प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”
    प्रहरीधरहरा—१९९८ | अक्टोबर १
    • ९, १०. (क) उडन्ताको परिस्थिति कसरी हेरफेर भयो र उसले यसको कस्तो प्रतिक्रिया व्यक्‍त गऱ्‍यो? (ख) आज साँचो उपासनालाई त्याग्ने केही व्यक्‍तिहरू उडन्ताजस्तै दुरावस्थामा कसरी पुगेका छन्‌, व्याख्या गर्नुहोस्‌।

      ९ “तर त्यसले सबै खर्च गरिसकेपछि त्यस देशभरि ठूलो अनिकाल पऱ्‍यो, र त्यसलाई खाँचो पर्नलाग्यो। औ त्यो गएर त्यस देशका निवासीहरूमध्ये एउटाकहाँ टाँसियो, औ उसले त्यसलाई आफ्नो खेतमा सूङगुर चराउन पठायो। औ सूङगुरहरूले खाने गरेका कोसाहरूले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो, औ कसैले त्यसलाई केही दिंदैन थियो।”—लूका १५:१४-१६.

  • “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर”
    प्रहरीधरहरा—१९९८ | अक्टोबर १
    • ११. उडन्ताको हालत झन्‌ दयनीय कसरी भयो र आज कसै कसैले संसारको आकर्षण “फोस्रो छल” मात्र भएको कसरी थाह पाएका छन्‌?

      ११ उडन्ताको हालत झनै दयनीय भयो किनकि “कसैले त्यसलाई केही दिंदैन थियो।” उसका नयाँ साथीहरू खै कता गए? ऊसित फुट्टीकौडी नभएकोले ऊ तिनीहरूको निम्ति “अप्रिय” भएको थियो। (हितोपदेश १४:२०) त्यसैगरि, विश्‍वासबाट तर्कने थुप्रैले यो संसारको आकर्षण तथा दृष्टिकोण “फोस्रो छल” मात्र भएको पाए। (कलस्सी २:८) केही समय परमेश्‍वरको संगठनलाई त्याग्ने एउटी युवतीले भनिन्‌, “यहोवाको निर्देशनबिना मैले निकै दुःखकष्ट भोग्नुपऱ्‍यो, व्यथित हुनुपऱ्‍यो। म संसारकै चालमा चल्न खोजें तर तिनीहरू जस्तै हुन नसकेकोले तिनीहरूले मलाई स्वीकारेनन्‌। मलाई आफू हराएको बच्चाजस्तै लाग्यो, एक जना डोऱ्‍याउने बुबाको आवश्‍यकता खट्‌कियो। बल्ल त्यतिखेर यहोवाको आवश्‍यकता महसुस गरें। अब म फेरि कहिल्यै उहाँसित अलग्गिएर स्वतन्त्र हुन चाहन्‍नँ।” येशूको उखानको उडन्ताले पनि यो कुरा बुझ्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने