तपाईंलाई आनन्दित तुल्याउन सक्ने काम
“मँ आफ्नो छापा खाना सञ्चालन् गर्ने काम सँग वास्तवमा प्रेम गर थिएँ।” इटाली, जेनोवाको एनटोनीले भन्छ। “यस काममा तलव पनि राम्रो पाउँथिएँ जसले गर्दा, म विदाको समयमा पनि काम गरेर ज्याला थापने भएँ। केही वर्ष मात्र पश्चात्, कम उमेर मै, म मेरो हाकिमको दाहिने हात सरह हुन गएँ। काम गर्ने धेरै मानिसहरूले आफ्नो सामने राखेका लक्ष्यहरू अर्थात् धन, प्रतिष्ठा र आफूलाई मनपर्ने काम, एनटोनियोले प्राप्त गरेको जस्तै देखियो।
के एनटोनियोले आफ्नो ‘सारा परिश्रमको फलस्वरूप, खान, पिउन र आनन्द उपभोग’ गरि रहेको थियो? (उपदेशक ३:१३) यस प्रकारको कामले के उसलाई वास्तवमा आनन्दित तुल्याउदै थियो? “हाम्रो अस्त-व्यस्त जीवन शैलीले गर्दा,” एनटोनियो भन्छ: “परिवारमा समस्याहरू उठन थाले। यसकारण हामी दुखी भयौं।” दुवैको आफ्नो मनले रूचाएको जागिर हुँदा हुँदै पनि, नता एनटोनियो न उसकी पत्नी खुशी थिए। तपाईंको विषयमा के भन्न सकिन्छ? के तपाईं आफ्नो ‘परिश्रमको फलस्वरूप’ आनन्द उपभोग गर्नु हुँदैछ? के तपाईंको व्यवसायले तपाईंलाई वास्तवमा खुशी तुल्याउँदैछ?
ठोस कारणहरू?
मेहनत गर्नुको एउटा मुख्य कारण, जीविका चलाउनु हो। कुनै कुनै देशहरूमा, आफ्नो जीविका चलाउनका लागि मात्र पनि मानिसहरूले धेरै लामो समय सम्म काम गर्नु पर्छ। आफ्ना बाल-बच्चाहरूले एउटा अझ उत्तम श्रेणीको जीवन बिताउन भनेर, केही मानिसहरू दिन रात दास सरह काम गर्छन्। कोही चाहिं, धन थुपार्न एक सुरले काम गर्छन्।
फिलिपिन्सको एक जना, लिओनिडा नाउँ भएकी स्त्रीको दुई वटा जागिर थियो। दिन भरि एउटा बैंकमा काम गर थिई र बेलुकी एउटा कलेजमा, ३ अथवा ४ घण्टा सम्म भाषण दिने गरथिई। के यसरी कमाएको बढ़ी पैसा साँच्चै नै आवश्यक थियो र? लिओनिडा एसो भन्छे: “म सधैं घड़ी हेरि रहन्थे। मलाई झर्को लागि रहन्थियो। कुनै प्रकारको आत्मसन्तुष्टि बिना, म त्यो काम गरिरहेकी थिएँ।”
हो, पैसाको लागि मात्र काम गरेर साँचो आनन्द र सन्तुष्टि प्राप्त गर्न सकिन्दैन। बुद्धिमान राजा सुलेमानले यो उपदेश दिनु हुन्छ: “धन-सम्पत्ति कमाउन कमारा जस्तै नघोटी . . . तैंले यताउता हेर्न अघिनै त्यो गइहाल्छ, चील आकाशतिर उड़ेझैं त्यसको पखेटा लाग्छ।” (हितोपदेश २३:४, ५) कुनै कुनै चीलहरू प्रति घण्टा ८० मीलको वेगले उड़न सक्छन्। यस्तै वेगले मेहनत साथ कमाएको धन पनि उड़ेर जान सक्छ। कुनै मानिस धन थुपार्न सफल भए पनि, आफू मरदा केही पनि लगेर जान सक्दैन।—उपदेशक ५:१५; लूका १२:१३-२१.
जीविका चलाउने काममा सम्पूर्णतया व्यस्त हुनु, खतरायुक्त हुनसक्छ। यसले हामीमा पैसाको प्रेम उत्पन्न गराउन सक्छ। प्रथम शताब्दिमा, फरीसीहरू कहलाइने एउटा धर्म सम्प्रदाय थियो। तिनीहरू पैसाका प्रेमी थिए भनेर सबैलाई थाह थियो। (लूका १६:१४) पहिले आफू पनि एक जना फरीसी भएको हुनाकारण, मसीही प्रेरित् पावललाई तिनीहरूको जीवन शैली बारे राम्रो ज्ञान थियो। (फिलिप्पी ३:५) र पावलले यो चेताउनी दिनु हुन्छ: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डूबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपयाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै [मानिसले] . . . तिनीहरूका हृदय धेरै दुःखले छेंड़ेका हुन्छन्।” (१ तिमोथी ६:९, १०) वास्तवमा, “पैसाको प्रेमको” कारण, कुनै काम पनि गर्न, आफ्नो जीवनको निम्ति हानिकारक हुन सक्छ। यसबाट आनन्द प्राप्त गर्न सकिन्दैन।
कुनै-कुनै मानिस चाहिं आफ्नो व्यवसायिक समाजको टुप्पोमा पुग्ने लक्ष्य राखेर मेहनत् गर्छन्। तर तिनीहरूले पनि वास्तविकताको सामना गर्छन्। फरच्युन नाउँको पत्रिकाले यस विषयमा एसो भनेकोछ: “२० र तीस वर्षको उमेरमा धेरै कुरा त्यागेर कार्यालयको टुप्पोमा पुग्ने लक्ष्य राखेकाहरूले एउटा तीतो वास्तविकताको सामना गरि रहेछन् र त्यो वास्तविकता यो हो: जतिनै मेहनत गरेतापनि, सबै जना नै टुप्पोमा पुगदैनन्। थाकेर हैरान भए पछि, यिनीहरू आज यो प्रश्न गर्न चाहन्छन्: यतिका सङ्घर्ष किन गर्ने? कसलाई वास्ता छ र?”
मिजोमोरी पनि यस्तै एक जना मानिस थियो, जसको जीवन सांसारिक उन्नतिमा केन्द्रित् थियो। जापानको एउटा ठूलो बैंकमा प्रबन्धकको तहमा पुगेर जागिर खाने मानिस भएको हुनाले, आफ्नो परिवारको निम्ति समय दिन उ असमर्थ थियो। ३० वर्ष भन्दा बढ़ी समय सम्म परिश्रम गरे पछि, उसको स्वास्थ राम्रो भएन र आनन्द भन्ने कुरा पनि उसले अनुभव गर्न सकेन। उसले एसो भन्यो: “प्रमुख पदहरू प्राप्त गर्न चाहने मानिसहरूको यो प्रतियोगिता, सबै ‘व्यर्थ र बतासलाई खेदेको जस्तो’ हो भन्ने कुरा मलाई बोध भएको छ।”—उपदेशक ४:४.
तर आफ्नो काममा आनन्द लिने, एनटोनियो जस्ताहरूको विषयमा के भन्न सकिन्छ? आफ्नो काम सँग मस्त भएर, एनटोनियोले कामको वेदीमा, आफ्नो पारिवारिक जीवनको बलि चढ़ायो। त्यस्ता अरूहरूले चाहिं आफनो स्वास्थ्य र जीवन समेत् बलि चढ़ाउँछन्। यसको प्रमाणमा हामी प्रमुख तर कामले थकित् धेरै उच्च पदका जापानी अधिकृत्हरूको अकस्मात् मृत्यु भएको कुराबाट पाउँछौं। तिनीहरूका पारिवारहरूका शोकित् सदस्यहरूलाई सान्त्वना दिने कार्यालयमा, यी शोक गर्ने व्यक्तिहरूबाट, एक दिन मै १३५ टेलिफन कल आयो।
कसै कसैले चाहिं अरूहरूलाई मदद दिने काममा आफ्नो जीवन व्यतित् गर्छन्। येशूले पनि यस प्रकारको प्रवृत्तिलाई प्रोत्साहन दिनु भयो। (मत्ती ७:१२; यूहन्ना १५:१३) अरूलाई मदद दिने अर्थपूर्ण काममा व्यस्त रहनाले वास्तवमा साँचो आनन्द प्राप्त हुन्छ।—हितोपदेश ११:२५.
तापनि, यति महान भावनापूर्ण मेहनत्मा पनि खताराहरू छन्। उदाहरणका लागि, यहूदियाका राजा उज्जीयाह उजाड़ स्थानमा पानीको नालाहरू खन्ने विशाल काममा लागे। त्यस बेला उनले “यहोवाको खोजी” गरेको हुनाकारण, राजाहरू निस्वार्थ हुनु पर्छ भन्ने ईश्वरीय नियम पालन गर्दै, उनले यो काम आफ्नो प्रजाको हित् समझेर नै गरेको हुनु पर्छ। (२ इतिहास २६:५, १०; व्यवस्थाविवरण १७:१४-२०) यसलेगर्दा उनको सैनिक सफलतामा वृद्धि भयो र उनको “ख्याति चारैतिर फैलियो।” तर शक्तिशाली हुनाका साथै, उनको अहङ्कार बढ़यो र फलस्वरूप उनको पतन भयो। (२ इतिहास २६:१५-२०; हितोपदेश १६:१८) अरूहरूलाई मदद दिने काममा लागेको व्यक्तिको मनमा पनि अहङ्कार र स्वार्थसिद्धि छ भने, अन्तमा उसको पतन हुन सक्छ। यसकारण, यहाँ यो प्रश्न उठ्छ: परिश्रम किन गर्ने?
मानिस काम गर्नको निम्ति सृजिएको हो
कामको विषयमा धेरै कुरा हामी त्यस मानिसबाट सिक्न सक्छौं जसले आफ्नो जीवनकालमा, आज सम्म अरू कुनै मानिसले पनि गर्न नसकेको भलाईको काम सम्पन्न गर्न सकेको थियो। त्यो मानिस येशू ख्रीष्ट हुनु हुन्छ। (मत्ती २०:२८; यूहन्ना २१:२५) काठमा झुण्डाएर उहाँलाई मार्दा, उहाँले एसो भनेर कराउनु भयो: “अब सिद्धियो।” (यूहन्ना १९:३०) उहाँको ३३ १/२ वर्षे जीवन वास्तवमा अर्थपूर्ण थियो।
येशूको जीवनले हामीलाई यो प्रश्नको उत्तर दिन मदद दिन्छ: “कुन प्रकारको कामले तपाईंलाई आनन्दित् तुल्याउँनेछ?” आफ्नो स्वर्गीय पिताको इच्छा पुरा गर्ने काममा लाग्नु भएर, येशूले अनुपम आनन्द अनुभव गर्नु भयो। त्यसरी नै, हाम्रा सृष्टिकर्ताको इच्छा पुरा गर्ने काममा हामी पनि लाग्यौं भने, ठूलो आनन्द हासिल गर्न सक्नेछौं। किन? किनभने, हाम्रो बनौट र हाम्रा आवश्यकताहरू बारे हामीलाई भन्दा उहाँलाई राम्रो ज्ञान छ।
परमेश्वरले प्रथम पुरूष आदम सृजनु हुँदा, उहाँले मानिसलाई दुवै शारीरिक र मानसिक काम दिनु भयो। (उत्पत्ति २:५, १९) ‘सबै जीवित् प्राणीहरूमाथि अधिकार’ गर्नुको अर्थ आदमले एउटा व्यवस्थापकको काम गर्नु परेको थियो। (उत्पत्ति १:२८) यो प्रबन्ध बमोजिम आदम रहुञ्जेल, उसको काम अर्थपूर्ण र सार्थक हुनेथियो। प्रत्यक सानो काम पनि परमप्रधानलाई प्रसन्न पार्ने एउटा मौका हुनेथियो।
तर आदमको जीवनमा यो क्रम धेरै दिन चलेन। उसले परमेश्वरको प्रबन्धबाट अलग हुने फैसला गऱ्यो। आदमले परमेश्वरको इच्छा गर्नमा आनन्द लिन छाड्यो। उसले आफैलाई मन परेको कुरा गर्ने इच्छा गर्यो। उसले सृष्टिकर्ताको विरूद्धमा पाप गऱ्यो। उसको फैसलाले गर्दा, उसकी पत्नी हव्वा र उसका सारा सन्तान “व्यर्थताको अधीनमा” परे। (रोमी ५:१२; ८:२०) यस पछि, आनन्दको स्रोतहुनुको सट्टा, काम झर्कोलाग्दो भयो। आदमको विरूद्धमा परमेश्वरले घोषणा गर्नु भएको दण्डाज्ञामा यी शब्दहरू थिए: “भूमी तेरो कारण श्रापित् भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैंले खानेछस्। त्यसले तेरो निम्ति काँढा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको-सागपात खानेछस्। औ माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्।” (उत्पत्ति ३:१७-१९) मानिसको सृष्टिकर्तालाई प्रसन्न पार्ने उच्च लक्ष्य सामने राखेर गर्नु पर्ने गरिमायुक्त काम, मानिसको रोटी कमाउने एउटा दुःखदायी मेहनत् मात्र हुन गयो।
यी वास्तविकताहरूबाट हामी के निष्कर्षमा आउन सक्छौं? यही: ईश्वरीय इच्छा पुरा गर्ने काममा आफ्नो जीवन केन्द्रित् गऱ्यौं भने मात्र, कड़ा मेहनत् द्वारा स्थायी सन्तोष र आनन्द अनुभव गर्न सकिनेछ।
परमेश्वरको इच्छा गरेर ‘आनन्द उपभोग गर्न’
ईश्वरीय इच्छा गर्न, येशू ख्रीष्टका लागि भोजन सरह थियो—त्यसले उहाँलाई आनन्दित् पार्नु बाहेक, उहाँको अध्यात्मिकतालाई बल दिन्थयो। (यूहन्ना ४:३४) तपाईं पनि यस प्रकारको आनन्दमय काममा कसरी भाग लिन सक्नु हुन्छ?
तपाईंको निम्ति ‘यहोवाको इच्छा’ के हो भनेर थाह गर्नु पर्छ। (एफिसी ५:१७) सारा मानिस जातिले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” प्राप्त गर्नु नै परमेश्वरको इच्छा हो। (रोमी ८:२१; २ पत्रुस ३:९) यो इच्छा पुरा गर्नका लागि, सारा संसारमा आज मानिसहरूलाई एकत्रित् गर्ने काम भइरहेकोछ। यो सन्तोषमय काममा तपाईं पनि भाग लिन सक्नु हुन्छ। यस प्रकारको कामले तपाईंलाई वास्तवमा आनन्दित् तुल्याउनेछ।
हाम्रो यो लेखको शुरूमा चर्चित् एनटोनियोले पनि पछि गएर सन्तोष र आनन्द प्राप्त गऱ्यो। उ र उसकी पत्नीले आफ्नो “निरर्थक” व्यवसायलाई जीवनमा प्रथम स्थान दिएर त्यसैमा लीन हुँदा, तिनी दुवैको अध्यात्मिकतामा हानि आयो। त्यति बेला तिनीहरूले पारिवारिक समस्याहरू पनि अनुभव गर्न थालेका थिए। यो अवस्था देखेर, एनटोनियोकी पत्नीले आफ्नो जागिर छाड़ेर, पूर्ण समय परमेश्वरको राज्यको प्रचार गर्ने काममा परिश्रम गर्न थाली।—लूका १३:२४.
एनटोनियो भन्छ: “तुरन्तै, हामीले एउटा ठूलो परिवर्तन देख्यौं। दिनरातको झगड़ा बन्द भयो। परिवारमा फेरि शान्ति छायो।” उसकी पत्नीले अरूहरूलाई अनन्त जीवन तर्फ लैजाने ज्ञान प्राप्त गराउने काममा आनन्द अनुभव गर्न थाली। (यूहन्ना १७:३) उसको यो आनन्दले गर्दा, एनटोनियाले पनि, जीवनमा कुन कुराहरू वास्तवमा सार्थक हुन् भन्ने विषयमा पुन: विचार गर्यो। परमेश्वरको सेवा गर्ने उसको इच्छा विजयी भयो। आफ्नो जागिरमा बढुवा पाउने मौका इनकार गरे पछि, उसले राजीनामा नै बुझाइ दियो। यस पछि, उसले कम तलब पाउने जागिर नम्रता साथ स्वीकारनु परेता पनि, दुवै एनटोनियो र उसकी पत्नी, धेरै जसो समय मसीही सेवकाईमा परमेश्वरको इच्छा गर्दै बिताउन पाएकोमा आनन्दित् छन्।
हो, सबै नै यतीका ठूलो परिवर्तन गर्न सक्ने अवस्थामा छैनन्। हाम्रो लेखमा केही समय अघि उल्लेखित् गरिएका जापानी बैंकका हाकिम, मिजुमोरी मसीही मण्डलीमा एक जना प्राचीनको रूपमा मसीही सेवकाईमा भाग लिन्छ। आफ्नो परिवारको पालन पोषणको निम्ति, उ आज पनि बैंकको प्रबन्धक छ। तर उसको जीवन अब आफ्नो जागिरमा केन्द्रित छैन। उसको जीवनमा परमेश्वरको इच्छा गर्नु सबै भन्दा ठूलो कुरा भएकोछ। यो महान कार्य सम्पन्न गर्न, उसको जागिर एउटा साधन हो। जसले गर्दा, अब उसको जागिरको पनि एउटा अर्थ छ।
तपाईं पनि आफ्नो जागिर प्रति यस प्रकारको विचार राख्न थाल्नु भयो भने, निस्सन्देह तपाईं पनि काममा मेहनत् गर्नु हुनेछ, “मानिसहरूलाई खुशी तुल्याउने जस्तैगरी होइन, तर यहोवाको [NW] डर मानेर शुद्ध हृदयसाथ।” (कलस्सी ३:२२) यस प्रकारको निष्कपट सोचाई यो प्रतियोगितात्मक समाजमा धेरै सफल न होला। तापनि, मिजुमोरीले भने झैं, यस प्रकारका सिद्धान्तहरू प्रयोगमा ल्याउदा अरूहरूको विश्वास र श्रद्धा चाहिं पाउन सकिन्छ। उसले बढुवा पाउनको निम्ति मेहनत् गर्न छाड़ेतापनि, जागिरमा उसको बढुवा भयो।—हितोपदेश २२:२९.
हो, परमेश्वरको इच्छा गर्नमा आफ्नो जीवन केन्द्रित् गरेर नै मेहनत् आनन्दायी हुनसक्छ। यसैकारण, बुद्धिमान राजा सुलेमान यो निष्कर्षमा पुगे: “जीवित् छँदानै सबै भन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यस बाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो।”—उपदेशक ३:१२, १३. (w89 7/15)
[चित्र]
आफ्नो परिश्रमको फलको आनन्द उठाउने रहस्य हो, बाइबल अध्ययन र परमेश्वरको इच्छा गर्ने काममा तपाईंको पारिवारिक जीवन केन्द्रीत गर्नु।