प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • येसुले आफ्ना प्रेषितहरूलाई दुई-दुई जना गरी प्रचार गर्न पठाउनुहुँदा कसरी प्रचार गर्ने भन्‍ने सन्दर्भमा लाभदायी निर्देशनहरू दिनुहुन्छ। तर उहाँ तिनीहरूलाई अर्को एउटा कुरा पनि बताउनुहुन्छ। उहाँ आफ्ना प्रेषितहरूलाई तिनीहरूले सामना गर्नुपर्ने विरोधबारे यस्तो चेतावनी दिनुहुन्छ: “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। . . . मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌। मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।”—मत्ति १०:१६-१८.

  • खेदोको बाबजुद प्रचार गर्न तयार
    येसु—बाटो, सत्य र जीवन
    • येसु आफ्नो १२ प्रेषितलाई कत्ति महत्त्वपूर्ण निर्देशन, चेतावनी र प्रोत्साहन दिनुहुन्छ! तर येसुले भन्‍नुभएका यी कुराहरू उहाँ मृत्युबाट जीवित हुनुभएपछि प्रचारकार्यमा भाग लिनेहरूलाई पनि लागू हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ? आफ्ना चेलाहरूलाई तिनीहरूले प्रचार गरेका मानिसहरूले मात्र होइन, “सबै मानिसले . . . घृणा गर्नेछन्‌” भनी येसु भन्‍नुहुन्छ। साथै गालिलको यो छोटो प्रचार-यात्राको दौडान प्रेषितहरूलाई राज्यपाल र राजाहरूसामु उभ्याइएको अथवा तिनीहरूलाई परिवारका सदस्यहरूले मार्न लगाएको कुनै विवरण बाइबलमा पाइँदैन।

      हो, येसुले आफ्ना प्रेषितहरूलाई यी कुराहरू भन्‍नुहुँदा उहाँ भविष्यबारे सोच्दै हुनुहुन्छ। “मानिसको छोरा नआइपुगुन्जेल” चेलाहरूले प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनी येसुले भन्‍नुभएको कुरा पनि विचार गर्नुहोस्‌। महिमित राजा येसु ख्रिष्ट परमेश्‍वरको न्यायकर्ताको रूपमा आउनुअघि चेलाहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनेर येसु सङ्‌केत गर्दै हुनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने