-
नासरतमा हुर्कनुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
येसु दुई वर्षजतिको हुनुहुँदा युसुफ र मरियमले उहाँलाई मिश्रबाट यहाँ ल्याएका थिए। यतिबेलासम्म उनीहरूको अरू सन्तान जन्मेको छैन जस्तो देखिन्छ। तर पछि येसुका भाइहरू पनि जन्मन्छन्—याकुब, युसुफ, सिमोन र यहुदा। युसुफ र मरियमका छोरीहरू पनि जन्मन्छन्। येसुको कम्तीमा पनि छ जना भाइबहिनी छन्।
-
-
नासरतमा हुर्कनुहुन्छयेसु—बाटो, सत्य र जीवन
-
-
आफ्नो ठूलो परिवारको पालनपोषण गर्न युसुफले निकै मेहनत गर्नुपर्छ। तिनी सिकर्मी हुन्। युसुफले येसुलाई आफ्नै छोराजस्तै गरी हुर्काउँछन्। त्यसैले येसुलाई “सिकर्मीको छोरा” भनिन्छ। (मत्ति १३:५५) युसुफले येसुलाई पनि सिकर्मीको काम सिकाउँछन् र उहाँले त्यो काम राम्ररी सिक्नुहुन्छ। त्यसैकारण पछि मानिसहरूले येसुबारे कुरा गर्दा “के यो त्यही सिकर्मी होइन?” भन्छन्।—मर्कुस ६:३.
-