बेतलेहेम अनि क्रिसमस यसको सत्यता के हो?
“बेतलेहेम . . . अशेष प्रेमको सबूत हो, नम्रतामा पाठ हो।”—मरीया टेरेज़ा पेटरोज़्ज़ी, बेतलेहेम नामक पुस्तक कि लेखिका।
तपाईंको निम्ति बेतलेहेमले के यस्तै अर्थ राख्छ? शायद राख्ला हो, किनकि विश्वभरी करोडौं इमानदार, शान्ति-प्रिय मानिसहरु बेतलेहेम तिर आदरपूर्वक हेर्छन्, विशेषगरि क्रिसमसको याममा। तिनीहरु विचारशील छन् कि यो सानो मध्य पूर्वीय शहर “शान्तिको अधिराजकुमार” येशू ख्रिष्टको जन्म स्थल हो। मसीही जगतको अति पवित्र ठाउँहरु मध्ये यो एउटामा, धेरै शतक देखि र्तीथयात्रीहरु झुम्मेर दर्शन लिन, र शायद यसमा श्रद्धा पनि चढाउन आउछन्। यो ग्रँʹटो ॲफ् दी नेटेʹविटि हो, येशू ख्रीष्टको परमपरागत जन्मस्थल। यो चर्च ॲफ् द नेटेʹविटि नामक, एउटा ठूलो ऐतिहासिक भवनसमूह भित्र छ।—यशैया ९:६; मत्ती २:१.
येशूको जन्म परिस्थिति बारे सत्यता के हो? उदाहरणको लागि, उहाँको जन्म कहिले भएको हो? के वास्तवमा उनको जन्म अहिलेको नेटेʹविटि ग्रँʹटोमा नै भएको हो? अनि के उनको जन्मस्थललाई तपाईं वा अरु कसैले पुज्नु हुन्छ?
“जब हामी बेतलेहेमको रहश्यबारे विचार गर्छौं, हामी आफ्नो मनमा आउने प्रश्नहरु र शंकाहरुलाई रोक्न सक्दैनौं।”—बेतʹलेहेम, लेखिका मरीया टेरेज़ा पेटरोज़्ज़ी.
‘किन प्रश्न अनि शंकाहरु?’ तपाईं सोध्नुहोला। जे भए पनि, क्रिसमस बारे सबै विभिन्न विश्वास, अनि यी विश्वास सम्बन्धी सबै स्थलहरु, त तथ्यमाथि त आधारित छन्। तर छन् के?
उहाँको जन्म कहिले भएको हो?
येशूको जन्म मितिको सम्बन्धमा, मरिया टेरेज़ा पेटरोज़्ज़ी सोध्छिन्: “उद्धारकर्ताको जन्म ठीक कहिले भएको हो? हामीलाई थाहा हुनुपऱ्यो, सालमात्र होइन तर महीना, दिन, साथै घडी पनि। गणित सुनिश्चितता हामीलाई प्राप्य छैन।” न्यू क्याʹथलिक् एन्साइक्लोपीʹडिया ले यसको समन गर्छ: “येशू ख्रीष्टको जन्म मितिको हिसाब मोटामोटी मात्रगर्न सकिन्छ।” ख्रीष्ट जन्मेको दिन भनी मानिएको मिति सम्बन्धमा यसले भन्छ: “डिसेम्बर २५ को मिति ख्रीष्टको जन्मसँग त मेल खादैन तर अयनकालमा रोमी सूर्य चाड, नेटेलिस् सोलिस् इन्विकटी को भोजसँग चाहिं मेल खान्छ।”
तब तपाईं सोध्नुहोला, “यदि येशूको जन्म डिसेम्बर २५ मा भएको होइन भने, कहिले भएको हो त?” मत्तीको अध्याय २६ अनि २७ बाट, हामी बुझ्दछौं कि येशू यहूदीहरुको निस्तार चाडको समयमा मर्नुभयो, जुन ३३ सा. यु. को अप्रील १, मा थालेको थियो। अझ, लूका ३:२१–२३ ले हामीलाई जानकारी दिन्छ कि येशू लगभग ३० वर्ष हुनुहुन्थ्यो जब उहाँले प्रचारगर्न थाल्नुभयो। किनकि उहाँको पार्थीव सेवकाई तीन अनि आधा वर्षको मात्र थियो, उहाँको मृत्युको समयमा उहाँ ३३ १/२ वर्ष पुगिसक्नु भएको थियो। छः महीना पश्चात ख्रीष्ट ३४ पूरो पुग्नु हुनेथ्यो, जुन चाहिं अक्टोबर १ तिर पर्नेथ्यो। यदि हामी ख्रीष्ट कहिले जन्मिनु भयो भनेर उल्टो गनेर हेऱ्यौं भने, हामी पुग्छौं, डिसेम्बर २५ अथवा जनवरी ६ त होइन तर २ सा. यु. पू. को अक्टोबर १।
यादगर्नु पर्ने कुरो यहाँ के छ भने डिसेम्बरको महीनामा, बेतलेहेम अनि त्यसका वरिपरि चिसो हिउँदे मौसम, ठन्डा वर्षा, अनि कहिले काहीं हिमपातको वशमा हुन्छन्। कसैले त्यो समयमा भेडागोठालोलाई आफ्नो बगालसँग राती बाहिर देख्दैन। यो हालैको मौसमी घटना होइन। शास्त्रहरुले बताउँछ कि यहूदी राजा यहोयाकीम “नवौं महिनामा हिउँदमा बस्ने दरबारमा बसीरहेका थिए, नवौं महीना थियो। [किस्लेव, जुन नोभेम्बर-डिसेम्बरसँग मेल खान्छ।] तिनको सामने मकलमा आगो बलिहरेको थियो।” (यर्मिया ३६:२२) न्यानो हुनको लागि उसलाई त्यो राप चाहिएको थियो। अझ बढ्ता, एज्रा १०:९, १३ मा हामी स्पष्ट प्रमाण पाउँछौं कि किस्लेवको महीना “वर्षा झरीको याम हो, र बाहिर उभिनु सम्भव छैन।” यी सबैले औंल्याउँछन् कि बेतलेहेममा डिसेम्बरको मौसमसँग बाइबलमा बयान गरिएको येशू ख्रीष्टको जन्म सम्बन्धित घटनाहरु मेल खादैनन्।—लूका २:८–११.
कुन ठाउँमा?
त्यो स्थल जसले क्रिमियन युद्धलाई (१८५३–५६) कुनै सीमासम्म प्रेरणा दियो, जुन ‘रगतपच्छे भिडन्त’ ले एक लाख भन्दा बढी फ्रान्सेली लडाकुहरुको प्राण लियो यस प्रति के दृष्टिकोण ठीक होला? के त्यो स्थल वास्तवमा येशूको जन्मस्थान नै हो त?
कुरो थाल्ने हो भने, बाइबल आफैले येशू जन्मको निश्चित ठाउँको चर्चा गर्दैन। मत्ती अनि लूकाले पुष्टि गर्छन् कि येशूको जन्मले मीका ५:२ मा भनिएको ख्रीष्ट सम्बन्धी भविष्यवाणी पूरो गऱ्यो, जसले पूर्व-घोषणा गरेको थियो कि “एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ, जसको शुरु अघिदेखि, अर्थात्, प्राचीनकाल देखि नै छ,” त्यो बेतलेहेमबाट आउनेछ। (मत्ती २:१, ५; लूका २:४) दुवै सुसमाचारको विवरणले केवल आवश्यक कुरो उल्लेख गर्छन्, अर्थात, येशूको जन्म बेतलेहेममा भयो, अनि लूका-को अनुसार, त्यो बालकलाई लुगाले बेह्रेर डूँडमा राखियो।—लूका २:७.
सुसमाचारमा लेखकहरुले अझ विवरण किन नथपेका? मरीया टेरेज़ा पेटरोज़्ज़ी अवलोकन गर्नुहुन्छ: “ती प्रचारकहरुले यस्ता विवरणको बेवास्ता गर्छन्, किनकि, प्रत्यक्ष छ तिनीहरुलाई यो अर्थहीन लाग्यो।” वास्तवमा, यो प्रत्यक्ष छ कि येशू आफैले पनि आफ्नो जन्मको विवरणलाई विशेष अर्थपूण संझनु भएन, किनकि उहाँले आफ्नो जन्म मिति अथवा आफ्नो जन्मको ठीक स्थलको चर्चा गर्नुभएको कत्तै उद्धृत गरेको पाउँदैनौं। उनको जन्म बेतलेहेममा भएतापनि, येशूले त्यो ठाँउलाई आफ्नो घर कहिले पनि मान्नु भएन, तर गालीलको क्षेत्रलाई “आफ्नो निज देश” भनी संकेत गरिन्थ्यो।—मर्कूस ६:१, ३, ४; मत्ती २:४, ५; १३:५४.
