। भनौं भने सिंहलाई दिनमा २० घण्टा सुतिरहेको र बसिरहेको मात्र भेट्टाउन सकिन्छ भन्दा साँच्चै विश्वास गर्न गाह्रो पर्छ। तिनीहरूको मस्त सुताइ देख्दा शान्त स्वभावको र पाल्तु जस्तो देखिन्छन्। तर धोकामा नपर्नुहोस्, किनभने वन्य जन्तुहरू मध्ये सबैभन्दा हिंस्रक प्राणी नै सिंह हो।
शिकारी
दिन ढल्किंदै गएपछि दिनभरि घामले डढेको घाँस जमिन चिसिन थाल्छ। हामीले हेरिरहेको तीनवटा सिंहनी दिउँसोको निन्द्राबाट ब्यूँझेर चलमलाउन थाले। भोकले रन्थनिएका सिंहनीहरू कुन दिसामा शिकार छ थाहा लगाउन पहेंलपुर चौरमा चलिरहेको मन्द हावामा ठाडो नाक गरेर सुंघ्न थाल्छन्। भर्रखरै सरूवा हुँदै आएका हजारौं हजार भद्दा शरिर भएका अफ्रिकी हरिण हामी भएदेखि दक्षिण दिशातिर ढुक्कसँग चरिरहेको थियो। अब ती तीनवटा सिंहनी त्यतैतिर लम्किन थाल्छन्। खुल्ला मैदानमा फैलंदै ती तीन सिंहनीहरू सुस्तरी अघि बढ्छन्। पहेंलो रंग भएको सिंहनीहरू ला-लामो घाँस बीचमा चिन्न नसकिने हुन्छन्। त्यसैले लगभग ३० मिटर दुरीसम्म आएर ढुकीरहेको पनि हरिणहरूले थाहै पाउँदैनन्। त्यसपछि भने सिंहहरूले अवसर हेरेर जाइलाग्ने तय गर्छ। तिनीहरूको बेतोड कुदाइले चरिरहेका हरिणहरूको सातो-पुत्लो उड्छ। बगाल चारैतिर छरपस्टिन्छ, होसहवास् उडेको हरिणहरू प्राण बचाउन तैंछाड र मैछाड गरि दौडन्छन्। जमिनबाट बुगं-बुगं रातो धुलो उड्छ। धुलो हटिसकेपछि हामीले मैदानमा तीनवटा सिंहनी मात्र स्वाँ-स्वाँ गर्दै बसिरहेका देख्छौं। शिकारले तिनीहरूलाई झुक्क्याएछ। सायद आजरात मौका पाइएला कि।
सिंहहरू जतिकै फुर्तिला र छिटो किन नहोस्, शिकार गर्दा ३० प्रतिशत मात्र सफल हुन्छन्। त्यसैले सिंहहरूको सबैभन्दा ठूलो समस्या भोक हो। हुर्किसकेका जवान सिंहको तागत असाधारण हुन्छ। सामूहिक शिकार गर्दा १,३०० किलोसम्म वजन भएका जनावरलाई झुण्डिएर मार्न तिनीहरू जान्दछन्। शिकार खेद्दा तिनीहरू प्रति घण्टा ५९ किलोमिटरसम्म तेज दौडन सक्छन् तर तिनीहरूको त्यो दम धेरैबेरसम्म टिक्दैनन्। त्यसैकारण, आहार जुटाउन तिनीहरू चाल मारेर अनि ढुकेर आक्रमण गर्ने उपाय रच्छन्। सिंहनीहरूले शिकारमा ९० प्रतिशत् भाग लिएता पनि पहिलो र ठूलो भाग भालेहरूले नै पाउँछन्। साह्रै भोकाएको छ र शिकार पनि सानो छ भने सिंहले आफ्नै डमरूहरूलाई समेत खान दिंदैनन्।
शिकार
वर्षौं अघि रवाफिलो सिंहहरू अफ्रिकी महादेश, एसियाको केही भागहरू, युरोप, भारत, र पलेस्टाइनमा घुमफिर गर्थे। शिकारी भएको कारण यसले मानिससँग बाजी लडाउँछ। सिंहले पाल्तू पशु तथा मानिसहरूलाई समेत नोक्सानी पुऱ्याउने हुँदा, त्यसैले त मानिसहरू यसलाई देख्ने बित्तिकै मार्न सुरिन्छन्। मानिसहरूको तीव्र जनसंख्या वृद्धीले गर्दा सिंहको बासस्थान दिन-दिनै साँघुरिंदै गएको छ। आज अफ्रिका बाहेक अन्य ठाउँका जंगलहरूमा सिंहहरू खाली दुइ-चार सय जति मात्र पाइन्छ। आजकल सिंहहरू सुरक्षित इलाकाको सिमान्तर र वन्य-जीवन पार्कहरूमा मात्र मानिसदेखि सुरक्षित छन्।
कति खुशीको कुरा, अब यस्तो वैभवशाली जनावरमा पनि परिवर्तन आउनेछन्। बाइबलअनुसार भविष्यमा सिंह मानिसहरूसँग शान्तिमा रहनेछ। (यशैया ११:६-९) चाँडै हाम्रो मायालु सृष्टीकर्ताले यो सब पूरा गर्नुहुनेछ। त्यसबेला अफ्रिकाको बिरालो पनि सबै प्राणीहरूसित एकसाथमा शान्तिसँग मिलेर बस्नेछ।
[फुटनोट]
a “सिंह[लाई]” स्वाहीली भाषामा सिम्बा भनिन्छ
[पृष्ठ १७ -मा भएको पेटी]
सिंह गर्जंदा
सिंहलाई भयंकर आवाज निकालेर गर्जने क्षमता भएको जनावरको रूपमा चिनिन्छ। यस्को गर्जन कोसौं टाडासम्म सुन्नसकिन्छ। सिंहको गर्जनलाई “सबैभन्दा प्रभावशाली आवाजहरूमध्ये” एक मानिन्छ। सिंह प्रायः अँध्यारो भएपछि अनि उज्यालो हुन अघि गर्जन्छ। सिंहको डाँगो र मुडुली दवै एकैसाथ गर्जन्छन्। अनि कहिलेकाहीं झुन्ड नै सामूहिक गर्जनमा भाग लिन्छन्।
सिंहको अध्ययन गर्ने वैज्ञानिकहरू सिंहको गर्जनले धेरै कुराको संकेत दिन्छ भन्छन्। डाँगोहरू आफ्नो क्षेत्रिय सीमा सूचित गराउन अनि आफ्नो हिंस्रक स्वभावको चिह्नारी दिंदै अरू डाँगोलाई आफ्नो सिमाभित्र नपस्ने धम्की दिन गर्जन्छन्। परमेश्वरको जनहरूको हिंसात्मक विरोध गर्दै शिकार गर्ने हिंस्रक, अहंकारी र लोभी अश्शुर र बाबेलका शासकहरूलाई बाइबलमा गर्जने “जवान सिंह” भनेर चित्रित गर्नु सुहाउँछ। —यशैया ५:२९; यर्मिया ५०:१७.
गर्जनले, झुन्डदेखि अलग भएका सदस्यहरू अन्धकारमा कहाँ छन् थाहा लगाउन मदत दिन्छ। अनि शिकार फेला पारेपछि झुन्डको सदस्यलाई जानकारी दिन सिंहहरू गर्जन्छन्। सिंहको यही विशेषतालाई औंल्याउँदै बाइबल भन्छ: “केही फेला नपारेसम्म जवान सिंह आफ्नो गुफाबाट ङूर्र ङूर गर्छ र?”—आमोस ३:४.
तर अचम्मको कुरा शिकार खेल्दा सिंह शिकार तर्साउनलाई गर्जन्दैन। रिचार्ड एश्टेज आफ्नो, अफ्रिकी स्तनधारी प्राणीहरूको आचारणसम्बन्धी जानकारी, (अंग्रेजी) पुस्तकमा टिप्पणी गर्छ, “शिकार तर्साएर पासो थाप्न सिंह जानाजानी गर्जन्छ भन्ने छैन (मेरो अनुभवमा शिकारहरूले सिंह गर्जंदा टेरपुच्छरै लगाउँदैनन्)।”
त्यसो हो भने, बाइबलले शैतानलाई किन ‘कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ’ भनेको त? (१ पत्रुस ५:८) तर यहाँ वन्य जन्तुहरू सिंहको गर्जनले तर्सन्दैनन् भन्दैमा मानिस र घरेलु जन्तुहरू पनि तर्सिदैनन् भन्नु मिल्दैन। निस्पट्ट अन्धकारमा सिंहको त्रासपूर्ण गर्जन भयानक रीतिले गुञ्जदा सबै भयभित र त्रसित हुन्छ र त्यतिखेर जो कोहीलाई बन्द ढोकाभित्र नपसेसम्म असुरक्षित जस्तो लाग्छ। त्यसैले धेरै अघि नै कति ठीकसँग भनेको थियो: “सिंह गर्जेको छ, को डराउँदैन?”—आमोस ३:८.
शैतान मानिसहरूलाई तर्साउँदै आफ्नो वशमा पार्न सिपालु छ। धन्य, आज परमेश्वरका जनहरूले कति शक्तिशाली सहायक पाएका छन्। यहोवामा दह्रो विश्वास राखेको कारण उनीहरूले शक्तिशाली “गर्जने सिंहको” पनि सामना गर्नसक्छन्। त्यसैले मसीहीहरूलाई ‘आफ्नो विश्वासमा दह्रो भएर, त्यसको विरोध ग[र्न]’ प्रोत्साहन दिइन्छ।—पत्रुस ५:९.