-
‘तिमीहरूको आपसमा प्रेम होस्’प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
-
-
६ दोस्रो दृष्टान्त, एउटी स्त्रीको थियो। येशूले यसो भन्नुभयो: “कुन चाहिं स्त्रीको साथमा दश चाँदीको सिक्का भएर एउटा हराई भने बत्ती बालेर घर बढ़ारीकन मेहनतसँग नभेट्टाउञ्जेल त्यसलाई खोज्दिन? औ भेट्टाएपछि त्यसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसित रमाओ, किनभने मैले मेरो हराएको सिक्का भेट्टाएकी छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरीनै परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।’ ”—लूका १५:८-१०.
-
-
‘तिमीहरूको आपसमा प्रेम होस्’प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
-
-
हराएको तर अनमोल
८. (क) गोठालो र स्त्रीले आफ्नो केही कुरा हराउँदा कस्तो प्रतिक्रिया देखाए? (ख) तिनीहरूको प्रतिक्रियाबाट हराएको सम्पत्तिप्रति कस्तो दृष्टिकोण झल्किन्छ?
८ दुवै दृष्टान्तमा केही कुरा गुमेको थियो तर मालिकहरूको प्रतिक्रियालाई ध्यान दिनुहोस्। गोठालोले यसो भनेनन्: ‘एउटा हराएर के भयो र, मसँग अझै ९९ वटा त छँदैछ नि? त्यो एउटा नभए मलाई केही फरक पर्दैन।’ त्यस स्त्रीले यसो भनिनन्: ‘बेकारमा एउटा सिक्काको लागि किन चिन्ता गर्ने? बाँकी नौवटा त मसँग छँदैछ नि।’ बरु, गोठालोले आफ्नो भेडा त्यही एउटै मात्र भएझैं गरी हराएको भेडा धुइँधुइँती खोजे। अनि त्यस स्त्रीले पनि आफूसित अरू केही नभएझैं गरी हराएको सिक्का खोजिन्। दुवै घटनामा आफूले हराएको कुरा मालिकको लागि अनमोल थियो। यसले के देखाउँछ?
-
-
‘तिमीहरूको आपसमा प्रेम होस्’प्रहरीधरहरा—२००३ | फेब्रुअरी १
-
-
९. गोठालो र स्त्रीले देखाएको चासोबाट के प्रस्ट हुन्छ?
९ दुवै अवस्थामा येशूको निष्कर्षलाई ध्यान दिनुहोस्: “पश्चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ” र “यसरीनै परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।” तसर्थ, गोठालो र स्त्रीको चासोले सानै तरिकामा भए पनि यहोवा र उहाँका स्वर्गीय प्राणीहरूको भावना झल्काउँछ। आफूले हराएको कुरा गोठालो र स्त्रीको नजरमा अनमोल रहेझैं परमेश्वरका जनहरूबाट बरालिएर टाढिएकाहरू पनि यहोवाको नजरमा अनमोल रहिरहन्छन्। (यर्मिया ३१:३) त्यस्ता व्यक्तिहरू आध्यात्मिक तवरमा कमजोर हुँदैमा तिनीहरूलाई विद्रोही भन्न मिल्दैन। तिनीहरूको कमजोर अवस्थाको बावजुद तिनीहरूले कुनै न कुनै तरिकामा अझै यहोवाले चाहनुभएका कुराहरू पूरा गरिरहेका हुन सक्छन्। (भजन ११९:१७६; प्रेरित १५:२९) यसर्थ, विगतमा झैं यहोवा “तिनीहरूलाई अझै आफ्नो दृष्टिदेखि निकाल्न” हतार गर्नुहुन्न।—२ राजा १३:२३.
१०, ११. (क) मण्डलीबाट बरालिएकाहरूप्रति हामी कस्तो दृष्टिकोण राख्न चाहन्छौं? (ख) येशूका दुईवटा दृष्टान्तअनुसार हामी तिनीहरूप्रति कसरी चासो व्यक्त गर्न सक्छौं?
१० यहोवा र येशूले जस्तै हामी पनि कमजोर तथा मसीही मण्डलीदेखि टाढिएका व्यक्तिहरूको गहिरो चासो राख्छौं। (इजकिएल ३४:१६; लूका १९:१०) हामी आध्यात्मिक तवरमा कमजोर व्यक्तिलाई कुनै आशै नभएको मानिसजस्तो नभई हराएको भेडासरह ठान्छौं। हामी यस्तो तर्क गर्दैनौं: ‘कमजोर व्यक्तिको किन वास्ता गर्ने? त्यो व्यक्ति नहुँदा मण्डलीलाई केही फरक पर्दैन।’ बरु, बरालिएका तर फर्कन चाहनेहरूलाई हामी यहोवाले जस्तै मूल्यवान् ठान्छौं।
-