प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीहरू मलाई पर्खिरहो”
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • १३. सपन्याहले मोआब, अम्मोन तथा अश्‍शूर विरुद्ध कस्ता न्यायवचनहरू घोषणा गरे?

      १३ आफ्नो अगमवक्‍ता सपन्याहद्वारा यहोवाले ती राष्ट्रहरूमाथि पनि क्रोध पोखाउनुभयो जसले उहाँका जनहरूलाई दुर्व्यवहार गरेका थिए। उहाँले यस्तो घोषणा गर्नुभयो: “मोआबको हेला र अम्मोनका सन्तानहरूको अपवाद मैले सुनेको छु, जसद्वारा तिनीहरूले मेरा प्रजालाई हप्काएर अहंकारसाथ उनीहरूको सीमानासम्म आइलागेका छन्‌। यसैकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, ‘म जीवित रहेझैं, निश्‍चय मोआब सदोमजस्तै र अम्मोनका सन्तानहरू गमोराजस्तै सिस्नुघारी, नूनका खानी र सदा सर्वदाको निम्ति उजाड़ हुनेछन्‌। . . . अनि उत्तर दिशाको विरुद्धमा आफ्नो हात पसारेर उहाँले अश्‍शूरलाई नाश पार्नुहुनेछ। उहाँले निनवेलाई उजाड़ र बलौटे ठाउँजस्तो सुखा तुल्याउनुहुनेछ।’”—सपन्याह २:८, ९, १३.

      १४. विदेशी राष्ट्रहरूले इस्राएली तथा तिनीहरूका परमेश्‍वर, यहोवासित “अहंकार” गरे भन्‍ने के प्रमाण छ?

      १४ मोआब र अम्मोन इस्राएलका पुराना शत्रुहरू थिए। (तुलना गर्नुहोस न्यायकर्त्ता ३:१२-१४) पेरिसको लुभ्र संग्रहालयमा राखिएको मोआबी शिलामा मोआबी राजा मेसाको अहंकारपूर्ण वाणीहरू कुँदिएका छन्‌। तिनले आफ्नो देउता केमोशको मदतद्वारा थुप्रै इस्राएली शहरहरू जितेको विवरण गर्वसित बताएका छन्‌। (२ राजा १:१) सपन्याहकै समकालीन अगमवक्‍ता यर्मियाले इस्राएलको गाद क्षेत्रलाई अम्मोनीहरूले आफ्नो देउता मल्कामको नाउँमा कब्जा गरेको घटनाबारे बताए। (यर्मिया ४९:१) अनि अश्‍शूरी राजा शल-मनेसेर पाँचौंले सपन्याहभन्दा एक शताब्दीअघि नै सामरियामा हमला गरेर त्यसलाई आफ्नो कब्जामा लिइसकेका थिए। (२ राजा १७:१-६) त्यसको केही समयपश्‍चात्‌ राजा सनहेरीबले यहूदामाथि आक्रमण गरेर त्यसका बलिया शहरहरूलाई कब्जा गरे र यरूशलेमलाई समेत धम्काए। (यशैया ३६:१, २) यरूशलेमलाई आत्मसमर्पण गर्ने माग गरेर अश्‍शूरी राजाका प्रवक्‍ताले निस्सन्देह यहोवासित अहंकार गरेका थिए।—यशैया ३६:४-२०.

  • “तिमीहरू मलाई पर्खिरहो”
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • १५. आफ्ना जनहरूसित अहंकार गर्ने राष्ट्रहरूका देउताहरूलाई यहोवाले कसरी बेइज्जत गर्नुहुनेथियो?

      १५ भजन ८३ ले मोआब, अम्मोन र अश्‍शूरलगायत अन्य थुप्रै राष्ट्रहरूको पनि उल्लेख गर्छ जसले यस्तो घमण्ड गर्दै इस्राएलसित अहंकार गरेका थिए: “आओ, हामी तिनीहरूलाई यसरी नाश गरौं, कि तिनीहरू एक जातिनै नरहोस्‌।” (भजन ८३:४) यी घमण्डी राष्ट्रहरू अनि तिनीहरूका देउताहरूलाई सेनाहरूका यहोवाले बेइज्जत गर्नुहुनेछ भनेर अगमवक्‍ता सपन्याहले साहसपूर्वक घोषणा गरे। “तिनीहरूका शेखीको निम्ति तिनीहरूलाई यही हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुको प्रजालाई गाली गरेका छन्‌, र अहंकारसाथ तिनीहरू उनीहरूमाथि आइलागेका छन्‌। तिनीहरूका विरुद्धमा परमप्रभु भयंकर हुनुहुनेछ। उहाँले पृथ्वीका सबै देवताहरूलाई नाश पार्नुहुनेछ, र सबै जातिहरूले आफ्ना आफ्ना ठाउँमा उहाँलाई दण्डवत्‌ गर्नेछन्‌।”—सपन्याह २:१०, ११.

  • “तिमीहरू मलाई पर्खिरहो”
    प्रहरीधरहरा—१९९६ | मार्च १
    • १७. सपन्याहको न्यायवचन राष्ट्रहरूमाथि कहिले अनि कसरी पूरा भयो?

      १७ यो चेताउनी पालन गर्ने जति पछि छक्क पर्नुपरेन। तिनीहरूमध्ये धेरैले आफ्नै जीवनकालमा सपन्याहको भविष्यवाणी पूरा भएको देखे। सा.यु.पू. ६३२ मा बेबिलोनी, मादी र उत्तरका जाति, सम्भवतः सिथेनीहरूको संयुक्‍त सेनाले निनवेलाई ध्वस्त पारे। त्यसबारे इतिहासकार विल डुरान्ट यसो भन्छन्‌: “नेबोपोलास्सरको बेबिलोनी सेना, साइक्सरेजको मादी सेना तथा ककेसस्‌ पर्वतीय इलाकाहरूबाट आएका सिथेनीहरूले सजिलै अनि क्षणभरमै उत्तरका किल्लाहरूलाई कब्जा गरे। . . . एक प्रहारमै अश्‍शूरीहरू इतिहासबाट लुप्त भए।” अनि सपन्याहले ठीक त्यस्तै भविष्यवाणी गरेका थिए।—सपन्याह २:१३-१५.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने