बाइबलमा पाइने अनमोल धन | मर्कूस ९-१०
विश्वास बलियो बनाउने दर्शन
येशूको रूप परिवर्तन हुने बेलाको घटना कल्पना गर्नुहोस्। स्वर्गमा बस्नुहुने आफ्नो बुबाले ‘तिमी मेरो प्यारो छोरा हौ’ भन्नुभएको सुन्दा येशूलाई कस्तो लाग्यो होला! यसले येशूलाई चाँडै भोग्नुपर्ने पीडा सहन पक्कै बल दियो। त्यस दर्शनले पत्रुस, याकूब र यूहन्नामा पनि गहिरो प्रभाव पाऱ्यो। येशू नै मसीह हुनुहुन्छ र उहाँको कुरा सुन्नु सही हो भन्ने कुरामा तिनीहरू ढुक्क भए। त्यसको लगभग ३२ वर्षपछि पत्रुसले त्यस घटनालाई फेरि सम्झिए अनि त्यसले गर्दा “भविष्यसूचक वचन”-माथि आफ्नो विश्वास झनै बलियो भएको कुरा बताए।—२प १:१६-१९.
हामीले त्यो दर्शन प्रत्यक्ष देख्न नपाए तापनि त्यसको पूर्ति भने देखिरहेका छौँ। येशू अहिले शक्तिशाली राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। उहाँले चाँडै “आफ्नो विजययात्रा पूरा” गर्नुहुनेछ र न्यायले बास गर्ने नयाँ संसारको ढोका खोल्नुहुनेछ।—प्रका ६:२.
बाइबलका भविष्यवाणीहरू पूरा भइरहेको देख्दा तपाईँको विश्वास कसरी बलियो भएको छ