के आफ्नो विश्वास द्वारा तपाईंले संसारलाई दोषी ठहऱ्याउँनु हुन्छ?
“विश्वासै द्वारा नूहले . . . आफ्नो घर परिवारलाई बचाउन जहाज बनाए; र आफ्नो विश्वास द्वारा संसारलाई दोषी ठहराए।”—हिब्रू ११:७.
१, २. नूहको जीवनलाई जाँचेर हेर्दा हामी के सिक्न सक्छौं?
यहोवाले नूह र उनको परिवार—मात्र आठ जनालाई—जलप्रलयबाट उम्किने मानवजाति हुने विशेषाधिकार दिनुभयो। जब परमेश्वरले सबैलाई पानीको चिहानमा बगाई नाश गर्नुभयो, तब नूहका समकालिन दौंतरीहरूको जीवन अवधि छोटियो। नूह हाम्रा साझा पुर्खा भएको हुनाले, उनले देखाएको विश्वास प्रति हामी कृतज्ञ हुनु पर्छ।
२ नूहको जीवनलाई जाँच्यौं भने हामी धेरै कुरा सिक्न सक्छौं। हामीलाई शास्त्रले बताउँछ, कि नूहको समयका मानिसहरूलाई नाश गर्दा, नूहलाई चाहिं परमेश्वरले मुक्ति दिएर किन अनुमोदित गर्नुभयो। त्यही इश्वरीय वृतान्तले हामीलाई बताउँछ कि हाम्रो पुस्ताले पनि परमेश्वरबाट सोहि प्रकारको न्यायको सामना गर्नु पर्छ। यस बारे, येशूले भन्नु भयोः “त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो जगत्को शुरू देखि अहिले सम्म भएको छैन, अहँ, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१ न्यू. व.) नूहको विश्वास को देखासिकी गर्दै, वर्तमान दुष्ट रीति-रिवाज माथि आसन्न विनाशवाट हामी अवश्य बांच्न सक्नेछौं भन्ने पूर्ण विश्वास राख्न सक्छौं।—रोमी १५:४; तुलना गर्नुहोस् हिब्रू १३:७.
३. यहोवाले जालप्रलय किन ल्याउनु भयो?
३ आदमको सृष्टि देखि जलप्रलय सम्मको १,६५६ वर्षको अवधिमा, थोरै मानिसको मात्र असल कार्य गर्ने तर्फ झुकाव थियो। नैतिकता अत्यन्त तल्लो स्तरमा खसि सकेको थियो। “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरू को ह्रदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको यहोवाले देख्नु भयो।” (उत्पत्ति ६:५) हिंसा, विलासको खोज, र स्त्रीहरू बिहे गरेर राक्षसी सन्तान उत्पन्न गर्ने शरीरमा आएका स्वर्गदुतहरूको उपस्थिति जस्ता कुर्कमहरू ती तथ्यहरूमा थिए, जुन कारण परमेश्वरले मानव जातिको प्राचिन संसार माथि न्याय दंड ल्याउनु भयो। नूहलाई, यहोवाले भन्नुभयोः “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरि सकेको छुँ, किनभने पृथ्वी तिनीहरू द्वारा उपद्रवले भरिएको छ।” “सारा पृथ्वीका न्यायकर्ता,” सृष्टिकर्ताको धैर्य, सिद्धि सकेको थियो।—उत्पत्ति ६:१३; १८:२५.
नूह परमेश्वरसित हिंडे
४. (क) यहोवाले नूहलाई कुन दृष्टिले हेर्नु भयो र किन? (ख) यहोवाको न्यायले दुष्ट संसारको नाशको मांग गरे तापनि, उहाँले नूह र उसको परिवार प्रति आफ्नो प्रेम कसरी प्रकट गर्नुभयो?
४ आफ्ना समयका मानिसहरू भन्दा नूह कत्ति भिन्दै थिए! उनि माथि “यहोवाको अनुग्रह भयो . . . आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिंडने गर्थे।” (उत्पत्ति ६:८, ९) नूह परमेश्वर संगै कसरी हिंडे? धार्मिकताको अधिवक्ता भई प्रचार गरेर, र आज्ञाकारी अनि विश्वासमा जहाज बनाउने कार्य जस्ता ठीक काम गरेर। यसप्रकार, त्यो प्राचीन संसार, जो पूर्ण रूपले भ्रष्ट भइसकेको थियो, नष्ट भएता पनि, परमेश्वरले “अभक्तहरूको संसारमा जलप्रलय गराउनु हुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनु भयो।” (२ पत्रुस २:५) हो, हाम्रा प्रेमालु र न्यायी परमेश्वर यहोवाले, दुष्टहरू संगै धर्मीलाई नाशगर्नु भएन। जलप्रलय पछि पृथ्वीलाई फेरि आवाद गर्नको लागि, उहाँले नूह, उसको धरवार, केही संख्यामा पशुहरू बचाउनुको निम्ति, एउटा ठूलो जहाज बनाउने आदेश दिनु भयो। र नूहले “त्यसै गरे।”—उत्पत्ति ६:२२.
५. नूहको धार्मिकता र विश्वासलाई शास्त्रले कसरी बयान गऱ्यो?
५ जहाज तयार भए पछि, परमेश्वरले नूहलाई भन्नुभयोः “तँ र तेरा सबै जहान जहाजमा जाओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मात्र मैले धर्मी देखेको छु।” पावलले यसको सारांश यसरी दिनु हुन्छः “विश्वासैबाट त्यस वेलासम्म नदेखिएका कुरामा परमेश्वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्वास अनुसारको धार्मिकता मा हकदार भए।”—उप्तत्ति ७:१; हिब्रू ११:७.
६. नूहले आफ्नो विश्वास द्वारा संसारलाई दोषी कसरी ठहराए?
६ नूहको असामान्य विश्वास थियो। परमेश्वरले त्यो पुस्ता मेट्न लाग्नु भएको छ भन्ने कुरो उनले पूरा विश्वास गरे। परमेश्वर अप्रसन्न नहोउन भन्ने नूहको स्वस्थ्य भय थियो र आज्ञाकारी भएर परमेश्वर प्रद्त आदेश अनुसार उनले जहाजको निर्माण गरे। साथै, धर्मिकताको प्रचारक भएर, नूहले अरूहरूलाई आसन्न विनाशवारे बताए। तिनीहरूले उनको कुरा बेवास्ता गरे, तापनि त्यो दुष्ट संसारलाई “उसको आकार साँचोमा आफुलाई ढाल्न दिन” अस्वीकार गरे। (रोमी १२:२, फिलिप्स) बरू, विश्वासै द्वारा उनले संसारलाई त्यसको दुष्टताको लागि दोषी ठहराएर देखाए कि त्यो सर्वनाशको योग्य छ। उनको आज्ञाकारीता र धर्मी कामबाट उनले प्रदर्शन गरे कि यदि अरूहरूले आफ्ना खराब चालचलन परिवर्तन गर्न इच्छुक भएको हुँदो हो ता, नूह र उनको परिवार बाहेक तिनीहरू पनि बाँच्ने थिए। साँच्चै नै, आफ्नो असिद्ध शरीर, वरिपरिका दुष्ट संसारको र शैतानको दवाब हुँदा हुँदै पनि, परमेश्वरलाई मनपर्ने चालमा हिडन संभव छ भनेर नूहले प्रमाणित गरे।
परमेश्वरले यो रीति-रिवाजको नाश किन गर्नुहुने छ
७. हामीहरू अन्त्यको दिनमा बाँचिरहेका छौं भनेर हामीलाई कसरी थाहा छ?
७ यो बीसौं शताब्दीको प्रत्येक दशकले यो संसार दुष्टतामा अझ गहिरिंदै गइरहेको देखेको छ। विशेष गरि, पहिलो विश्व युद्धको शुरू देखि यो कुरो साँचो भएको छ। लैङ्गिक अनैतिकता, अपराध, हिंसा, लडाई, घृणा, लोभ र रगतको दुरूपयोग जस्ता अपराधहरू मा मानव जाति यति भिजिएका छन, कि सत्यलाई प्रेमगर्ने मानिसहरू छक्क पर्छन, परिस्थिती अझ कति विग्रिन बाँकि छ भनेर। तापनि, हाम्रा पुस्तामा दुष्टताको अत्यन्त वृद्धि वारे बाइबलले पहिल्यै बताएको थियो, जसबाट थप प्रमाण पाउछौं कि हामीहरू “अन्तिम दिनमा” छौं।—२ तिमोथी ३:१-५; मत्ती २४: ३४.
८. पापको चेतना बारे कसै कसैले के भनेका छन?
८ आज, धेरै जसो मानिसहरूका मनबाट पापको भेउ अस्पष्ट भईसकेको छ। केहि ४० वर्ष अघि, पोप पायस् बाह्रौले अवलोकन गरेः “पापबारे चेतनाको हरण नै यो शताब्दीको पाप हो।” वर्तमान पुस्ताले पाप र दोष स्वीकार गर्नु छोडेका छन। डा. कार्ल मेनिनजर ले आफ्नो पुस्तक व्हटएभर बिकेम ॲफ सिन्? मा बयान गर्नुभयोः “‘पाप’ भन्ने शब्द नै . . . लोप भईसके को छ—यो शब्द यसको कल्पना साथ। किन के कसैले अब पाप गर्दैनन्?” धेरैले खराबबाट असल छुट्याउन सक्ने क्षमता गुमाइ सकेका छन। तर हामी चकित छैनौं, किनभने येशूले “अन्त्यको दिन” वारे छलफल गर्दा “उहाँको उपस्थितिमा” यस्ता कुराहरू हुँनेछन भनेर भविष्यवाणी गर्नु भएको थियो।—मत्ती २४:३; दानियल १२:४.
नूहको दिनमा न्यायको नमूना बसालिएको थियो
९. येशूले आफ्नो उपस्थितिमा हुने घट्नालाई नूहको दिनसंग कसरी तुलना गर्नुभयो?
९ नूहको दिनको घटनाहरू र १९१४ मा आफ्नो राज्य अधिकार साथ आगमनमा के हुनेछ, ती कुरोहरूको समानान्तर येशूले कोर्नु भयो। उहाँले भन्नुभयोः “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिस पुत्रको [येशूको] आगमन हुनेछ। किनकि जसरी जल प्रलयका अघाडिका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेको, र पिइरहेका र विहे-बारी गरिरहेका थिए, औ जल प्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएन, उसै गरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३७-३९.
१०. मानिसहरूले साधारणतया येशूको उपस्थिति संग जोडिएको प्रत्यक्ष घटनाहरूको बेवास्ता कसरी गर्छन?
१० हो, नूहको दिनमा जस्तै, आज मानिसहरूले ध्यानै दिंदैनन्। दैनिक जीविका र स्वार्थी खेदोमा व्यस्त भएर, तिनीहरू ठम्याउनु अस्वीकार गर्छन कि बितेको समय भन्दा वर्तमान संसारको अवस्था प्रत्यक्ष रूपले भिन्दै छ, र येशूले बताउँनु भएको अन्त्यको समयको चिन्हहरूसंग दुरूस्तै मिल्छ भनेर। बषौं देखि, यहोवाका साक्षीहरू ले आधुनिक पुस्तालाई बताई रहेकाछन कि स्वर्गमा मसीही राजा भएर येशूको उपस्थिति १९१४ मा शुरू भयो र “जगतको अन्तको चिन्ह” संग समानान्तरमा दौडन्छ। (मत्ती २४:३) धेरै मानिसहरू राज्यको सूसमाचार को गिल्ला गर्छन्, तर यो पनि प्रेरित पत्रुस को लेखोटमा भविष्यवाणी गरिएको थियो जब उनले लेखेः “पहिले नै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूको आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिन देखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलि आएका छन्।’”—२ पत्रुस ३:३, ४.
११. महासंकष्ट आउँदा आजको पुस्ताले कुनै पनि बहाना किन पाउने छैन?
११ तापनि, महा संकष्ट आइपर्दा आजको पुस्ताले माफ पाउने कुनै बहाना छैन। किन? किनभने प्राचिन इश्वरीय न्याय को विवरण बाइबलमा पाइन्छ जसले हाम्रो दिनमा परमेश्वरले गर्न लाग्नु भएको कुराहरूको नमुना देखाउँछ। (यहूदा ५-७) समयमा, बाइबलको भविष्यवाणी तिनीहरू को आँखाको अगाडि पूरो हुँदै जाँदा, हामीलाई निर्णायकपूर्व देखाउँने छ कि समयको रफतारमा हामी कहाँ छौं। साथै यस पुस्ताको अगाडि यहोवाका साक्षीहरू को प्रचारको कार्यकलाप र नूहको दिनमा जस्तै तिनीहरूकोको समग्रता पनि छ।
१२. निचोडमा, नूहको दिनको संसारको विनाशलाई पत्रुसले अहिलेको “आकाश र पृथ्वी” माथि आईपर्ने विनाशसंग कसरी तुलना गरे?
१२ यी तथ्यहरू माथि ध्यान नदिनेहरूको दशा के हुनेछ भनेर पत्रुसले व्याख्या दिए। येशूले जस्तै, प्रेरितले पनि नूहको दिनको घटनालाइ उधृत गर्दै भनेः “परमेश्वरका वचनबाट स्वर्गहरू अघि देखिनै थिए र पृथ्वी चाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्ने तिनीहरूले जानी बुझीकन पनि बिर्से, यसै बाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो। तर अहिलेको आकाशहरू र पृथ्वी चाहिं त्यही वचनले, भक्तिहिन मानिसको इन्साफ र विनाशको दिन सम्म छुट्ट्याई आगोको निम्ति साँचेर राखिएका छन्।”—२ पत्रुस ३:५-७.
१३. आउँदै गरेको महत्वपुर्ण घटनालाई विचार गर्दै, पत्रुसको के सल्लाहमाथि ध्यान दिनु पर्छ?
१३ परमेश्वरको यो निश्चित न्यायले हाम्रो अनुहारमा टक लगाई हेरी रहेको ले हामी खिसीगर्नेहरूको धोकामा नपरौं र त्रास नखाऊं। उनिहरूको दशाको भागी हुन जरूरी छैन। पत्रुस सल्लाह दिन्छनः “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्नेछ।”—२ पत्रुस ३:११-१३.
बाँच्नको लागि नूहको अनुकरण गर्नुहोस्
१४. कुन कुन प्रश्नहरूले हामी आफैलाई जाँच्नु मद्दत पुऱ्याउँछ?
१४ आज, हामीहरूले पनि नूह र उनको परिवार जस्तै उत्तरजिवीको उम्मेदवार हुनु र रहनु खोज्दा, तिनीहरूले पाएको जस्तै चुनौतीको सामना गर्नु पर्छ। नूह जस्तै, यहोवा साक्षीहरूले आफ्नो विश्वासद्वारा असल काम गरेर संसारलाई दोषी ठहराएका छन। तर हामी प्रत्येकले आफैंलाई सोध्नु परेको छः “मैले व्यक्तिगत रूपमा कसरी गर्दै छुँ? यदि भोली नै महासंकष्टको दिन आईपऱ्यो भने के परमेश्वरले मलाई बाँच्ने योग्य पाउनुहुन्छ होला? नूह “आफ्नो पुस्तामा धर्मी र निर्दोष मानिस” साबित भएझैं, के संसार भन्दा भिन्न हुने मेरो मा साहस छ? अथवा कहिले काहिं मेरो हावभाव, बोली-वचन, पहिरनले गर्दा मँ अनि एउटा सांसारिक व्यक्ति मा भिन्नता छुट्याउनु गाह्रो पर्छ? (उत्पत्ति ६:९) येशूले उहाँका चेलाहरू बारे भन्नु भयोः “जस्तो मँ संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।”—यूहन्ना १७:१६; तुलना गर्नुहोस् १ यूहन्ना ४:४-६.
१५. (क) १ पत्रुस ४:३, ४ अनुसार, हामीले आफ्नो पहिलेको सांसारीक सोचाई र चालचलनलाई कुन दृष्टीले हेर्नु पर्छ? (ख) यदि पहिलेका सांसारीक साथीहरूले हाम्रो आलोचना गरे भने हामीले के गर्नुपर्छ?
१५ पत्रुसले सल्लाह दिएः “किनकि अन्यजातिहरूको इच्छा अनुसार काम गर्ने, लुच्च्याइँ, अभिलाषा, मतवालीपन, मोज-मज्जा, मद्यपान र घिनलाग्दा मूर्ति पूजाहरूमा चल्ने, जो बितेका समयमा भयो, सो प्रशस्त होला। अब त्यही ज्यादै उपद्रवहरूमा तिमीहरू तिनीहरूका साथ लागेनौ भनेर तिनीहरू ताजुब भएका छन्, र तिमीहरूका खराबी बोल्दछन्।” (१ पत्रुस ४:३, ४) परमेश्वर संग हिडेर र पहिलेका सांसारीक साथीहरू संग तपाईं नदगुरेको हुनाले तपाईंको खराबी बोल्न सक्छन्। तर, नूहले जस्तै, तपाईंले पनि आफ्नो विश्वास र नम्रता साथ गरेको भलाईद्वारा, तिनीहरूको दोष देखाउन सक्नु हुन्छ।—मीका ६:८.
१६. परमेश्वरले नूहलाई कुन दृष्टिले हेर्नुभयो, र कुन प्रश्नहरूले हाम्रो विचार र चालचलनलाई जाँचगर्न मद्दत पुऱ्याउँन सक्छ?
१६ परमेश्वरले नूहलाई धर्मी ठहराउनु भयो। त्यो विश्वासी कुलपतिले “यहोवाको नजरमा अनुग्रह पाए।” (उत्पत्ति ६:८) यहोवाको स्तरको प्रकाशमा तपाईंले आफ्नो विचार र चालचलन जाँच गर्नु हुँदा, के तपाईंलाई अनुभव हुन्छ कि तपाईंले गर्ने कुरोहरू र जाने ठाउँहरूमा परमेश्वरको स्वीकृति छ? के तपाईं तुच्छ मनोरञ्जनका साधनहरू, जुन आज अति प्रचलित छन्, प्रयोगगर्नु हुन्छ? परमेश्वरको वचनले भन्दछ कि हामीले स्वच्छ, स्वास्थ्यकर, उन्नतिशिल थोक वारे सोंच्नु पर्छ। (फिलिप्पी ४:८) ‘खराब र असल छुट्याउनालाई ज्ञानेद्रिय’ लाई प्रशिक्षित गर्नको लागि, के तपाईं मिहेनत साथ परमेश्वरको वचन अध्ययन गर्नु हुन्छ? (हिब्रू ५:१४) के तपाईं खराब संगत त्यागेर, मसीही सभाहरूमा र अरू अवसरहरूमा यहोवाका संगी उपासकहरूसंग संगतिलाई कदर गर्नु हुन्छ?—१ कोरिन्थी १५:३३; हिब्रू १०:२४, २५; याकूब ४:४.
१७. यहोवाको साक्षी भएकोले, नूह जस्तै हामी कसरी हुन सक्छौं?
१७ जहाज निमार्णको समाप्तीको वर्णन गरीसके पछि, शास्त्र भन्दछ: “अनि नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरे बमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२) प्रचारमा पनि यहोवाको साक्षीको रूपमा, ती इश्वरीय व्यक्ति लगनशिल थिए। नूहले जस्तै, तपाईं पनि ठीक कुराको नियमित प्रचारक भएर धार्मिकताको भरपर्दो अधिवक्ता हुँन सक्नु हुन्छ। थोरैले सुने तापनि, यस दुष्ट रीति रिवाजको अन्त हुने कुराको चेतावनी दिन लगातार लागि बस्नुहोस्। अन्त हुनु अगाडी नै चेला बनाउँने काममा आफ्नो विश्वासी भाइबहिनी संग मिलेर एकतामा काम गर्नुहोस्।—मत्ती २८:१९, २०.
१८. महासंकष्टमा को को बाँच्नेछ भनेर के को आधारमा यहोवाले निश्चय गर्नु हुँदै छ?
१८ नूहको दिनको जस्तै न्याय र धार्मिक स्तरको प्रयोग गर्दै, महा संकष्टमा को नाश हुँने र को बाँच्ने छ, परमेश्वरले आज निर्णय गर्नु हुँदैछ। येशूले वर्तमान कामलाई, गोठालाले भेडाहरूलाई बाख्राबाट छुट्याउने काम संग तुलना गर्नुभएको छ। (मत्ती २५:३१-४६) स्वार्थी आकांक्षाहरू र खेदोमा आफ्नो जीवन केन्द्रितगर्ने व्यक्तिहरू, यस पुरानो संसारको अन्त चाहन्दैनन्, र तिनीहरू बच्ने छैनन्। तर यो संसारको फोहोर बाट अलग्गै बस्नेहरू, परमेश्वरमा दह्रो विश्वास कायम राख्नेहरू, र यहोवाको आउदै गरेको न्यायको चेतावनी दिएर राज्य बारे प्रचार गर्नेहरू बाँचेर इश्वरीय अनूग्रह प्राप्त गर्नेछन्। येशूले भन्नुभयोः “त्यस बेला दुइजना खेतबारीमा हुनेछन् एक जना लगिन्छ अर्को छोडिन्छ; दुइ स्तीहरू जाँतो पिंधिरहेका हुनेछन् एक जना लगिन्छे, अर्को छोडिन्छे।”—मत्ती २४:४०, ४१; २ थिस्सलोनिकी १:६-९; प्रकाश २२:१२-१५.
नूह सँगै आशिष् प्राप्त गरौं
१९. यशैया र मीकाले अन्त्यको दिनमा के भित्र्याउने काम को भविष्यवाणी गरे?
१९ समानान्तर भविष्यवाणीहरूमा परमेश्वरका भविष्यवक्ताहरू, यशैया र मीकाले अन्तको दिनमा के हुनेछ सो वर्णन गरेको थिए। आज हामीले देखेका कुराहरूको तिनीहरूले अग्रदृष्टि पाई सकेका थिए—साँचो उपासनाको लाक्षणिक पर्वत तिर, संसारलाई छोडेर आएका धर्मी ह्रदय भएका व्यक्तिहरूको ओहिरो। अरूहरूलाई तिनीहरूले निमन्त्रणा दिन्छन: “आऊ, हामी यहोवाको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनु हुनेछ, र हामी उहाँको बाटोमा हिडने छौं।” (यशैया २:२, ३; मिका ४:१, २) के तपाईं यो खुशी भीड सँग हिंडी रहनु भएकोछ?
२०. आफ्नो विश्वास द्वारा संसारलाई दोषी ठहराउनेहरूले कस्तो आशिषको आनन्द उठाउने छन्?
२० आफ्नो विश्वासद्वारा संसारलाई दोषी ठहराउने व्यक्तिहरूले पाउँने आशिष् बारे पनि यशैयाह र मिकाले उल्लेख गरे। साँचो शान्ति र न्याय तिनीहरूको वीच रहने छ, र तिनीहरूले कहिल्यै युद्ध सिक्ने छैनन्। तिनीहरूमा यहोवा बाट उत्तराधिकारको पक्का आशा पाउने छन् र “तिनीहरू हरेकले आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्ने छन्।” तर प्रत्येकले दृढ निर्णय गर्नु पर्छ, किनकि मीकाले, यसो भन्दै दुइवटा बाटो संभव छ देखाँउछन् “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंडछन, तर हामी चाहिं सदा सर्वदै यहोवा, आफ्ना परमेश्वरको नाउँमा हिडनेछौं।”—मिका ४:३-५, यशैया २:४.
२१. पृथ्वीमा अनन्त जीवनको आशिष पाउनुमा तपाईं कसरी सहभागी हुन सक्नुहुन्छ?
२१ शास्त्रहरूले स्पष्ट देखाउँछ महासंकष्टमा बाँच्नुको लागि के को आवश्यक्ता छः दह्रो विश्वास। नूहको यस्तै विश्वास थियो, तर के तपाईंमा छ? यदि छ भने, नूह जस्तै तपाईं पनि “विश्वास अनुसारको धार्मिकताको हकदार” हुनु हुने छ। (हिब्रू ११:७) उहाँको पुस्तामा आएको विनाशबाट नूह बाँचे। उनी जल प्रलय पछि ३५० वर्ष मात्र बाँचेनन् तर संधै भरी पृथ्वीमा रहने आशा राखेर पुनरूत्थान हुने आशामा छन। कस्तो ठूलो आशिष्! (हिब्रू ११:१३-१६) त्यसमा नूह, उनको परिवार र धार्मिकतालाई प्रेमगर्ने अरू करोडौं मानिसहरू संग तपाईं भागी हुन सक्नु हुनेछ। कसरी? अन्त सम्म सहेर र विश्वास द्वारा यस संसारलाई दोषी ठहऱ्याएर। (w89 10/1)
के तपाईंलाई सम्झना छ?
◻ मसीहीहरूको लागि नूहको जीवनको अध्ययनगर्नु किन महत्वको छ?
◻ यस पुस्ताका मानिसहरू ले के को वास्ता गर्दैनन्, जसले तिनीहरूको विनाशमा पुऱ्याउँछ?
◻ नूहले जस्तै, हामीले कसरी यस संसारलाई दोषी ठहराउन सक्छौं?
◻ धार्मिकताको प्रचारक नूह जस्तै हामी कसरी हुन सक्छौं?