-
मण्डली सुदृढ होओस्प्रहरीधरहरा—२००७ | मे १
-
-
१०. मत्ती १८:१५-१७ अनुसार गम्भीर समस्याहरूको समाधान कसरी गरिनुपर्ने थियो?
१० मण्डलीको बनोट यस्तै हुनेथियो भनी येशूले संकेत गर्नुभयो। मत्ती १८:१५-१७ को विवरणलाई विचार गर्नुहोस्। उक्त विवरणमा परमेश्वरका जनबीच एउटाले कुनै न कुनै तरिकामा अर्कोको विरुद्ध पाप गरेकोले कहिलेकाहीं समस्या उठ्न सक्छ भनी उहाँले बताउनुभयो। त्यस्तो अवस्थामा, पापको शिकार भएका व्यक्तिले पाप गर्नेको ‘दोष देखाइदिन’ उनलाई एक्लै भेट्नुपर्थ्यो। त्यसो गर्दा पनि समस्या समाधान नभएमा, त्यो मामिला थाह भएका अरू एक वा दुई जनाको मदत लिन सकिन्थ्यो। तर समस्या अझै सुल्झिएन भने नि? येशूले यसो भन्नुभयो: “यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्छ भने, समुदायलाई [“मण्डली,” NW] भन, र त्यसले समुदायको [“मण्डली,” NW] बात पनि सुन्न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।” येशूले यो कुरा भन्नुभएको बेलासम्म “परमेश्वरको मण्डली” यहूदीहरूद्वारा नै बनिएको हुनाले यी शब्दहरू पहिला तिनीहरूमा नै लागू भयो।a तर मसीही मण्डली स्थापित भएपछि भने येशूको त्यो निर्देशन त्यही मण्डलीमाथि लागू हुनेथियो। हरेक मसीहीलाई सुदृढ पार्न र डोऱ्याउन परमेश्वरको जनहरूमाझ मण्डलीको प्रबन्ध हुनेथियो भन्ने कुराको यो अर्को एउटा प्रमाण हो।
११. समस्याहरू सुल्झाउने सन्दर्भमा प्राचीनहरूले कस्तो भूमिका खेल्नुपर्थ्यो?
११ त्यसैले, स्थानीय मण्डलीमा भएका समस्या वा पापपूर्ण कामको समाधान धर्मगुरु अर्थात् निरीक्षकहरूले गर्नु उचित थियो। तीतस १:९ मा दिइएको प्राचीन हुन चाहिने योग्यताभित्र यो काम पनि पर्छ। हो, स्थानीय मण्डलीका प्राचीनहरू तीतसजस्तै असिद्ध थिए जसलाई पावलले “चाहिंदो कुराहरूको सुधार” गर्न मण्डलीहरूमा पठाए। (तीतस १:४, ५) अहिले, प्राचीन नियुक्त हुन सक्ने व्यक्तिहरूले नियुक्ति पाउनुअघि समयको दौडान विश्वास र भक्तिको प्रमाण दिएको हुनुपर्छ। त्यसैकारण, मण्डलीका अरू सदस्यले प्राचीनहरू मार्फत पाएको निर्देशन र नेतृत्वमा भरोसा गर्ने हर कारण छ।
-
-
मण्डली सुदृढ होओस्प्रहरीधरहरा—२००७ | मे १
-
-
a येशूले निर्देशन दिनुहुँदा चलाउनुभएको “मण्डलीलाई भन” भन्ने वाक्यांशले “यस्ता समस्याहरू जाँच्न अख्तियार पाएकाहरू अर्थात् चर्चका प्रतिनिधिहरूलाई” बुझाउन सक्छ भनी बाइबलविद् अल्बर्ट बार्न्सले मानिलिए। तिनी अझ भन्छन्: “यहूदी सभाघरमा न्यायाधीशको रूपमा काम गर्ने प्राचीनहरू हुन्थे जसको अघि यस्ता खाले समस्याहरू पेश गरिन्थ्यो।”
-