-
राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
१-३. व्यापारीहरूले मन्दिरलाई दूषित बनाइरहेको देखेपछि येशूले के गर्नुभयो?
येशू यरूशलेमको मन्दिरको सम्मान गर्नुहुन्थ्यो। उहाँले यो मन्दिरको महत्त्व बुझ्नुभएको थियो। यो मन्दिरले वर्षौंदेखि पृथ्वीमा साँचो उपासनाको केन्द्रको रूपमा काम गरिरहेको थियो। यहोवा परमेश्वर पवित्र हुनुभएकोले उहाँलाई चढाइने उपासना पनि पवित्र हुनै पर्छ। त्यसैले इस्वी संवत् ३३, नीसान १० का दिन यरूशलेमको मन्दिरमा पस्नुहुँदा त्यहाँको अवस्था देखेर येशूलाई कस्तो लाग्यो होला, हामी कल्पना गर्न सक्छौं।—मत्ती २१:१२, १३ पढ्नुहोस्।
२ अन्यजातिहरूको चोकमा लोभी व्यापारी र पैसा साट्नेहरूले मन्दिरमा भेटी चढाउन आएका उपासकहरूलाई ठगिरहेका थिए।a येशूले “किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्नेहरूको टेबुल . . . पल्टाइदिनुभयो।” (नहेम्याह १३:७-९ तुलना गर्नुहोस्) ती लोभी मानिसहरूले आफ्नो बुबाको घरलाई “डाँकुहरूको ओडार” बनाए भनेर येशूले भर्त्सना गर्नुभयो। यसरी येशूले त्यो मन्दिर यहोवाको उपासना गर्ने स्थल हो भनेर जोड दिंदै मन्दिरको सम्मान गर्नुभयो। यहोवालाई चढाउने उपासना शुद्ध हुनै पर्छ भनेर पनि उहाँले जोड दिनुभयो!
-
-
राजा येशू ख्रीष्टले आफ्नो प्रजालाई शुद्ध पार्नुहुन्छपरमेश्वरको राज्यले शासन गर्दै छ!
-
-
a यरूशलेममा अरू ठाउँको पैसा चल्दैन थियो। त्यसैले बाहिरबाट आएका यहूदीहरूले मन्दिरको वार्षिक कर तिर्न आफ्नो पैसा साट्नुपर्थ्यो। ती यहूदीहरूले मन्दिरमै पैसा साट्न सक्थे। तर पैसा साट्ने व्यापारीहरूले निकै नाफा खान्थे। मन्दिरमा आउने यहूदीहरूले भेटी चढाउन पशुहरू पनि किन्नुपर्थ्यो। येशूले यस्ता व्यापारीहरूलाई “डाँकु” भन्नुभयो किनभने तिनीहरू असाध्यै महँगो भाउमा पशुहरू बेच्थे अनि मन्दिरमा हुने अरू काममा पनि तिनीहरूलाई ठग्थे।
-