प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. कुलत त्याग्नुहोस्‌

      एक जना पुरुष डस्टबिनमा चुरोट फ्याँक्दै छन्‌।

      यहोवाले हामीलाई जुनसुकै कुलत त्याग्न मदत गर्न सक्नुहुन्छ

      यदि तपाईँ धूम्रपान गर्नुहुन्छ अथवा लागूपदार्थ सेवन गर्नुहुन्छ भने त्यस्तो कुलत त्याग्न निकै गाह्रो हुन्छ भनेर तपाईँलाई थाह होला। तपाईँ कसरी कुलत त्याग्न सक्नुहुन्छ? कुलतले तपाईँमा कस्तो असर पार्छ, विचार गर्नुहोस्‌। मत्ति २२:३७-३९ पढ्‌नुहोस्‌। त्यसपछि यी क्षेत्रहरूमा सुर्ती वा लागूपदार्थले कस्तो असर पुऱ्‍याउँछ भन्‍ने विषयमा छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रतामा।

      • परिवार र वरपरका मानिसहरूमा।

      एउटा कुलत त्याग्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ, योजना बनाउनुहोस्‌।a भिडियो हेर्नुहोस्‌।

      भिडियो: आत्मसंयम देखाउनुहोस्‌ (२:४७)

      फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने अनि सभामा उपस्थित हुने बानी बसाल्दा कसरी कुलत हटाउने बल पाउन सकिन्छ?

      ५. अशुद्ध विचार र आनीबानी त्याग्न सङ्‌घर्ष गर्नुहोस्‌

      कलस्सी ३:५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • अश्‍लील सामग्री हेर्नु, सेक्सटिङ गर्नु (कम्प्युटर, मोबाइल वा यस्तै कुनै साधनमार्फत अश्‍लील मेसेज, फोटो वा भिडियो पठाउनु) अनि हस्तमैथुन गर्नु यहोवाको नजरमा अशुद्ध छ भनेर हामी किन भन्‍न सक्छौँ?

      • के तपाईँको विचारमा यहोवाले हामी नैतिक रूपमा स्वच्छ भएको चाहनु व्यावहारिक छ? किन?

      अशुद्ध विचार त्याग्न कसरी सङ्‌घर्ष गर्न सकिन्छ भनेर बुझ्नुहोस्‌। भिडियो हेर्नुहोस्‌।

      भिडियो: शुद्ध रहन कदम चाल्नुहोस्‌ (१:५१)

      नैतिक रूपमा स्वच्छ रहनको लागि हामीले ठोस कदम चाल्नुपर्छ भनेर बुझाउन येसुले एउटा उदाहरण बताउनुभयो। मत्ति ५:२९, ३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हुनत येसुले आफ्नो शरीरलाई हानि पुऱ्‍याउनुपर्छ भन्‍न खोजिरहनुभएको थिएन तर हामीले ठोस कदम चाल्नुपर्छ भनेर सङ्‌केत गर्दै हुनुहुन्थ्यो। अशुद्ध विचार त्याग्न कस्तो ठोस कदम चाल्नुपर्छ?b

      तपाईँ अशुद्ध विचारहरू त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यहोवा तपाईँको प्रयासको कदर गर्नुहुन्छ। भजन १०३:१३, १४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यदि तपाईँ कुनै अशुद्ध बानी त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने हरेस नखान यस बाइबल पदबाट कस्तो प्रोत्साहन पाउनुभयो?

      हार नमान्‍नुहोस्‌!

      हाम्रो मनमा सजिलै यस्तो सोचाइ आउन सक्छ, ‘म चुकेँ, त्यसैले अब प्रयास गर्नु बेकार छ।’ तर यो कुरा विचार गर्नुहोस्‌: एक जना धावक दौडँदै गर्दा लड्यो भने त्यसको अर्थ उसले दौड हाऱ्‍यो भन्‍ने होइन। ऊ फेरि सुरुदेखि दौडन थाल्नु पनि पर्दैन। त्यसैगरि तपाईँ चुक्नुको अर्थ कुलत त्याग्न गरिरहनुभएको लडाइँ हार्नुभयो भन्‍ने होइन। साथै तपाईँले अहिलेसम्म गर्नुभएको उन्‍नति खेर गयो भन्ठान्‍नु पनि पर्दैन। प्रयास गर्दागर्दै पनि चुक्नु सामान्य कुरा हो। त्यसैले हार नमान्‍नुहोस्‌! तपाईँ यहोवाको मदतले कुलत त्याग्न सक्नुहुन्छ।

      एक जना धावक लडेपछि उठ्‌दै छन्‌।
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. रक्सीको लत त्याग्नुहोस्‌

      एक जना पुरुषलाई रक्सीको लत त्याग्न कुन कुराले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: ‘आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ’ (६:३२)

      चित्रहरूको सँगालो: ‘आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ’ भिडियोका दृश्‍यहरू। १. डिमीट्री रक्सीको बोतल हेर्छन्‌। २. डिमीट्री, तिनकी पत्नी र छोरी बाइबल अध्ययन गर्छन्‌।
      • भिडियोमा देखाइएका डिमीट्रिले रक्सी पिएपछि कस्तो व्यवहार गर्थे?

      • के तिनले रक्सी पिउन चटक्कै छोड्‌न सके?

      • पछि तिनले कसरी रक्सीको लत त्याग्न सके?

      पहिलो कोरिन्थी ६:१०, ११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • अत्यधिक मद्यपानबारे बाइबलले के भन्छ?

      • रक्सीको लत लागेको व्यक्‍ति परिवर्तन हुन सक्छ भनेर हामी किन भन्‍न सक्छौँ?

      मत्ति ५:३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • एउटा हात काटेर फाल्नु भन्‍ने उदाहरणले यहोवालाई खुसी पार्न कुनै कुरा त्याग्नुपर्ने हुन सक्छ भनेर बुझाउँछ। यदि तपाईँ रक्सीको लत त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ?a

      पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • धेरै रक्सी पिउने व्यक्‍तिहरूसित सङ्‌गत गर्दा त्यसले तपाईँमा कस्तो असर पार्न सक्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने