प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्‌
    प्रहरीधरहरा—१९९५ | जुलाई १५
    • १, २. (क) येशूले इनारको छेउमा सामरी स्त्रीसित गर्नुभएको कुराकानीले कस्तो चासो जगायो र किन? (पादटिप्पणी पनि हेर्नुहोस्‌।) (ख) येशूले सामरी स्त्रीलाई प्रचार गर्नुभएर कुन कुरा प्रदर्शन गर्नुभयो?

      यो मध्यान्हको समय सुखार शहर नजीकै एउटा पुरानो इनारको छेउमा सा.यु. ३० को अन्ततिरको घटना हो। स्त्रीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भनेर येशूले त्यहाँ प्रकट गर्नुभयो। उहाँले बिहानभरि सामरियाको पहाडी इलाकामा यात्रा गर्नुभएको थियो र त्यस इनारमा आइपुग्नुहुँदा थकित, भोको र तिर्खाएको हुनुहुन्थ्यो। उहाँ इनारको डीलमा बसिरहनुहुँदा एउटी सामरी स्त्री त्यहाँ पानी लिन आइन्‌। येशूले उनलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।” यो कुरा सुनेर त्यस स्त्री पक्कै छक्क परेकी हुनुपर्छ। उनले सोधिन्‌: “तपाईं यहूदी भएर म सामरी आइमाईको हातबाट कसरी पानी पिउनुहुन्छ?” पछि उहाँका चेलाहरू खानेकुरा किनेर फर्कंदा येशू “एउटी आइमाईसित बात गरिरहनुभएको देखेर” छक्क परे।—यूहन्‍ना ४:४-९, २७.

      २ यस स्त्रीको प्रश्‍न र चेलाहरू छक्क पर्नुको कारण के थियो? उनी सामरी थिइन्‌ र यहूदीहरू सामरीहरूसित कुनै प्रकारको हेलमेल गर्दैनन्‌ थिए। (यूहन्‍ना ८:४८) तर स्पष्टतः छक्क पर्नुको अर्को कारण पनि थियो। त्यतिखेर रब्बीहरूका परम्पराले सार्वजनिक स्थानमा पुरुषहरूलाई स्त्रीहरूसित कुरा गर्न निरुत्साहित गरिन्थ्यो।a यद्यपि, येशूले यस निष्कपट स्त्रीलाई खुलेआम प्रचार गर्नुभयो र आफू मसीह हुनुहुन्छ भनेर समेत प्रकट गर्नुभयो। (यूहन्‍ना ४:२५, २६) यसरी येशूले स्त्रीहरूलाई तुच्छ तुल्याउने परम्परालगायत अन्य अशास्त्रीय परम्पराहरूलाई पछ्याउनु हुनेछैन भनेर देखाउनुभयो। (मर्कूस ७:९-१३) त्यसको विपरीत, आफूले गर्नुभएका र सिकाउनुभएका कुरा मार्फत स्त्रीहरूलाई सम्मान तथा आदरपूर्ण व्यवहार गर्नुपर्छ भनेर प्रदर्शित गर्नुभयो।

  • मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्‌
    प्रहरीधरहरा—१९९५ | जुलाई १५
    • a द इन्टरनेशनल स्टान्डर्ड बाइबल इन्साइक्लोपीडिया यसरी वर्णन गर्छ: “स्त्रीहरू पुरुष पाहुनाहरूसित बसेर खाँदैनन्‌ थिए र स्त्रीहरूसित कुरा गर्न पुरुषहरूलाई निरुत्साहित गरिएको थियो। . . . विशेषगरि सार्वजनिक स्थलमा स्त्रीसित कुरा गर्नु बदनामी ठानिन्थ्यो।” रब्बीहरूका शिक्षाहरूको संकलन, यहूदी मिश्‍नाह-ले यस्तो सल्लाह दियो: “स्त्रीजातिसित धेरै कुरा नगर। . . . स्त्रीजातिसित धेरै कुरा गर्ने पुरुषले आफूमाथि विनाश ल्याउँछ, व्यवस्थाको अध्ययनलाई बेवास्ता गर्छ र अन्तमा गेहेन्‍नामा जानेछ।”—आबोथ १:५.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने