-
मण्डलीमा एकता कायम राख्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. सङ्गी ख्रिष्टियनसित मनमुटाव हुँदा तपाईँ के गर्नुहुनेछ?
हामी एकतामा बाँधिएका छौँ तर त्रुटिरहित भने छैनौँ। कहिलेकाहीँ हामी एकअर्कालाई निराश पार्छौँ र चित्तसमेत दुखाउँछौँ। परमेश्वरको वचनले हामीलाई “एकअर्कालाई . . . क्षमा गरिरहो” भन्नुका साथै “यहोवा परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ” भनेर बताउँछ। (कलस्सी ३:१३ पढ्नुहोस्।) हामीले धेरै पटक यहोवालाई दुःखी बनाएका छौँ। तैपनि उहाँले हामीलाई क्षमा गर्नुभएको छ। त्यसैले हामीले पनि आफ्ना दाजुभाइ दिदीबहिनीलाई क्षमा गरेको उहाँ चाहनुहुन्छ। तपाईँले कसैको चित्त दुखाएको याद गर्नुभयो भने समस्या सुल्झाउन आफै अग्रसर हुनुहोस्।—मत्ति ५:२३, २४ पढ्नुहोस्।b
-
-
मण्डलीमा एकता कायम राख्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
कहिलेकाहीँ हामी अरूको चित्त दुखाउन पुग्छौँ। त्यतिबेला हामीले के गर्नुपर्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएकी बहिनीले मिलाप गर्न के गरिन्?
-