प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • येसु ती मानिसलाई यसो भन्‍नुहुन्छ: “तिमीले ठीक जवाफ दियौ। त्यसै गरिरह अनि तिमीले जीवन पाउनेछौ।” तर के छलफल यतिमै टुङ्‌गिन्छ? तिनी यतिमै चित्त बुझाउँदैनन्‌। किनकि तिनी ‘आफूलाई धर्मी साबित गर्न’ चाहन्छन्‌; तिनी आफ्नो सोचाइ नै ठीक छ र आफूले अरूसँग गरिरहेको व्यवहार उचित छ भन्‍ने कुराको पुष्टि येसुबाट चाहन्छन्‌। त्यसैले तिनी यस्तो प्रश्‍न गर्छन्‌: “वास्तवमा मेरो छिमेकी को हो?” (लुका १०:२८, २९) सरलजस्तो सुनिने यस प्रश्‍नको जवाफ गहन छ। कसरी?

      यहुदीहरूको विचारमा यहुदी परम्परा पछ्याउनेहरू मात्र “छिमेकी” हुन्‌ र तिनीहरूले लेवी १९:१८ ले यही कुरालाई समर्थन गर्छ भन्ठानेको हुनुपर्छ। वास्तवमा तिनीहरू यहुदीले गैर-यहुदीसित सङ्‌गत गर्नु “अनुचित” हो भन्‍ने दाबी गर्छन्‌। (प्रेषित १०:२८) त्यसैले ती मानिस र सायद येसुका कोही-कोही चेलाहरूलाई समेत आफूले सङ्‌गी यहुदीहरूसित दयालु व्यवहार गरेमा धर्मी ठहरिन्छु जस्तो लागेको हुनुपर्छ। तर गैर-यहुदीहरूलाई निर्दयी व्यवहार गर्न तिनीहरूलाई ठीकै लाग्छ किनकि तिनीहरूको नजरमा उनीहरू “छिमेकी” होइनन्‌।

  • एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • अरूलाई सिकाउने कस्तो प्रभावकारी तरिका! गैर-यहुदीहरू पनि तिनीहरूको छिमेकी हुन्‌ भनेर येसुले सीधै भन्‍नुभएको भए के ती मानिस र अरू यहुदीहरूले सजिलै स्विकार्ने थिए? सायद स्विकार्ने थिएनन्‌। बरु उहाँले आफ्नो श्रोतालाई थाह भएको कुराहरू समावेश गर्दै कथा सुनाउनुहुँदा “वास्तवमा मेरो छिमेकी को हो?” भन्‍ने प्रश्‍नको जवाफ स्पष्ट हुन्छ। धर्मशास्त्रमा बताइएअनुसार जसले प्रेम र दया देखाउँछ, वास्तवमा ऊ नै असल छिमेकी हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने