सहस्र वर्षे राज्यमा बाँच्नको निम्ति सङ्गठित् हुने
“तिनीहरू एकै गोठालाका र एकै बगालका हुनेछन्।—यूहन्ना १०:१६
१. अनादि देखिन् अनन्त सम्म बाँच्नुहुने परमेश्वरको निम्ति, हजार वर्ष के जस्तो हो?
यहोवाले मानवजातिकालागि समयको सृष्टिगर्नु भएको हो। उहाँ, अनादिदेखि अनन्त सम्म हुनुहुने परमेश्वरको लागि, हजार वर्ष तुरन्तै बितेर जाने एक दिन अथवा रातको एक पहर जस्तै हो।—भजन ९०:४; २ पत्रुस ३:८।
२. सारा मानिस जातिलाई आशिष दिनको निम्ति यहोवाले कुन समय साँचेर राख्नु भएकोछ?
२ पृथ्वीका सबै परिवारलाई आशिष दिनको निम्ति परमेश्वरले एक हजार वर्ष लामो एउटा लाक्षणिक दिन नियुक्त गर्नु भएकोछ। (उत्पत्ति १२:३; २२:१७, १८; प्रेरित १७:३१) आशिष पाउनेहरू मध्य, मरेकाहरू, र आजका जीवितहरू पनि हुनेछन्। परमेश्वरले यो कसरी गर्नुहुनेछ? येशू ख्रीष्टको हातमा सुम्पिएको उहाँको राज्य अर्थात् उहाँको लाक्षणिक स्त्रीको “सन्तान” द्वारा।—उत्पत्ति३:१५
३. (क) परमेश्वरकी स्त्रीको सन्तानको कुर्कुच्चामा चोट कसरी पर्यो, तर त्यो चोट कसरी निको भयो? (ख) येशू ख्रीष्टको हजार वर्षे राज्यको अन्त तिर, उहाँले त्यो लाक्षणिक सर्पलाई के गर्नुहुनेछ?
३ हाम्रा इश्वी संवत्को ३३ सालमा, येशू ख्रीष्टले शहीदको मृत्यु भोगनु भएर प्राय: तीन दिन सम्म मृतक अवस्थामा रहनु पर्दा, परमेश्वरको स्त्रीको (स्वर्गीय सङ्गठन) सन्तानले आफ्नो लाक्षणिक कुर्क्कुच्चामा चोट अनुभव गर्यो। तर सर्वशक्तिमान परमेश्वर र महान जीवन-दाताले आत्मिक संसारमा अमरत्व प्राप्तगर्नको निम्ति आफ्नो वफादार पुत्रको तेस्रो दिनमा पुनरूत्थान गराउनुभएर, त्यो चोट निको पार्नुभयो। (१ पत्रुस ३:१८) अब येशू फेरि कहिले पनि मर्नुहुनेछैन। यसकारण, उहाँ मानिसजाति माथि राजा भएर हजार वर्षको निम्ति राज्य गर्नसक्नुहुनेछ र हजार वर्षको अन्त तिर, लाक्षणिक सर्पको शिर “कुच्याएर” त्यसलाई अस्तित्वहीन पारिदिनुहुनेछ। पुन:स्थापित र विश्वासी मानिसजातिको निम्ति यो कति महान आशिष हुनेछ!
४. परमेश्वरले आफ्ना मानिसहरू सँग के गर्ने कार्यक्रम बढ़ाउदै आउनु भएकोछ?
४ सन् १९१४मा अन्यजातिहरूको समय समाप्त भए देखिन्, यो “जगतको अन्तको बेलामा” पृथ्वी भरी यहोवाका मानिसहरू उन्नतिशील ढँगमा सङ्गठित भइरहेका छन्। (मत्ती २४:३; लूका २१:२४; किंग जेम्स अनुवाद) महान व्यवस्थापक, यहोवा परमेश्वरको निर्देशन र इच्छा बमोजिम सङ्गठन गराउने यो कार्यक्रम, हजार वर्षे राज्य आउनु भन्दा अघि भइरहेको छ। बाइबलको अगमवाणीको पूर्ति अनुसार, सन् १९१४मा, उहाँले प्रतिज्ञागर्नु भएको, येशू ख्रीष्टको राज्यलाई परमेश्वरकी स्त्री, अर्थात उहाँकी पत्नी जस्तै स्वर्गीय सङ्गठनले जन्म दियो।
५. प्रकाश १२:५ मा के को जन्मको अगमवाणी गरीएको थियो र यस्को व्याखा प्रथम पटक प्रहरीदुर्गमा कहिले दिइयो?
५ यस प्रकार, प्रकाश १२:५ मा उल्लेखित यी शब्दहरूको भव्य पूर्ति भयो: “सारा जातिलाई फलामको डण्डाले शासन गर्ने एउटा छोरो जन्माई, र त्यस्को बालक परमेश्वर र उहाँको सिंहासनमा उठाएर लगियो।” यो भर्खरै जन्मेको बालकले ख्रीष्ट द्वारा सञ्चालित परमेश्वरको राज्यलाई चित्रित गरेको कुरा, मार्च १, सन् १९२५को प्रहरीदुर्गमा प्रथम पटक स्पष्ट गरिएको थियो। सन् १९१९मा सियोनका “बालकहरूको जातिले” यस पृथ्वीमा जन्मलिएको कुरा, र सन् १९१४मा यो मसीही राज्यको स्वर्गीय जन्म, दुवै बेग्लै घटनाहरू हुन्।—यशैया ६६:७,८।
६. (क) राज्यको जन्म पश्चात्, येशूले अगमवाणी गर्नु भएको कुन् काम गर्न आवश्यक भयो? (ख) यो काम गर्नको निम्ति यहोवाका मानिसहरूका बीच के को खाँचो भयो र आज तिनीहरू कुन् अवस्थामा छन्?
६ सारा ब्रह्माण्डमा, यहोवाको न्याय-उचित सार्वभौमिकतालाई पुष्टिदिने ईश्वरीय राज्यको जन्म—एउटा पृथ्वी भरि घोषणा गर्ने योग्यको कुरा थियो। येशूको अदृश्य उपस्थिति सँग सम्बन्धित यी शब्दहरू पुरा हुने बेला आएको थियो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।” (मत्ती २४:३, १४) अन्तर्जातीय र विश्वव्यापी स्तरमा एकता र नियमपूर्वक प्रचार गर्नकालागि यहोवाको सार्वभौमिक सङ्गठनको दृश्य भागलाई सङ्गठित गर्न आवश्यक भयो। र प्रहरीदुर्ग बाइबल प्रकाशन सोसाइटी यसो गर्ने पक्षमा थियो। त्यस बेला प्रहरीदुर्ग बाइबल प्रकाशन सोसाइटीका अध्यक्ष जे. एफ. रदरफर्ड हुनुहुन्थियो। सर्वश्रेष्ठ व्यवस्थापक, यहोवा परमेश्वरको निर्देशन र आशिषको निम्ति प्रार्थना गर्दै, विश्वयुद्ध पश्चात् सन् १९१९ देखिन्, सङ्गठनका वफादार समर्थक्हरूलाई एउटा पुन:स्थापित जातिको रूपमा सङ्गठित पार्ने काम दृढतापूर्वक् अघि बढ़्यो। दोस्त्रो विश्वयुद्धमा, फासिस्ट, नात्सी र क्याथोलिक आन्दोलनहरू बाट कड़ा विरोध आएता पनि, यहोवाका साक्षीहरूले पृथ्वी भरि एकता साथ विरोधीहरूको सामना गरे।
७. (क) एक अर्का सँग के कस्तो सम्बन्ध राखेर मात्र यहोवाका मानिसहरूले महा सङ्कष्ट पार गर्ने आशा राख्न सक्छन्? (ख) जल प्रलयमा बाँच्नेहरू कसरी जलप्रलय पार गर्न सके र तिनीहरूले कसलाई चित्रित गर्दछन्?
७ शैतानले राज्य गरेको यो नाश भएर जाने रीतिरिवाजको अन्तमा, सर्वश्रेष्ठ व्यवस्थापकको संरक्षणमा यहोवाका साक्षीहरूले मात्र, अर्थात ठूलो भीड़ र अभिषिक्त जनहरू, एउटा संयुक्त सङ्गठनको रूपमा बाँच्ने शास्त्रोक्त ठोस आधार हुन सक्दछ। (प्रकाश ७:९-१७; २ कोरिन्थी ४:४) सारा मानव इतिहासको सबै भन्दा डरलाग्दा सङ्कष्टमा, येशू ख्रीष्टले भन्नु भएका बाँच्ने “देहधारीहरू”, तिनीहरू नै हुनेछन्। नूहको दिनहरूमा जस्तै उहाँको प्रकाशहुने दिनमा पनि हुनेछ भनेर येशूले भन्नु भएको थियो। धेरै वर्षको सङ्गठित प्रयत्नले निर्माण गरिएको जाहाजमा आठ मानव-प्राणीहरू मात्र त्यो विश्वव्यापी जल-प्रलयमा बाँच्न सके। तिनीहरू एउटा एकत्रित परिवार भएर बाँचे। (मत्ती २४:२२, ३७-३९; लूका १७:२६-३०) नूहको पत्नीले येशूको दुलहीलाई चित्रण गर्दछे र उहाँका पुत्रहरू र बुहारीहरूलाई येशूका वर्तमान “अरू भेड़ाहरू” सङ्गठित् तुलना गर्नसकिन्छ। यी “अरू भेड़ाहरू” आज एउटा ठूलो भीड़ भइ सकेकाछन् र अन्तमा अझ कति ठूलो हुने हो, हामी जान्दैनौं। (यूहन्ना १०:१६) महान नूह, येशू ख्रीष्टको अगुवाइमा सहस्र वर्ष भित्र बाँचेर प्रवेश गर्ने हो भने, यी अरू भेड़ाहरू, सधैं “छानिएका जनहरू” अर्थात शेष अभिषिक्त जनहरूसँग सङ्गठित भएर बस्नु पर्छ। किनकि यही “छानिएका जनहरूका” निम्ति “महा सङ्कष्टका” दिनहरू घटाइनेछन्।—मत्ती २४:२१, २२.
बाँचेर सहस्त्र वर्ष भित्र प्रवेश
८. उहाँको उपस्थिति बारे अगमवाणी टुङ्ग्याउनु हुँदा, येशूले के उदाहरण दिनु भयो र यो उदाहरण बुझ्ने सम्बन्धमा, जुन १, १९३५ किन महत्वपूर्ण हो?
८ मत्तीको सुसमाचार अनुसार, आफ्नो उपस्थितिको चिन्ह सम्बन्धी अगमवाणीलाई येशूले एउटा उदाहरण दिएर टुङ्ग्याउनु भयो। अकसर गरी, त्यसलाई भेड़ा र बाख्राहरूको उदाहरण भन्नेगर्छन् र अन्यजातिहरूको समय सन् १९१४मा समाप्त भए देखिन्, शुरू भएका, यो दुष्ट रीतिरिवाजका अन्तिम दिनहरूमा यो उदाहरणको पूर्ति आज देख्नसक्छौं। (मत्ती २५:३१-४६) यो उदाहरणको भेड़ाहरू, ठूलो भीड़का सदस्यहरू हुन् भनेर बुझने सम्बन्धमा, शनिवार, जून १, १९३५को तारीक महत्वपुर्ण छ। त्यो दिन, वशिंगटन डी. सी. मा स्थित, यहोवाका साक्षीहरूको सम्मेलनमा, ८४० जना व्यक्तिहरूले बप्तिस्मा लिएर येशू ख्रीष्ट द्वारा यहोवा परमेश्वरलाई आफ्नो जीवन समर्पण गरेको प्रमाण पेश गरे। यी मध्य धेरै जसो ले, प्रकाश ७:९-१७ मा आधारित जे. एफ. रदरफर्डले दिनुभएको भाषण सुने पछि यो कदम उठाएका थिए। तिनीहरू असल गोठालोका अरू भेड़ाहरूका ठूलो भीड़मा सम्मीलित हुन इच्छुक थिए। गोठालो-राजा, येशू ख्रीष्टको हजार वर्षे राज्यमा प्रवेश गर्नको निम्ति, तिनीहरूले यो रीतिरिवाजको अन्त र महा सङ्कष्ट, जिउँदै पार गर्ने आशा राखेका थिए। अन्तत्वगत्वा, तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउनेछन्।—मत्ती २५:४६; लूका २३:४३।
९. भेड़ाहरूले किन “[तिनीहरूको निम्ति] तयार गरिएको राज्य अधिकार गर” भन्ने निम्तो पाँउछन् र तिनीहरू राजाका भाइहरू प्रति भलाइ गर्ने अवस्थामा किन हुन्छन्?
९ यी भेड़ाखालका मानिसहरूले “जगतको उत्पत्तिदेखि [तिनीहरूको निम्ति] तयार गरिएको [राज्य] अधिकार गर,” भन्ने निमन्त्रण किन पाँउछन्? किनभने, तिनीहरूले राजाका “भाइहरू” प्रति भलाइ गरे र त्यो सबै राजालाई गरेको सरह भयो भनेर स्वयम् राजाले भन्नुहुनेछ। राजाका “भाइहरू”, उहाँका शेष आत्मिक भाइहरू हुन्, जो यो रीतिरिवाजको अन्तमा पृथ्वी मै हुन्छन्। गोठालो-राजा येशू ख्रीष्टका यी भाइहरू सँग एकै बगालका भएका हुनाकारण, ती भेंड़ाखालका व्यक्तिहरू, ती भाइहरूलाई सकेसम्म नजिक बाट हर सहायता दिन सक्ने अवस्थामा हुन्छन्। भौतिक ढँगमा पनि, यिनीहरूले येशूको भाइहरूलाई, अन्त आउनु अघि स्थापित राज्यको विश्वव्यापी प्रचार गर्ने काममा मदत दिनेछन्। यी सबै कारणहरूले गर्दा, एकै गोठालोका एकै बगालमा शेष-जनहरू सँग सङ्गठित् भएर बस्न पाउनु यी भेड़ाहरूकालागि ठूलो कुरा हुनेछ।
१०. भेड़ाहरूले, “जगतको शुरू देखिन् [तिनीहरूका निम्ति] तयार गरिएका राज्य अधिकार” गर्नुको अर्थ के हो?
१० “[तिनीहरूका निम्ति] तयार गरिएका राज्य अधिकार गर्नुको” अर्थ तिनीहिरूले येशू ख्रीष्ट र उहाँका भाइहरू सँग स्वर्ग बाट हजार वर्षकालागि राज्य गर्ने होइन। सहस्र वर्षको शुरू देखिनै, यी भेड़ाहरूले राज्यको पार्थिव क्षेत्र अधिकार गर्नेछन्। तिनीहरू आदम र हव्वाका सन्तान भएका हुनाले, उद्धार योग्यका मानिसहरूका “जगतको शुरू देखि” तयार गरिएको, ख्रीष्ट द्वारा सञ्चालित् परमेश्वरको राज्यको पार्थिव क्षेत्र, अधिकार गर्ने छन्। साथै, भेड़ाहरू राजाका पार्थिव सन्तान हुनेछन् र राजा तिनीहरूका “अनन्तका पिता” हुनुहुनेछ। जसले गर्दा, तिनीहरूले परमेश्वरको राज्यमुनिको पार्थिव क्षेत्र अधिकार गर्नेछन्।—यशैया ९:६,७।
११. तिनीहरू राज्यको पक्षमा छन् भन्ने कुराको प्रदर्शन कसरी गर्छन् र यसले गर्दा तिनीहरू के आशिषको योग्य हुनेछन्?
११ यी भेड़ाहरू ती लाक्षणिक बाख्राहरू जस्ता नभएर, यिनीहरूले निश्चित रूपमा राज्यको पक्ष लिएको देखिन्छ। त्यो कसरी? शब्द द्वारा मात्र होइन, तर तिनीहरूको काम द्वारा। राजा अदृश्य रूपमा, स्वर्गमा हुनुभएको कारण, तिनीहरूले उहाँको राज्यको समर्थनगर्दा, प्रत्यक्ष रूपमा उहाँलाईनै केही भलाइ गर्न सक्दैनन्। यसकारण, तिनीहरूले पृथ्वीमा रहेका उहाँका आत्मिक भाइहरू तर्फ भलाइ गर्छन्। यस प्रकारको भलाइ गर्दा, बाख्राहरूले तिनीहरूलाई विरोध, घृणा र कष्ट दिएता पनि, राजाका शब्दानुसार, तिनीहरू “पिताका धन्यकाहरू” हुन्।
१२. बाँचेका भेड़ाहरूले कस्को स्वागत गर्ने मौका पाउनेछन् र यस सम्बन्धमा, शेष जनहरूले के आशा राख्दै आएका छन्?
१२ राजाका आत्मिक भाइहरूलाई मदद पुर्याउने भेड़ाखालका मानिसहरूको ठूलो भीड़ सहस्र वर्षमा आनन्दपूर्वक प्रवेश गर्नेछन्। समयमा, तिनीहरूले चिहानबाट निस्केर आउने मरेकाहरूलाई पनि स्वागत गर्ने काममा भाग लिनेछन्। (यूहन्ना ५:२८, २९; ११:२३-२५) चिहान बाट निस्केर आउने मध्य ती विश्वासी कुलपिताहरू र अगमवक्ताहरू हुनेछन् जसले “बढ़ता उत्तम पुनरूत्थान” अर्थात “शीघ्र पुनरूत्थान” प्राप्त गर्नलाई” यहोवाका सार्वभौमिकताको पुष्टिको निम्ति धेरै कष्ट भोगे र सहे। (हिब्रु ११:११) कुनै कुनै शेष अभिषिक्त जनहरूले, सन् ३३ साल, पेन्तिकोसको दिन भन्दा पहिला मरेकाहरूलाई पुनरूत्थानमा स्वागत गर्ने आशा राख्दै आएकाछन्। तर के अभिषिक्त जनहरूले यसो गर्ने मौका वास्तवमा पाउनेछन् र?
१३. पृथ्वीमा पुनरूत्थान पाएर आउनेहरूको स्वागत गर्न र देख-रेख गर्नकालागि, शेष-जनहरू किन आवश्यक हुनेछैन्?
१३ यो आवश्यक हुनेछैन। त्यस बेलाको परिस्थितिको देखरेख गर्नु र पुनरूत्थानमा आएकाहरूलाई “नया स्वर्ग” मनिका “नया पृथ्वी” सँग परिचित गराउने कामको निम्ति, महा सङ्कष्टबाट बाँच्ने, ठूला भीड़काहरू नै प्रशस्त हुनेछन्। (२ पत्रुस ३:१३) यो कामका लागि, अहिले देखिनै ठूलो भीड़ सङ्गठित् भइरहेको छ। किनभने, आज पनि येशूका आत्मिक भाइहरू ९००० भन्दा कम छन्। यिनीहरू मध्य कोही बाँचेता पनि, सर्वसाधारण पुनरूत्थानको निम्ति ठूलो तयारीको काम भ्याउन तिनीहरूको सङ्ख्या अत्यन्त थोरै हुनेछ। (इजकिएल ३९:८-१६) यस कारण, त्यो परिस्थितिमा, लाखौंको सङ्ख्या भएको ठूलो भीड़ काम आउनेछ। र यो सु-काम, निस्सन्देह तिनीहरूकै निम्ति साँचेर राखिएको छ।
१४. (क) ठूला भीड़का धेरै मानिसहरूले आज के प्रशिक्षण पाईरहेका छन् र उप्रान्त तिनीहरूले जिम्मेवारी किन उठाउनु पर्छ? (ख) अब चाँड़ै के हुनेवाला छ र अरू भेड़ाहरूले गर्नु पर्ने के काम बाँकी छ?
१४ विश्व भरि, परमेश्वरको सङ्गठन द्वारा सञ्चालित् निर्माण कार्यक्रमहरू र मण्डलीका जिम्मेवारी सम्पन्न गर्ने प्रशिक्षण, ठूलो भीड़का धेरैले पाइरहेकाछन्। यहोवाले आज पृथ्वीमा चलाउनु भएको सङ्गठन भित्र आज ठूलो भीड़का अध्यात्मिक र परिपक्व पुरूषहरू बढ़ी बढ़ी जिम्मेवारीको कामहरूमा नियुक्त भएको देख्नु, उत्साहयुक्त कुरा हो। शेष अभिषिक्त जनहरू उमेरमा पाको हुन थालेका छन् र उहाँहरूले कामको धेरै भार उठाउन सक्नेछैनन्। राजाका यी भाईहरूले अरू भेड़ाहरू मध्यका निपुण र अध्यात्मिक प्राचीनहरू र उप-सेवकहरूले दिनसक्ने सहायताको स्वागत गर्छन्। अब, चाँड़ै, पृथ्वी बाट महान बेबिलन हटाइनेछ। तेसपछि, प्रकाश १९:१-८मा सङ्केत गरे अनुसार, थुमाको दुलहीको सम्पूर्ण १,४४,००० सदस्यहरू सँग स्वर्गमा थुमाको विवाह सम्पन्न हुनेछ। यहोवाको प्रशंसाको निम्ति सारा पृथ्वी एउटा आबाद प्रमोदवन न होउञ्जेल, नया स्वर्ग मनि अरू भेड़ाहरू नया पृथ्वी भएर, राजाको प्रतिनिधित्व गर्दै पुन:स्थापनाको काम अघि बढाउदैलैजानेछन्।—यशैया ६५:१७; यशैया ६१:४-६।
१५. ठूलो भीड़ले सहस्र वर्षमा के के गर्ने आशा राख्न सक्छन्?
१५ ख्रीष्टको सहस्र वर्षे राज्यमा, उद्धार पाउने, मरेका मानिसहरूको पुनरूत्थान हुँदा, ठूलो भीड़काहरूले सेवाको महान र अति आदरणीय मौकाहरू बाट आनन्द उठाउनेछन्। तिनीहरू राजाका छोरा, छोरीहरू हुनेछन्। जसरी दाउद राजाका पुत्रहरूले विभिन्न जिम्मेवारी उठाए र राजकुमारहरू कहलिए, त्यसरी नै राजाका ती छाराहरू पनि राजकुमारहरू हुनसक्नेछन्। यहाँ हामीलाई, यहोवाको अभिषिक्त “राजाको” विषयमा रचेको, भजन संग्रह ४५ याद आउछँ।
१६. भजन संग्रह ४५ ले वास्तवमा कसलाई सम्बोधन गर्दछ र यस्को के प्रमाण छ?
१६ भजन संग्रह ४५ले, वास्तवमा कुन राजालाई सम्बोधन् गर्दछ? येशू ख्रीष्टलाई। यो कुरालाई हिब्रु १:९ ले, भजन संग्रह ४५:७ बाट उद्धरण गर्दै स्पष्ट पारेको छ। त्यहाँ यस प्रकार लेखिएको छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नु भएको छ र अधर्मलाई घृणा गर्नुभएको छ, यस कारण, परमेश्वर,तपाईंको परमेश्वरलेतपाईंलाई,तपाईंका साथीहरू भन्दा बढ़ता गरेर खुशीको तेलले अभिषेक गर्नु भएको छ।” यसकारण, भजन संग्रह ४५:१६ ले वास्तवमा महिमित येशू ख्रीष्टलाई यसो भनेको हो: “तिम्रा पुर्खाका सट्टामा तिम्रा छोराहरू हुनेछन्। तिनलाईनै तिमीले सारा पृथ्वीभरिका राजकुमार तुल्याउने छौ।”
१७. राजा येशू ख्रीष्टको विशेषगरि के र कस्मा चासो छ?
१७ स्वभाविकत:, येशू आफ्नो पार्थिव अतीतमा भन्दा पनि स्वयम् राज गर्नुहुने भविष्यमा चासो लिनुहुन्छ। यस्को अर्थ, उहाँले आफ्नो अतीत र विशेषगरी अब्राहामका सन्तान द्वारा सबै परिवारहरूलाई आशिष दिने यहोवाको प्रतिज्ञा सँग सम्बन्धित, उहाँका मानव पुर्खाहरूलाई, कदापि बिर्सनुहुने छैन। तर आज चाँहि, उहाँलाई राजा नियुक्त गर्नुहुने यहोवा परमेश्वरले रचनुभएको तत्कालीन भविष्यमा उहाँको विशेष ध्यान छ। यस कारण, येशूका पार्थिव पुर्खाहरूको ठाँउमा, उहाँका पार्थिव छोरा छोरीहरू, विशेषगरी उहाँमनि राजकुमारको पदमा सेवा गर्न सक्ने छोराहरू, उहाँको चासोको केन्द्र हुनेछन्।
१८. आफ्नो पार्थिव पुर्खाहरूमा भन्दा शाही पुत्रहरूमा येशूको विशेष चासोलाई, भजन संग्रह ४५:१६को विभिन्न अनुवादहरूले कसरी बोध गराँउदछ?
१८ शाही पुत्रहरूमा येशूको बढ़ी चासोलाई, बाइबलका अन्य अनुवादहरूमा पनि महत्व दिइएको पाउछौं। उदाहरणको लागि, कुनै कुनै अनुवादले भजन संग्रह ४५:१६ लाई यस प्रकार अनुवाद गरेकाछन्: “तपाईंको पिताहरूको ठाँउमातपाईंका पुत्रहरू आउनेछन् र तिनीहरू देशभरि राजकुमारहरू हुनेछन्।” (मोफ्याटको अनुवाद) “तपाईंको पिताहरूको ठाँउतपाइको पुत्रहरूले लिनेछन्; र तिनीहरूलाईतपाईंले देशभरि राजकुमार नियुक्त गर्नुहुनेछ।” (भर्स १७, दी न्यु अमेरिकन बाइबल अनुवाद) “तपाईंका पिताहरूको सट्टातपाईंका निम्ति पुत्रहरू जन्मनेछन्: पृथ्वी भरि तपाईंले तिनीहरूलाई राजकुमार नियुक्त गर्नुहुनेछ।”—दी सेपत्वाजिन्ट भर्सन अनुवाद, स्यामुएल ब्यागस्टर एण्ड सन्स द्वारा प्रकाशित।
१९. ठूला भीड़का केही पुरूषहरूले आज मण्डलीहरूमा के जिम्मेवारीहरू उठाइरहेका छन् र राजा येशू ख्रीष्टले उहाँको हजार वर्षको राज्यमा यी पुरूषहरूलाई के पदमा नियुक्त गर्नु हुनेछ?
१९ हो, हाम्रा माझमा प्रत्याशित राजाकुमारहरू छन्। यो जानेर हामी कति खुशी छौं। यिनीहरूलाई असल गोठालो येशू ख्रीष्टको आवाज सुन्ने अरू भेड़ाहरूका बीचमा पाउन सक्छौं। यिनीहरूले यो आवाज विशेषगरि १९३५ देखिन् सुन्दै आएका छन्। त्यो साल, वशिंगटन डी सी मा यहोवाका साक्षीहरूका सम्मेलनमा प्रकाश ७:९-१७ को अर्थ खोलिदिइको थियो। आज सारा संसारमा, २१२ देशहरूमा, यहोवाका साक्षीहरूको ५७,५७० भन्दा बढ़ी मण्डलीहरूमा यी अरू भेड़ाहरूको ठूलो भीड़बाट हजारौं व्यक्तिहरू, प्राचीनहरू अथवा अध्यक्षहरू भएर सेवा गर्दैछन्। पृथ्वीमा अझ बाँकी रहेका येशूका आत्मिक भाइहरूका शेष जनहरू सँग सङ्गठित भएर बसेको हुनाकारण, प्रतिज्ञा गरिएका नया पृथ्वीमा, राजा येशू ख्रीष्टका हजार वर्षे राज्यमा, यी पुरूषहरूले उहाँका पार्थिव पुत्रहरू हुने मौका पाउनेछन्। (२ पत्रुस ३:१३) यस प्रकार नया पृथ्वीमा सेवाको कामको निम्ति यिनीहरू राजकुमार नियुक्त हुनु सक्छन्।
२०. (क) आफूले पृथ्वीमा नियुक्त गर्नु भएकाहरू प्रति राजाको कस्तो विचार हुनेछ? (ख) ठूलो भीड़ले कसलाई स्वागत गर्नेंछन् र पुनरूत्थानमा आउनेहरूको समुन्ने के मौका राखिएको हुनेछ?
२० यहोवाका साक्षीहरूका वर्तमान मण्डलीहरूमा राजा येशू ख्रीष्टले विश्वासी अरू भेड़ाको निरीक्षणलाई मान्यता जसरी दिनुभएको छ त्यसरी नै उहाँले ती हालैमा नियुक्त भएका राजकुमारहरूलाई मान्यता दिन प्रसन्न हुनुहुनेछ। एउटा विश्वव्यापी प्रमोदवनमा परिणत सफा पृथ्वी माथि, मानव सिद्धता सहित अनन्त जीवन प्राप्त गर्न, येशूको आवाज सुनेर चिहान बाट उठने, मरेकाहरूलाई, ठूलो भीड़का जम्मै स्त्री र पुरूषहरूले स्वागत गर्ने मौका पाउनेछन्। (यूहन्ना ५:२८, २९) पुनरूत्थानमा विशेष निगाहका पात्रहरू मध्य उद्धार पाएका येशू ख्रीष्टका पुर्खाहरू पनि हुनेछन्। ती पुरूषहरूले “अझ उत्तम पुनरूत्थानको” आशामा, मृत्यु सम्मै यहोवा परमेश्वर प्रति आफ्नो भक्तिको प्रमाण दिन तयार थिए। (हिब्रु ११:३५) तर तिनीहरूका मुक्तिदाता र राजा येशू ख्रीष्टको सहस्र वर्षे राज्यमा सिद्धता प्राप्त गर्नु त एउटा शुरूआत् मात्र हुनेछ। सहस्र वर्षको अन्त तिर पुन:स्थापित् मानिसजाति माथि आउने आखिरी परिक्षामा यहोवा परमेश्वरको अधिनमा दृढ़तापूपर्क सङ्गठित् रहेर, तिनीहरू यहोवाको विश्वव्यापी सङ्गठनको पार्थिव क्षेत्रमा अनन्त जीवन पाउने योग्यका हुनेछन्।—मत्ती २५:३१-४६; प्रकाश २०:१–२१:१. (w89 9/1)
◻ यहोवाले सारा मानिसजातिलाई आशिष दिनको निम्ति कुन समय साँचेर राख्नु भएकोछ?
◻ एक अर्का सँग कस्तो सम्बन्ध राखेर मात्र हामी महा सङ्कष्ट पार गर्न सक्नेछौं?
◻ भेंड़ाहरूले “जगतको शुरू देखिन् तिनीहरूका निम्ति तयार गरिएका राज्य अधिकार” गर्नुको अर्थ के हो?
◻ सहस्र वर्षमा, ठूलो भीड़ले सेवा गर्ने के मौकाहरू पाउनेछन्?