येशूको जीवन र सेवकाई
गालीलको अझ एउटा प्रचार भ्रमण
करीब दुइ वर्ष, प्रगाढ़ प्रचार गरि सक्नु भए पछि, के अब येशु सुस्त भएर चुपलागि बस्नु हुनेछ? यसको विपरीत, गालीलको तेश्रो भ्रमण शुरू गरेर, उहाँ आफ्नो प्रचार कार्यक्रम अझ बढ़ाउनु हुन्छ। यस इलाका भित्रका सबै शहर र गाउँहरूको सभाघरहरूमा शिक्षा दिनुहुँदै र राज्यको सुसमाचार प्रचार गर्दै हिड़नु हुन्छ। यो भ्रमणमा भएका अनुभवहरूले गर्दा, प्रचारको काम बढ़ाउने आवश्यक्ता उहाँले अझ जोर सित महसूस गर्नु हुन्छ।
जता ततै, येशूले आत्मिक आरोग्य र ढाढसको खाँचो भएका मानिसहरू देख्नु हुन्छ। तिनीहरू गोठालो नभएका भेड़ा झैं, तितर-बितर भएका छन्। तिनीहरूकालागि उहाँको मनमा दया जागेर आउँछ। उहाँले आफ्ना चेलाहरूलाई एसो भन्नु हुन्छ: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्। यस कारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन भनी बिन्ती गर।”
येशूको एउटा योजना छ। उहाँले, प्राय एक वर्ष अघि छान्नु भएका १२ चेलालाई आफू कहाँ बोलाउनु हुन्छ। तिनीहरूलाई दुई-दुई गरि भाग गर्नुभएर प्रचारकहरूका छ टोली बनाउनु हुन्छ र तिनीहरूलाई एसो भन्नु हुँदै, उपदेश दिनु हुन्छ: “अन्यजातिहरूका बाटोतिर नजाओ, र सामरीहरूका शहरमा नपस। तर इस्राएलको घरानामा हराएका भेड़ाहरूकहाँ जाओ। ‘स्वर्गको राज्य नजीकै आइपुगेको छ’ भन्दै प्रचार गर।”
तिनीहरूले प्रचार गर्नु परेको यो राज्य त्यही राज्य हो जसको निम्ति प्रार्थना गर्न उहाँले तिनीहरूलाई आफ्नो आदर्श प्रार्थनामा सिकाउनु भएको थियो। राज्य नजीकै आइपुगेको थियो, किनभने परमेश्वरले नियुक्त गर्नु भएको राजा, येशू ख्रीष्ट त्यहाँ उपस्थित हुनुहुन्थियो। उहाँका चेलाहरू त्यो ईश्वरीय सरकारका प्रतिनिधिहरू हुन् भनेर प्रमाणित् गर्नकालागि, उहाँले तिनीहरूलाई रोगीहरू निको पार्ने र मरेकाहरूलाई पनि बिउताउँने शक्ति दिनु हुन्छ। यस प्रकारको सेवा, सित्तैमा गर्नु भनेर, उहाँले तिनीहरूलाई आदेश दिनु हुन्छ।
यस पछि उहाँले आफ्ना चेलाहरूलाई, प्रचार-भ्रमणकालागि भौतिक कुराहरूको तैयारी न गर्नु भन्नु हुन्छ। “तिमीहरूका पटुकामा सुन, चाँदी र तामा नलेओ। नता सफरको निम्ति झोली, न दुइवटा दौरा न जुत्ता न लौरा। किनभने खेताला आफ्नो भोजनको योग्य हुन्छ।” समाचारको मोल गर्नेहरूले, आफ्नो मूल्याङ्कन प्रकट गर्दै खानेकुरा र सुत्ने ठाउँ दिनेछन्। यस विषयमा येशूले अझ एसो पनि भन्नु भयो: “जुन शहर कि गाउँमा तिमीहरू पसौला, त्यसमा ‘को योग्य छ?’ भनि सोधपूछ गरेर थाह लगाउ र जबसम्म तिमीहरू त्यहाँबाट निस्कँदैनौ, त्यसकहाँ बस।”
यस पछि, राज्यको समाचार लिएर मानिसहरूकहाँ कसरी जानु भनेर शिक्षा दिनु हुन्छ। “घर भित्र पस्ता, त्यसलाई अभिवादन गर। औ त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यस माथि रहोस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। जसले तिमीहरूलाई ग्रहण नगर्ला, र तिमीहरूको बात नसुन्ला त्यस घर अथवा शहरबाट निस्कँदा, तिमीहरूका खुट्टाको धूलो टकटकाइदेओ।”
तिनीहरूले प्रचारगरेको समाचार इनकार गर्ने शहर बारे येशूले एसो भन्नु भयो: “न्यायको दिनमा त्यो शहरको गत भन्दा ता सादोम र गमोराको गत सहनसक्ने हुनेछ।” तर यसको अर्थ, सदोमका मानिसहरू पुनरूत्थानमा आउने होइनन्। सदोमका मानिसहरू, न्यायको दिनमा पुनरूत्थान पाउँने योग्यका पटक्कै छैनन् भनेर, येशूको इस्राएली स्रोतालाई राम्रो सँग थाह थियो। तर यहाँ येशूले, यो इस्राएली शहरका मानिसहरू, सदोमका मानिसहरू भन्दा पनि दोषी छन् भन्ने कुरालाई जोर दिनु हुदैं थियो। मत्ती ९:३५–१०:१५; मर्कूस ६:६-१२; लूका ९:१-५.
◆ येशूले गालीलमा तेस्रो प्रचार भ्रमण कहिले शुरू गर्नु हुन्छ र यस बाट उहाँले कुन कुरा अझ जोर सित महसूस गर्नु हुन्छ?
◆ आफ्ना १२ चेलाहरूलाई प्रचारको काममा पठाउनु हुँदा, तिनीहरूलाई के शिक्षा दिनु हुन्छ?
◆ चेलाहरूले राज्य नजीकै आएकोछ भनेर प्रचार गर्नु किन उचित थियो?
◆ येशूका चेलाहरूलाई इन्कार गर्नु एउटा गम्भीर कुरा हो भनेर येशूले कसरी जोर दिनु भयो? (w87 7/15)