प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | नोभेम्बर
    • बाइबलकालीन समयको एक जना परोपकारी

      आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो साँझ येसुले आफ्ना प्रेषितहरूलाई सङ्‌गी विश्‍वासीहरूमाझ ठूलो ओहदा नखोज्नू भन्‍ने सल्लाह दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ। तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।”—लुका २२:२५, २६.

  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१८ | नोभेम्बर
    • त्यसोभए येसुले आफ्ना चेलाहरूलाई “तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन” भन्‍नुको अर्थ के थियो? के येसुले तिनीहरूलाई आम जनताको हितको वास्तै गर्नु पर्दैन भन्‍न खोजिरहनुभएको थियो? त्यसो त पटक्कै होइन। येसुले तिनीहरूलाई उदार हुनुपछाडिको मनोवृत्ति केलाउन सल्लाह दिइरहनुभएको थियो जस्तो देखिन्छ।

      येसुको समयका धनी मानिसहरू रङ्‌गशालामा भव्य कार्यक्रम र खेलकूद प्रायोजन गरेर, पार्क र मन्दिरहरू निर्माण गरेर अनि यस्तै अन्य गतिविधिहरूलाई समर्थन गरेर राम्रो नाम कमाउन चाहन्थे। तर तिनीहरू अरूको वाहवाही पाउन, लोकप्रिय हुन वा मानिसहरूको भोट पाउन त्यसो गर्थे। एउटा पुस्तक यसो भन्छ, “त्यस्ता दाताहरूमध्ये कोही-कोही साँच्चै उदार मनसायले त्यसो गर्थे तर अक्सर राजनैतिक स्वार्थको लागि त्यसो गर्ने चलन थियो।” यस्तो महत्त्वाकाङ्‌क्षा र स्वार्थ नराख्नू भनेर येसुले आफ्ना चेलाहरूलाई सल्लाह दिँदै हुनुहुन्थ्यो।

      त्यसको केही वर्षपछि प्रेषित पावलले पनि सही मनसायले दिनुको महत्त्वलाई जोड दिए। तिनले कोरिन्थका सङ्‌गी ख्रिष्टियनहरूलाई यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने