-
तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. यहोवाले बप्तिस्मा गरेका आफ्ना साक्षीहरूलाई कस्ता आशिष् दिनुहुन्छ?
बप्तिस्मा गरेपछि तपाईँ यहोवाको आनन्दित परिवारको सदस्य बन्नुहुनेछ। त्यसपछि उहाँले तपाईँलाई थुप्रै तरिकामा प्रेम देखाउनुभएको अनुभव गर्नुहुनेछ। साथै तपाईँ उहाँसित अझ नजिक हुनुहुनेछ। (मलाकि ३:१६-१८ पढ्नुहोस्।) तपाईँले यहोवालाई आफ्नो बुबाको रूपमा पाउनुका साथै संसारभरिका दाजुभाइ दिदीबहिनी मिलेर बनेको आध्यात्मिक परिवार पाउनुहुनेछ अनि त्यस परिवारले यहोवा र तपाईँलाई प्रेम गर्छ। (मर्कुस १०:२९, ३० पढ्नुहोस्।) बप्तिस्मा गर्नुअघि तपाईँले केही कदम चालिसकेको हुनुपर्छ। तपाईँले यहोवाबारे सिक्नुपर्छ, उहाँलाई प्रेम गर्नुपर्छ र उहाँको छोरामाथि विश्वास गर्नुपर्छ। अन्तमा तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुपर्छ। तपाईँले यी कदमहरू चालिसकेपछि बप्तिस्मा गर्नुभयो भने सधैँभरि जीवनको आनन्द उठाउन सक्ने बाटोमा हिँड्न थाल्नुहुनेछ। परमेश्वरको वचनले भनेझैँ ‘बप्तिस्माले अहिले तपाईँलाई बचाउँदै छ।’—१ पत्रुस ३:२१.
-
-
तपाईँ खेदो सहन सक्नुहुन्छसधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
यहोवाको उपासना गर्ने हाम्रो निर्णय परिवारलाई मन नपर्न सक्छ भनेर येसुलाई राम्ररी थाह थियो। मत्ति १०:३४-३६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
परिवारको कुनै सदस्यले यहोवाको सेवा गर्ने निर्णय गर्दा के हुन सक्छ?
एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
तपाईँलाई कुनै नातेदार वा साथीले यहोवाको सेवा गर्नदेखि रोक्न खोज्दा के गर्नुहुन्छ?
भजन २७:१० र मर्कुस १०:२९, ३० पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
परिवार वा साथीभाइबाट विरोध आउँदा यस प्रतिज्ञाले तपाईँलाई कसरी मदत गर्न सक्छ?
-