-
फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछप्रहरीधरहरा—२०१० | अगस्त १
-
-
हामी परमेश्वरको क्रोधबाट बच्न सक्छौं
४, ५. परमेश्वरको क्रोध यस दुष्ट रीतिरिवाजमाथि रहेको कुरा केले प्रमाणित गर्छ?
४ आदम पापमा फसेको बेलादेखि अहिलेसम्म परमेश्वरको क्रोध मानिसजातिमाथि ‘रहेको छ’ भनी बाइबल अनि मानिसजातिको दुःखद इतिहासले देखाउँछ। (यूह. ३:३६) यो कुरा कुनै पनि मानिस मृत्युदेखि उम्कन नसकेको कुराबाट प्रस्ट भएको छ। मानिसले भोगिरहेको विपत्तिबाट बचाउन शैतानको शासन पूर्णतया असक्षम भएको छ र कुनै पनि मानव सरकारले आफ्ना सम्पूर्ण नागरिकको आधारभूत आवश्यकताहरू पूरा गर्न सकेको छैन। (१ यूह. ५:१९) त्यसैकारण अहिलेसम्म मानिसजाति युद्ध, अपराध र गरिबीको चपेटामा परिरहेको छ।
-
-
फिरौतीको बलिदानले हामीलाई कसरी बचाउँछप्रहरीधरहरा—२०१० | अगस्त १
-
-
७ “हामीमाथि आउने क्रोधबाट” येशूले ‘बचाउनुहुनेछ’ भनेर प्रेरित पावलले बताए। (१ थिस्स. १:१०) यहोवाले आफ्नो क्रोध खन्याउने अन्तिम चरणमा अपश्चात्तापी पापीहरूको अनन्त विनाश गर्नुहुनेछ। (२ थिस्स. १:६-९) त्यसबाट को बच्नेछन्? बाइबल बताउँछ: “जसले पुत्रमाथि विश्वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” (यूह. ३:३६) हो, यस रीतिरिवाजको अन्त हुने बेला जो-जो जीवित रहन्छन् र ज-जसले येशू र उहाँको फिरौतीमा विश्वास राख्छन्, तिनीहरू परमेश्वरको अन्तिम क्रोध खन्याइँदा बच्नेछन्।
-