-
तिनले कृपालु हुन सिकेतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
२० आफूले केही मेहनत नगरेको बोट मर्दा योना रिसाएका थिए। त्यो कुभिन्डोको बोट रातभरमा उम्रेको थियो। त्यसलाई योनाले न रोपेका थिए न त मलजल नै गरेका थिए। त्यसैले यहोवा परमेश्वर योनासित यसरी तर्क गर्नुहुन्छ: “त के यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्न सक्तैनन्, जसमा यतिका वस्तुहरू पनि छन्, के मैले त्यसमाथि दया नगर्नु?”—योना ४:१०, ११.c
२१. (क) यहोवाले योनालाई पाठ सिकाउन कस्तो उदाहरण चलाउनुभयो? (ख) योनाको उदाहरणले आफ्नो मनोवृत्ति जाँच्न हामीलाई कसरी घचघच्याउँछ?
२१ यहोवाले यो उदाहरण चलाउँदै सिकाउन खोज्नुभएको पाठ के तपाईंले बुझ्नुभयो? त्यो बोटको हेरचाह गर्न योनाले केही पनि गरेका थिएनन्। अर्कोतर्फ पृथ्वीमा भएका अरू प्राणीलाई जस्तै निनवेका मानिसहरूलाई पनि यहोवाले सृष्टि गर्नुभएको थियो र तिनीहरूको हेरचाह गर्नुभएको थियो। निनवेका १,२०,००० मानिसहरू र तिनीहरूका वस्तुभाउलाई भन्दा जाबो एउटा बोटलाई योनाले माया गरिरहेका थिए। यो एकदमै नसुहाउने देखिन्छ नि, होइन र? आफ्नो स्वार्थ मात्र हेरेकोले नै योनाले यसो गरेका होइनन् र? वास्तवमा आफूले छहारी पाएको बोट मरेकोले तिनी रिसाएका थिए। निनवे सहर नाश नहुँदा तिनी रिसाउनुको पछाडि पनि त्यस्तै स्वार्थी कारण थियो। आफूले सुनाएको सन्देशअनुसारै भयो भनेर के तिनी आफ्नो नाक ठड्याउन चाहँदैनथे र? योनाको उदाहरणले हामीलाई पनि आफ्नो मनोवृत्ति जाँच्न घचघच्याउँछ। हामीमध्ये कसमा पो त्यस्तो स्वार्थी झुकाव छैन र? यहोवाले हामीलाई अझै निस्स्वार्थी हुन, अझै समानुभूति देखाउन र अझै कृपालु हुन धैर्य गर्दै सिकाउनुहुन्छ। यसको लागि हामी कत्ति कृतज्ञ हुनुपर्छ!
-
-
तिनले कृपालु हुन सिकेतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
c निनवेका मानिसहरू दाहिने र देब्रे हातै चिन्न सक्दैनन् भनेर बताउँदा तिनीहरू यहोवाको स्तरबारे केही थाह नभएका बालकहरू जस्तै थिए भनेर यहोवा भन्न खोज्दै हुनुहुन्थ्यो।
-