-
साँचो उपासनाले मानिसहरूलाई एकताबद्ध पार्छप्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
-
-
हाम्रो समयमा विश्वव्यापी एकता!
बाइबलको सपन्याहको पुस्तकमा विभिन्न पृष्ठभूमिका मानिसहरू एकैसाथ भेला भएको उल्लेखनीय भविष्यवाणीबारे बताइएको छ। यसले भन्छ: “त्यस बेला देश देशका मानिसहरूलाई [म यहोवा परमेश्वरले] एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।” (सपन्याह ३:९) परिवर्तित मानिसहरूले एकताबद्ध भएर परमेश्वरको सेवा गरिरहेको कत्ति सुन्दर चित्रण!
-
-
साँचो उपासनाले मानिसहरूलाई एकताबद्ध पार्छप्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
-
-
आफ्ना जनहरूलाई एकताबद्ध पार्न यहोवाले तिनीहरूलाई शुद्ध भाषा दिनुहुन्छ। यो नयाँ भाषामा परमेश्वर र उहाँका उद्देश्यहरूसित सम्बन्धित सत्य कुरा बुझ्नु समावेश छ। शुद्ध भाषा बोल्नुमा सत्यमाथि विश्वास गर्नु, अरूलाई सिकाउनु र परमेश्वरका नियम तथा सिद्धान्तहरूअनुरूप जीवन बिताउनु पनि समावेश छ। यसको लागि विभाजन ल्याउने राजनीतिबाट टाढा रहनुपर्छ र जातिवाद तथा विभाजन ल्याउने राष्ट्रियता जस्ता यस संसारका विशेषता अथवा स्वार्थी मनोभावहरू हृदयबाट जरैदेखि हटाउनुपर्छ। (यूहन्ना १७:१४; प्रेरित १०:३४, ३५) सच्चाइलाई मनपराउने सोझा मानिसहरूले यो भाषा सिक्नसक्छन्। अघिल्लो लेखमा उल्लेख गरिएका धार्मिक तवरमा एकदमै भिन्न पाँच जना मानिस अहिले आएर साँचो परमेश्वर यहोवाको उपासनामा कसरी एकताबद्ध भएका छन् विचार गर्नुहोस्।
-