-
पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | सेप्टेम्बर
-
-
१. येसुको चमत्कार देखेपछि पत्रुसले कस्तो प्रतिक्रिया देखाए?
पत्रुसले रातभरि मेहनत गरे पनि एउटै माछा भेट्टाउन सकेका थिएनन्। तर येसुले तिनलाई यसो भन्नुभयो: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” (लुका ५:४) पत्रुसलाई एउटा माछा पनि समात्न सकिएला जस्तो लागेको थिएन तर तिनले येसुले भन्नुभएजस्तै गरे। त्यसपछि जालहरूमा यत्ति धेरै माछा परे कि तिनीहरूका जालहरू फाट्न लागे। येसुले भर्खरै चमत्कार गर्नुभएको हो भनेर बुझेपछि पत्रुस र तिनीसित भएकाहरू “सबै चकित” भए। पत्रुसले यसो भने: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्।” (लुका ५:६-९) त्यतिबेला पत्रुसले आफू येसुको छेउमा उभिन समेत लायकको छैन भनेर महसुस गरेका हुन सक्छन्।
२. पत्रुसको उदाहरण विचार गर्दा कस्तो लाभ उठाउन सक्छौँ?
२ “म पापी मानिस हुँ” भनेर पत्रुसले सही कुरा नै भनिरहेका थिए। तिनले कहिलेकाहीँ यस्ता कुराहरू भने र गरे, जसले गर्दा पछि पछुताए। के तपाईँ पनि कहिलेकाहीँ पत्रुसजस्तै महसुस गर्नुहुन्छ? तपाईँ कुनै कमीकमजोरी वा पापी झुकावसित लड्दै हुनुहुन्छ कि? हुनुहुन्छ भने पत्रुसको उदाहरणबाट तपाईँले प्रोत्साहन पाउन सक्नुहुन्छ। कसरी? यो कुरा विचार गर्नुहोस्: यहोवाले बाइबलमा पत्रुसको कमीकमजोरीबारे लेख्न नलगाउन पनि सक्नुहुन्थ्यो। तर उहाँले हाम्रो शिक्षाको लागि ती लेख्न लगाउनुभयो। (२ तिमो. ३:१६, १७) यहोवा हामीले कुनै गल्ती नै नगरेको आशा गर्नुहुन्न भन्ने कुरा पत्रुसको उदाहरणबाट सिक्न सक्छौँ। तिनी हामीजस्तै कमीकमजोरी र भावनाहरू भएका मानिस थिए। यहोवा हामी आफ्नो कमीकमजोरीको बाबजुद उहाँको सेवामा लागिरहेको चाहनुहुन्छ।
-
-
पत्रुसजस्तै यहोवाको सेवामा लागिरहनुहोस्प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | सेप्टेम्बर
-
-
पत्रुसले देखेको चमत्कार तपाईँले देख्नुभएको भए कस्तो प्रतिक्रिया देखाउनुहुन्थ्यो? (अनुच्छेद ४ हेर्नुहोस्)
४. लुका ५:५-१० अनुसार पत्रुसले आफूबारे के भने तर येसुले तिनलाई कस्तो आश्वासन दिनुभयो?
४ पत्रुसले आफू “पापी मानिस हुँ” भनेर किन भने वा तिनले कस्ता पापहरूबारे सोचिरहेका थिए, बाइबलमा बताइएको छैन। (लुका ५:५-१० पढ्नुहोस्।) तर तिनले केही गम्भीर गल्ती गरेका हुन सक्छन्। पत्रुस डराएका छन् भनेर येसुलाई थाह थियो। अयोग्यताको भावले गर्दा तिनी डराएका हुन सक्छन्। त्यसैले उहाँले दयालुपूर्वक पत्रुसलाई “डराउन छोड” भन्नुभयो। येसुले पत्रुसमा यस्तो भरोसा देखाउनुभएकोले तिनले आफ्नो जीवनमा ठूलो परिवर्तन गरे। पत्रुस र तिनका भाइ अन्द्रियासले माछा मार्ने व्यवसाय छोडे अनि येसुसँगै पूर्ण-समय सेवामा लागे र थुप्रै आशिष् पाए।—मर्कु. १:१६-१८.
-