प्रतिज्ञाका देशका केही दृश्यहरू
नासरत–अगमवक्ताको घर
“भीड़हरूले भने: ‘यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्!’” हो, येशू पृथ्वीमा छँदा, उहाँको नाउँ सँग, आजको प्रसिद्ध शहर, नासरतको नाउँ पनि जोड़िएको थियो। यसैकारण, उहाँलाई पक्रनु आउनेहरूले येशूको खोजी गरेनन् तर “येशू नासरीको” खोजी गरे।—मत्ती २१:११; २६:७१; यूहन्ना १८:३-५; प्रेरित् २६:९.
आज नासरत जानु भयो भने, माथि नक्सामा दिइएको दृश्य देख्नुहुनेछ। मरियमलाई उसले परमेश्वरको पुत्र जन्माउनेछ भनेर समाचार दिन एउटा स्वर्गदूत आएको “गालीलको नासरत नाउँको शहर” भन्दा आजको शहर धेरै नै विशाल छ। (लूका १:२६-३३) त्यस समयमा, नासरत, आउँदो पानामा चित्रित गरिएको जस्तो गाउँ थियो। पहाड़को ओरालोमा, चार कुने घरहरूको थुप्रो ठाउँ-ठाउँमा लागेको हुन्थियो। यूसुफ र मरियम पनि एउटा यस्तै घरमा बस्थिये होलान्। तर मरियमले जन्म दिनु भन्दा केही समय मात्र अघि, तिनीहरूलाई दक्षिण बेतलेहेम तिर जानु पऱ्यो र त्यहाँ येशूले जन्म लिनु भयो। पछि, बच्चालाई हेरोद राजाको हत्यारा चालहरूबाट बचाउनका लागि, तिनीहरू मिस्र भागेर गये। यस पछि, “गालीलमा तिनीहरूको शहर नासरत तिर तिनीहरू फर्के।”—लूका २:४, ३९; मत्ती २:१३-२३.
येशू, यरूसलेम अथवा टिबेरियस जस्तो कुनै अस्त व्यस्त शहरमा हुर्कनु भएन। उहाँ एउटा शान्त ठाउँमा बढ़नु भयो। नासरत एउटा उपत्यकामा थियो। तल्लो गालीलको पहाड़हरूले वरि-परिबाट घेरेको यो ठाउँमा, अन्न, जैतुन र नेभाराको प्रशस्त उब्जनी हुन्थियो। यहाँको गृष्म ऋतु रमाइलो र शीतल हुन् थियो र हिउँदमा पनि माथिल्लो गालीलको जस्तो जाड़ो हुँदैन थियो।
यूसुफ आफ्नी पत्नी र छोरा-छोरीहरूको पालन-पोषण गर्न सिकर्मी काम गर्थिये। शायद, यहाँ नक्सामा देखाइएको, आधुनिक नासरतको जस्तो पसल उनको पनि थियो होला। उनले शहरका घरहरूका लागि, काठको दलिन, ढोकाहरू अथवा टेबल र मेचहरू र काठका अन्य सामानहरू बनाउथिये होलान्। हामी जान्दछौं, यो काम येशूले पनि हेरेर सिक्नु भयो किनभने पछि गएर, उहाँ पनि “सिकर्मी” कहलिनु भयो। (मर्कूस ६:३; मत्ती १३:५५) नासरतको वरिपरि हुने कृषी कामले शायद अझ अरू कामहरूलाई जन्म दियो होला। उदाहरणका लागि, यी जानवरहरूले लगाएको जस्तो जुवा, येशूले पनि बनाउनु भएको थियो होला। साथै, यूसुफले आफ्ना औजारहरूको प्रयोग द्वारा हलोहरू अथवा जुवाको पछि, पछि तान्ने ठेलाहरू बनाउ थिये होलान्।—२ शमुएल २४:२२; यशैया ४४:१३.
केटा छँदा, येशू नासरतको छेउ छाउका ठाउँहरूमा पैदल हिड़ेर अवश्य जाने गर्नु हुन् थियो होला। उदाहरणका लागि, नासरत देखिन् आठ मील उत्तर, “गालीलको केनामा” जहाँ उहाँले पछि, आफ्नो प्रथम चमत्कार गर्नु भयो। (यूहन्ना २:१-१२) छ मील दक्षिण-पूर्व, येजरीलको उपत्यका र मोरेको पहाड़ तिर हिड़नु भएमा, येशू नैनको शहर पुग्नुहुने थियो, यो १७ पन्नामा देखाएको छ।a (न्याय ६:३३; ७:१) समझ्नु होस्, आफ्नो प्रथम प्रचार भ्रमणमा, येशूको यहाँ, मुर्दा लगीरहेका मानिसहरूसँग भेट भएको थियो। हृदयमा दया जागेको हुनाकारण, उहाँले विधवाको छोरालाई पुनर्जिवित् पार्नु भयो।—लूका ७:११-१६.
देशका मुख्य सडकहरू नासरत भएर निस्कन्दैन थिये। र पनि, नासरत देखिन् यी बाटोहरू सम्म पुग्न सजिलै थियो। यो कुरा तपाईं यहोवाका साक्षीहरूको १९९० को तिथि-पत्र हेरेर थाह लाउन सक्नुहुन्छ। त्यसमा आधुनिक नासरतको एउटा अझ ठूलो नक्सा छ। येजरीलको उपत्यका भएर जाने पूर्व-पश्चिम बाटोले, एक्रको बन्दरगाह अथवा टोलीमेसलाई गालीलको समुद्र अथवा यर्दनको उपत्यका सँग जोड़ी दिन्थियो। यो बाटोलाई फेरि, दक्षिणको दमिश्कबाट आउने पथले काटेर, तल सामरिया हुँदै यरूशलेम सम्म पुग्थियो।
नासरतको आफ्नै सभाघर थियो। र आफ्नो सेवकाईको शुरूमै, येशू “आफ्नो दस्तुरअनुसार” भित्र पस्नु भयो। त्यहाँ, उहाँले यशैया ६१:१, २ पढ़नु भये पछि, ती कुराहरू उहाँमै पूरा भयो भनेर बताउनु भयो। यो सुनेर शहरका मानिसहरूले कस्तो प्रतिकृया व्यक्त गरे? तिनीहरू मध्येका धेरैजसोले ता येशूलाई, उहाँ केटा-केटी छँदा देखिन् नै देखेका थिए र कतिले ता उहाँलाई सिकर्मीकाम गरेको वापत ज्याला पनि दिएका थिए होलान्। हो, शहरका मानिसहरू क्रोधित् भए। उहाँलाई डाँड़ाबाट घचेटेर तल फालिदिने कोशिश गरे। तर येशू उम्कनु भयो। (लूका ४:१६-३०) पछि उहाँले नैन र अन्य ठाउँहरूमा गएर गर्नु भएका कार्यहरूको खबर यहाँ नासरतका मानिसहरूको कान सम्म पनि पुगेको जस्तो छ, किनभने केही समय पश्चात् उहाँ यहाँ फेरि आउनु भएर सभाघरमा शिक्षा दिनु हुँदा, कसैले पनि उहाँलाई मार्ने कुरा गरेनन्। भएतापनि, उहाँले “त्यहाँ शक्तिको धेरै काम गर्नु भएन” किनभने त्यहाँका चिनजानहरूले उहाँलाई अगमवक्ता भनेर स्वीकारेनन्।—मत्ती १३:५३-५८.
मर्कूसले येशूको यो प्रतिकृयालाई लेखेर राखेको पाउँछौं: “अगमवक्तालाई आफ्नो देश, र आफ्ना नातेदारहरूका बीचमा, र आफ्नै घरमा बाहेक अन्त कहीं अनादर हुँदैन।” दुखःको कुरो, यो प्रतिकृयालाई नासरतका धेरै मानिसहरूले सत्य साबित् गरे। भएतापनि, हामीले आदर गर्न रूचाएको अगमवक्ताको घर ठानेर, यो शहरको हामी समझना गर्न सक्छौं।—मर्कूस ६:४. (w90 3/1)
[फुटनोट]
a यहोवाका साक्षीहरूको १९९० को तिथि-पत्रको जिल्दमा दिइएको मान-चित्रमा, नासरत #२ मा पाउँनुहुनेछ। मोरेको पहाड़, #३ को तल तिर छ।