यूहन्ना ७:४०–४२ लाई पढ्दा यो देखिन्छ कि उनको जन्मस्थानबारे मानिसहरु साधारणतया अज्ञान थिए, उनको जन्म गालीलमा भएको ठानेर: “अरुहरुले भने: ‘ख्रीष्ट गालीलबाट आउने त होइन होला, होइन र?’” (न्यु वर्ल्ड) यूहन्ना ७:४१ मा लेखिएको कुरो माथि आधारित, द चर्च ॲफ् द नेटेʹविटि, बेतʹलेहेम निष्कर्षमा आउँछ: “यस्ता छलफल उठ्दैमा येशूको जन्म बेतलेहेममा भएको तथ्यको असम्मति भएको होइन; तर यसले यो चाहिं देखाउँछ कि उहाँका धेरै सहयोगीलाई यसबारे पत्तो थिएन।”
यो प्रत्यक्ष छ कि येशूको आफ्नो पार्थीव जीवनकालमा, उहाँले आफ्नो जन्मको विवरण विज्ञापन गर्नु भएन। उहाँको जन्मेको स्थान माथि केही महत्व राखिएन। के, त्यसोभए, यो विश्वासको आधार भयो कि नेटेʹविटि ग्रॅʹटो उही स्थान हो जुन ठाँउमा यूसूफले मरीयमलाई बच्चा जन्माउनको लागि ल्याए?”
पेटरोज़्ज़ी निष्कपटपूर्वक स्वीकार्नुहुन्छ: “यो थाहा पाउन सम्भव छैन त्यो कन्दरा बेतलेहेमको छिमेकीमा रहेको असंख्य प्राकृतिक ओडार मध्ये एक हो, अथवा पौवामा गोठको निम्ति प्रयोग गरिएको एउटा गुफा। तापनि, यो परम्परा जुन २ स्रो शत को पहिलो भागमा पुग्छ, सुस्पष्ट छ; यो एउटा कन्दरा-गोठ हो।”—हाम्रो तेर्सो।
मात्र परम्परा
मरीया टेरेज़ा पेटरोज़्ज़ी र आर. डब्लू. हेमिल्टन, साथै बेतलेहेमको इतिहासको विभिन्न अरु विध्यार्थीहरु, सूचना दिन्छन् कि दोस्रो शतक सा. यु. को जस्टिन मार्टर, पहिलो थियो जसले दावी गऱ्यो कि येशूको जन्म एउटा कन्दरामा भएको हो, सो कुन चाहिं, यो नतोकिकन। जस्टिन मार्टरको बयानको सम्बन्धमा हेमिल्टन निष्कर्षमा आउँछन्: “यो त एउटा प्रासंगिक संकेत हो, अनि सन्त जसटिनको मनमा कुनै विशेष गुफा थियो, अझ बढता वर्तमान केभ अफ् नेटेʹविटिलाई नै उनले संकेत गरिरहेका हुन् भनेर अनुमान लगाउनु, एकलो शब्दको प्रमाणलाई बेसगरी थिच्नु हो।”
एउटा टिपोटमा हेमिल्टन लेख्छन्: “लगभग उही समयमा लेखिएको अप्रेरित ‘याकूबको पुस्तक’ अर्थात ‘प्रोटिभेनजेʹलियम’, मा नेटेʹविटिको एउटा विवरण छ, जसले पनि एउटा गुफाको परिचय दिन्छ, तर यो चाहिं बेतलेहेम पुग्ने आधा बाटैमा छ भनी विवरण दिइएको छ। जता सम्म यसको ऐतिहासिक मूल्य छ, यो कथाले जनाउँछ कि परमपरा त्यत्ति बेला कुनै एकसरो स्थानसँग जोडिएको थिएन, र केभ् अफ् नेटिʹविटिसँग त छदैथिएन।”
तेस्रो–शतकका लेखकहरु ओरिगन् र युसिʹबायस्ले त्यो समयमा ज्ञात परम्परालाई खास स्थानसँग जोडे। हेमिल्टन तर्क गर्नुहुन्छ: “एक चोटि त्यो कथालाई एउटा विशेष गुफासँग जोडिदिए पछि त्यो डुल्ने कुरै आएन; र यो निष्कर्ष झिक्नु ठीक छ कि सा. यु. २०० साल लगतै पश्वात आगन्तुकहरुलाई देखाइएको गुफा वर्तमान केभ् ॲफ् नेटिʹविटि नै हो।”
डब्लु. हेच. बारलेट, आफ्नो पुस्तक वाँल्कस अबाउट दी सीटि एन्ड् एनवाइरोन्स् ॲफ् जेरुसलेम् (१८४२) मा, यस कन्दराबारे अटकलनु हुन्छ: “यो हाम्रा उद्धारकर्ताको जन्म-स्थान हो भन्ने परम्परा श्रद्धेय प्राचीनकाल देखिन् को हो, जसको चर्चा सन्त जेरोमले पनि गरे, जो पासवर्ती कक्षमा जिउनु अनि मर्नुभयो, तरैपनि यो स्थान संभाव्यताग असम्मतीमा छ, हुनः त यो विरलै हुनगएको छ कि पलिश्तिमा कन्दरालाई गोठको निम्ति प्रयोग गरिन्छ, यो चाहिं यस्ता उद्देश्यको लागि सजिलै प्रयोग गरिनेहरु भन्दा भित्र निकै गहिरो छ; र थप कुरो, जब हामी विचार गछौं, असाधारण शास्तीय घटनाहरुलाई कन्दराहरुसँग जोडने मंकहरुको झुकाउ, सायद यस्ता स्थानहरुको चित्ताकर्षीले गर्दा, यस्ता स्थानहरुको विरुद्ध अनुमान निर्णायक देखापर्छ।”
हात परेको ऐतिहासिक प्रमाणबाट हामी के निष्कर्षमा आउनुसक्छौं, र अझ महत्वपूर्ण, त्यो शास्तीय तथ्यबाट कि न येशूले न त उहाँका चेलाहरुले उहाँको जन्म-स्थानमाथि केही महत्व जोड़े? यो प्रत्यक्ष छ जब रानी हेलेना, कन्स्टेन्टाइन महानको मूमा बडामहारानी, ले ३२६ सा. यु. मा चर्च ॲफ् नेटेʹविटिको स्थान तोक्दा, उनले त्यसलाई त्यो कुरोको आधारमा गरिन् जसलाई हेमिल्टनले ‘परम्परासँगको दीर्घ संसर्ग’ भनी उल्लेख गर्छन्। त्यो ऐतिहासिक अर्थात बाइबलको सबूतमाथि आधारित थिएन।
यसले अझ अरु निष्कर्षमा पुऱ्याउँछ कि ख्रीष्टको जन्मको वास्तविक जग्गा अज्ञात छ। यसकारण, विश्वासीहरु ग्रॅʹटो ॲफ् द नेटेʹविटि जस्ता ठाउँहरुमा तीर्थ जानुपर्ने र आदरभाव देखाउनु के तर्कसंगत होला? यदि, वास्तवमा, मसीहीहरुबाट यस्तो आवश्यक थियो भने, के येशू आफैले यो दायित्वबारे चेलाहरुलाई जानकारी दिनु हुने थिएन होला, अर्थात् यो पनि कि उनको यो प्रकारको इच्छा छ है भनेर? सारा मानवजातिले पढ्नपाऊन भनेर के यो परमेश्वरको वचन, बाइबलमा दर्ता हुनेथिएन होला? यस्ता सबूतहरु बाइबलबाट सुस्पष्ट अनुपस्थित भएको हुनाले, हामीलाई खोजतलाश गर्न बेस हुनेछ कि येशूले स्मरणार्थको योग्य के चाहिं ठान्नुभयो।
हामीले जति खोजतलाश गरेतापनि, हामीले त्यो अवसर मात्र पाउनेछौं जुन येशूको चेलाहरुले पुस्तौसम्म स्मरणार्थ गर्नुपर्ने थियो जुन उहाँको बलिदानस्वरुप मृत्यु हो। उनको मृत्यु बसंतकालमा भयो, आफ्नो चेलाहरुसँग अन्तिम निस्तार भोजको उत्सव मनाएको केही समय पश्चात। त्यस अवसरमा उनले आफ्ना विश्वासी चेलाहरुलाई, अखमीरे रोटी, मातज़ोथ जस्तै, र रातो दाखमद्य प्रयोग गरेर एउटा लाक्षणिक ज्यूँनार लिन भनी निर्देशन दिनुभयो। पहिलो पटक अप्रील १, ३३ सा. यु., मा भएको यो साधारण संस्कारको सम्बन्धमा, उहाँले आज्ञा दिनुभयो: “मेरो संझनामा यो गर्ने गर।”—लूका २२:१९, २०.
येशू आफैले दिएको यो शास्त्रीय आदेशअनुसार आज्ञाकारी भएर, विश्वभरीका यहोवाका साक्षीहरु वर्षेनि ख्रीष्टको बलिदानीय मृत्युको स्मरणार्थ मनाउँछन्। यो मसीही भेलालाई तिनीहरुले यरुशलेमका कुनै विशेष स्थानको माथिल्लो कोठामा गर्दैनन्, किनकि येशूले यो तोक्नुभएन। तर विश्वभरी, तिनीहरु आफ्नै इलाकाको राज्य भवनहरुमा वा अन्य सुहाँउदो ठाउँहरुमा भेला हुन्छन्। अर्को उत्सव अप्रेल १७, १९९२ मा सूर्यास्त पश्चात हुनेछ। तपाईंको घर-नजीक यहोवाको साक्षीहरुका राज्य भवनमा उपस्थित हुन तपाईंलाई निम्तो छ।
येशूको आदेशको आज्ञा मान्दै यो महत्वपूर्ण उत्सवमा उपस्थित हुनको लागि, तपाईंलाई यरुशलेम अथवा बेतलेहेम जानुपर्दैन। न येशूले न त उहाँको चेलाहरुले नै ठाउँहरुलाई मसीही उपासनाको केन्द्रबिन्दु भनेर महत्व जोडनुभयो। यसको विपरीत, एउटा सामरी स्री जसले गेरिजिम, सामरियाको एउटा पर्वत जो यरुशलेमको उत्तरमा छ, त्यसमाथि आफ्नो उपासना केन्द्रित गरेकि थिइन्, उसलाई येशूले भन्नुभयो: “ए नारी, मलाई विश्वास गर। त्यो बेला आउँदैछ, जब तिमीहरु न त यस डाँडामा, न यरुशलेममा, पितालाई पुज्नेछौ। तर बेला आउँछ, र अहिल्यै हो, जब साँचोसँग पुज्नेहरुले पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि उहाँलाई पुज्नेहरुबाट पिताले यस्तै चाहनुहुन्छ।”—यूहन्ना ४:२१, २३.
जसले पितालाई आत्मा र सत्यतामा पुज्छन् तिनीहरु आफ्नो उपासना, कुनै विशेष ठाउँहरु, जस्तो कि बेतलेहेम, अथवा वस्तुहरु, जस्तो कि मूर्तिमाथि भर पर्दैनन्। प्रेरित पावल भन्दछ: “जब हामी शरीरमा रहन्छौं तब प्रभु देखि अलग रहन्छौं। किनभने हामी दृष्टिले होइन तर विश्वासले हिंड्छौं।”—२ कोरिन्थी ५:६, ७.
तरैपनि, तपाईं फेरि घोरिनु होला, कसैले परमेश्वरको उपासना उहाँलाई ग्रहणयोग्य प्रकारले कसरी गर्नसक्छ होला? अर्को पाली कुनै यहोवाका साक्षी तपाईंको ढोकामा आउँदा, उसलाई वा उनलाई सोध्नु होला। (w90 12/15)
[पृष्ठ २२-मा भएको चित्र]
शिशिरमा, बेतलेहेम छेउको भूमि हिंउले ढाक्नसक्छ। के गोठालोहरू आफ्नो भेड़ा लिएर बाहिर सुत्लान्?
[चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ २३-मा भएको चित्र]
बेतलेहेमको चर्च ॲफ् द नेटेʹविटि अनि त्यसको भैंमन्तिरको कन्दरा।
[चित्रको स्रोत]
Garo Nalbandian
[चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.