येशूको जीवन र सेवकाई
येशूले हजारौंलाई चमत्कार द्वारा खुवाउनुहुन्छ
गालिल भरि, १२ जना प्रेरित्हरूले एउटा असाधारण प्रचार भ्रमणको आनन्द उठाए। अब, यूहन्नाको हत्याको खबर सुने पछि, तिनीहरू येशूकहाँ फर्केर आउँछन् र आफ्ना अद्भूत् अनुभवहरू उहाँलाई सुनाउँछन्। आफ्ना चेलाहरू थकित् छन् र यति धेरै मानिसहरू आउजाउ गरेको हुनाकारण, तिनीहरूले खाने मौका पनि न पाएको देख्नु भएर, येशू एसो भन्नु हुन्छ: “तिमीहरू आफै पनि सुटुक्कै एकान्त ठाउँमा आओ, र केही थकाई मार।”
उहाँहरू सबै डुङ्गामा चढ़ेर, शायद कफरनहूमको छेउछाउ देखिन्, यर्दनको पूर्व, बेथसेदा तिर, एउटा एकान्त ठाउँमा जान्छन्। तर उहाँहरू यसरी गइरहेको धेरैले देख्छन् र तिनीहरूले अरूहरूलाई भन्छन्। यिनीहरू सबै जना किनारै किनारको बाटो भएर, अघि-अघि कुदेर जान्छन् र येशू र उहाँका चेलाहरूको डुङ्गा किनार लाग्दा, तिनीहरू त्यहाँ पुगी सकेका हुन्छन्।
डुङ्गाबाट निस्कना साथै येशूले भीड़हरूलाई देख्नुहुन्छ र तिनीहरूकालागि उहाँको हृदयमा दया जागेर आउँछ किनकि तिनीहरू जम्मै गोठालो नभएको भेड़ाझैं हुन्छन्। उहाँले तिनीहरूका बिरामीहरूलाई निको पारिदिनु हुन्छ र तिनीहरूलाई धेरै कुरा सिकाउन शुरू गर्नु हुन्छ।
समय बितेको थाहै हुँदैन। येशूका चेलाहरू उहाँका आएर एसो भन्छन्: “भीड़हरूलाई बिदा दिनुहोस् र तिनीहरूले गएर आसपासका गाउँहरू र देहात हुँदो बास बसून्, औ खानेकुराहरूको बन्दोबस्त गरून्, किनकि यहाँ हामी एकलो ठाउँमा छौं।”
तर येशूले उत्तरमा एसो भन्नुहुन्छ: “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” र अब उहाँले गर्नलाग्नु भएको कुरा उहाँ स्वयंलाई थाह भएको हुनाकारण, यो प्रश्न सोधनु हुँदै, उहाँले फिलिपको जाँच गर्नु हुन्छ: “हामी कहाँबाट रोटी किनौं र यिनीहरूलाई खानदिऔं?”
फिलीपको दृष्टिकोणमा यो एउटा असम्भव कुरो थियो। किनभने त्यहाँ पुरूषहरू मात्र लगभग ५,००० थिए र स्वास्नी मानिसहरू र बच्चाहरू समेत् गर्दा, १०,००० भन्दा बढ़ी भेला भएका थिए। फिलिपले उत्तरमा एसो भन्छ: “प्रत्यकले थोर-थोरै पाएतापनि दुई सय दिनारका रोटीले तिनीहरूलाई प्रशस्त हुँदैन।”
यति धेरै जनालाई खुवाउनु असम्भव छ भनेर, अन्द्रियासले पनि अघि सरेर एसो भन्छ: “यहाँ एउटा ठिटो छ, जस सँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका बीचमा यी के हुन् र?”
बसन्त ऋतुको बेला हो र ई. स. ३२ सालको निस्तार चाड़को निम्ति केही समय मात्र बाँकी छ। चारै तिर प्रशस्त मात्रमा हरियो घाँस छ। येशूले आफ्ना चेलाहरू द्वारा मानिसहरूलाई घाँसमा ५०, ५० र १००, १००को ताँती लागेर बस्न अह्राउनु हुन्छ। तब उहाँले ती पाँच रोटी र दुई माछा लिनु भएर स्वर्गतिर हेरि धन्यबाद चढ़ाउनु हुन्छ। यस पछि, उहाँले रोटी भचाँउनु हुन्छ र माछा पनि भाग-भाग लगाउनु हुन्छ र आफ्ना चेलाहरूलाई दिनु हुन्छ। चेलाहरूले चाहिं मानिसहरूमा बाँटी दिन्छन्। आश्चर्यको कुरा, सबैले अघाइञ्लेज खान्छन्!
सबैले खाइसके पछि, येशूले आफ्ना चेलाहरूलाई एसो भन्नु हुन्छ: “उब्रेका टुक्राहरू बटुल, र केही नष्ट नहोस्।” तिनीहरू गएर यसरी बटुल्दा, खाएर उब्रेका टुक्राहरूले १२ डाला भरियो! मत्ती १४:१३-२१; मर्कूस ६:३०-४४; लूका ९:१०-१७; यूहन्ना ६:१-१३.
◆ येशूले आफ्ना चेलाहरूका लागि एउटा एकान्तको ठाउँ किन खोज्नु हुन्छ?
◆ येशूले उहाँका चेलाहरूलाई कहाँ लैजानु हुन्छ तर तिनीहरूले विश्राम गर्न किन पाउँदैनन्?
◆ अबेर भइसके पछि, चेलाहरूले उहाँलाई के भन्छन् तर येशूले मानिसहरूका लागि कसरी चासो व्यक्त गर्नु हुन्छ? (w87 9/1)