प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्‍य
    येसु—बाटो, सत्य र जीवन
    • यतिबेला येसु हर्मोन डाँडाबाट करिब २५ किलोमिटर टाढा पर्ने सिजरिया फिलिप्पिको इलाकामा हुनुहुन्छ। त्यहाँ मानिसहरूलाई शिक्षा दिँदै गर्नुहुँदा उहाँ आफ्ना प्रेषितहरूलाई यस्तो अचम्मलाग्दो कुरा भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”—मत्ति १६:२८.

      ती चेलाहरूलाई येसुले के भन्‍न खोज्नुभएको होला जस्तो लागेको हुनुपर्छ। त्यसको करिब एक हप्तापछि उहाँ आफ्ना तीन जना प्रेषित—पत्रुस, याकुब र युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुहुन्छ। यो रातको समय हुनुपर्छ किनकि तिनीहरू तीनै जना निद्राले लट्ठ परेका छन्‌। येसुले प्रार्थना गरिरहनुहुँदा तिनीहरूकै अगाडि उहाँको रूप परिवर्तन हुन्छ। ती प्रेषितहरू उहाँको मुहार सूर्यजस्तै उज्यालो भएको र उहाँको लुगा सेतो र चहकिलो भएको देख्छन्‌।

  • रूप परिवर्तन—ख्रिष्ट महिमित हुनुभएको दृश्‍य
    येसु—बाटो, सत्य र जीवन
    • येसु र उहाँका प्रेषितहरूको लागि यो दर्शन बलको स्रोत हो। यो दर्शन ख्रिष्ट आफ्नो राज्यमा महिमित हुनुहुने कुराको पूर्वझलक हो। येसुले प्रतिज्ञा गर्नुभएझैँ चेलाहरूले ‘मानिसको छोरालाई राजाको रूपमा आउँदै गरेको देखे।’ (मत्ति १६:२८) ती चेलाहरूले डाँडामा ‘आफ्नै आँखाले उहाँको वैभव देखेका थिए।’ फरिसीहरू येसु नै परमेश्‍वरले रोज्नुभएको राजा हुनुहुन्छ भनेर प्रमाणित गर्ने चिन्ह हेर्न चाहन्थे तर उहाँ तिनीहरूलाई कुनै चिन्ह दिनुहुन्‍न। येसुका घनिष्ठ चेलाहरूले भने येसुको रूप परिवर्तन भएको हेर्ने मौका पाए, जसले राज्यसम्बन्धी गरिएका भविष्यवाणीहरूलाई अझ पक्का गर्छ। त्यसैले पछि पत्रुसले यस्तो लेख्न सके: “हामीसित भएको भविष्यसूचक वचन झन्‌ पक्का भएको छ।”—२ पत्रुस १:१६-१९.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने