येशूका चमत्कारहरूबाट शिक्षा
“तेस्रो दिनमा गालीलको कानामा एउटा विवाह थियो, . . . येशू र उहाँका चेलाहरूलाई पनि विवाहमा निम्तो थियो। औ दाखमद्यको अभाव हुँदा येशूकी आमाले उहाँलाई भनिन् ‘तिनीहरूसित दाखमद्य छैन।’” यस्तो परिस्थिति बीच येशूले आफ्नो सबैभन्दा प्रथम चमत्कार गर्नु भयो।—यूहन्ना २:१-३
के यति सानो अथवा नगण्य कुरामा येशूको ध्यान आकृष्ट गर्नु उचित थियो र? यसको जवाफ एक जना बाइबलविद् यसप्रकार दिन्छन्: “पूर्वीय देशहरूमा आतिथ्य धार्मिक कर्त्तव्य सरह हुन्थ्यो। खासगरी विवाह भोजहरूमा त आतिथ्यको अर्थ प्रशस्त मात्रामा खाने पिउने कुराहरू उपलब्ध गराउनु हुन्थ्यो। भोजको दौडान खाने पिउने कुरा नपुगेमा सारा परिवार तथा त्यो नयाँ दम्पती आजीवन लज्जित हुनु पर्थ्यो।”
अतः येशूले तुरुन्तै कदम चालिहाल्नु भयो। उहाँले “यहूदीहरूको शुद्ध हुने रीतिअनुसार त्यहाँ प्रायः बीस तीस पाथी अटाउने ढुङ्गाका छवटा घ्याम्पाहरू” देख्नु भयो। यहूदीहरू खान बस्नअघि रीतिपुऱ्याएर हातखुट्टा धुने गर्थे। तसर्थ उपस्थित सबैलाई सो गर्न निकै पानी चाहिन्थ्यो। येशूले त्यहाँ अतिथिहरूको हेरविचार गर्नेहरूलाई “घ्याम्पाहरूभरि पानी” हाल्न अह्राउनु भयो। वृत्तान्त भन्छ: “अनि भोजको मुखियाले दाखमद्य बनाएको पानी चाखे।”—यूहन्ना २:६-९; मर्कूस ७:३.
विवाहजस्तो सामान्य अवसरमा येशूले आफ्नो प्रथम चमत्कार गर्नु भएको हामीलाई अलिक अनौठो लाग्न सक्छ। तर यस घटनाबाट येशूको व्यक्तित्वबारे निकै कुरा प्रकट हुन्छ। उहाँ अविवाहित मानिस हुनु हुन्थ्यो। पछिपछि उहाँले अनेक पटक आफ्नो अनुयायीहरूसित अविवाहित रहँदा लाभहरूबारे चर्चा गर्नु भयो। (मत्ती १९:१२) तर उहाँ विवाहको विरुद्धमा चाहिं हुनु हुँदैन थियो भन्ने कुरा विवाह भोजमा उहाँको यो उपस्थितिबाट स्पष्ट हुन्छ। विवाहप्रति उहाँको दृष्टिकोण सन्तुलित र सहयोगात्मक थियो; उहाँ विवाहलाई परमेश्वरको नजरमा पवित्र ठान्नु हुन्थ्यो।—हिब्रू १३:४–तुलना गर्नुहोस्।
पछिपछि चर्चका केही चित्रकारहरूले आफ्ना चित्रहरूमा येशूलाई अध्याँरोमुखे सन्यासीको रूपमा चित्रित गर्न थाले। तर उहाँ वास्तवमा त्यस्तो हुनु हुँदैन थियो। उहाँ मानिसहरूसित हिलमिल गर्न स्पष्टतः रुचाउनु हुन्थ्यो। उहाँ भोजहरूमा जानु हुन्थ्यो। (लूका ५:२९–तुलना गर्नुहोस्।) यसर्थ उहाँका कार्यहरू उहाँका अनुयायीहरूका लागि एउटा आदर्श भएका छन्। तिनीहरू बित्थामा ज्यादै गम्भीर हुनु पर्दैन भनी येशूले स्वयं प्रदर्शित गर्नुभयो। किनकि धार्मिकताको अर्थ आनन्दको अभाव होइन। यसको विपरीत मसीहीहरूलाई पछि यो आज्ञा दिइयो: “प्रभुमा सधैं आनन्द गर।” (फिलिप्पी ४:४) मसीहीहरूले आज मनोरञ्जनलाई त्यसको सीमाभित्र राख्ने प्रयास गर्छन्। तिनीहरू परमेश्वरकै सेवामा आनन्द लिन्छन्। तर येशूको उदाहरण अनुकरण गर्दै तिनीहरू कहिलेकाहीं सामाजिक भेटघाटको रमाइलो वातावरणमा एकअर्कासित समय बिताउने पनि गर्छन्।
येशूका कोमल भावनाहरूलाई विचार गर्नुहोस्। चमत्कार गर्नु पर्ने उहाँलाई केही बाध्यता थिएन। उहाँले यहाँ कुनै भविष्यवाणी पूरा गर्नुपरेको थिएन। येशू केवल आफ्नी आमाको चिन्ता र नयाँ दम्पतीको बिजोग देखेर द्रवित हुनु भयो। उहाँले तिनीहरूका भावनाहरूको ख्याल गर्नु भयो। उहाँले तिनीहरूलाई बेइज्जतिबाट बचाउन चाहनु हुन्थ्यो। तसर्थ ख्रीष्टले तपाईंमा अर्थात् तपाईंका साधारण दैनिक समस्याहरूमा समेत गहिरो चासो लिनु हुन्छ भनी के यस घटनाले तपाईंलाई अझ विश्वस्त बनाउँदैन र?—हिब्रू ४:१४-१६ तुलना गर्नुहोस्।
ढुङ्गाको प्रत्येक घ्याम्पामा “बीस तीस पाथी” पानी अटाउथ्यो। अतः येशूले आफ्नो चमत्कारद्वारा धेरै मात्रामा अर्थात् ३९० लिटर जति दाखमद्य उपलब्ध गराउनु भयो! (यूहन्ना २:६) यतिको धेरै मात्रा किन? येशूले यहाँ मतवालापनलाई बढावा दिन खोज्नु भएको थिएन। किनकि परमेश्वरले मतवालापनको निन्दा गर्नु हुन्छ। (एफिसी ५:१८) बरु येशूले यहाँ ईश्वरीय उदारता प्रदर्शित गर्नु हुँदै थियो। साथै, दाखमद्य अक्सर दैनिक जीवनमा प्रयोग गरिन्थ्यो। त्यो उब्रेको खण्डमा पनि त्यसलाई फेरि अन्य अवसरहरूमा चलाउन सकिन्थ्यो।—मत्ती १४:१४-२०; १५:३२-३७–तुलना गर्नुहोस्।
प्राचीन मसीहीहरूले पनि येशूको उदारताको उदाहरण अनुकरण गरे। (प्रेरित ४:३४, ३५–तुलना गर्नु होस्।) सोहीबमोजिम आज यहोवाका मानिसहरूलाई पनि “देओ [दिने बानी बसाल, न्यु व.]” भनी प्रोत्साहित गरिन्छ। (लूका ६:३८) तथापि येशूको प्रथम चमत्कारको भविष्यवाणीरूपी महत्त्व पनि छ। यसले भविष्यको त्यो समयलाई सूचित गराउँछ जब परमेश्वरले “असल असल स्वादिष्ट थोकहरू, एकदम्मै छिप्पिएको छानेको मद्य” उपलब्ध गराउनु भएर भोकलाई पूर्णतः मेटाउनु हुनेछ।—यशैया २५:६.
तर येशूका ती चमत्कारहरूबारे के भन्न सकिन्छ जहाँ येशूले मानिसहरूको शारीरिक रोग निको पारी दिनुभएको थियो? तिनीहरूबाट हामी के सिक्न सक्छौं?
विश्रामको दिनमा असल गर्नु
“उठ, आफ्नो ओछ्यान लिएर जाऊ।” यी शब्दहरू येशूले त्यो मानिसलाई भन्नु भयो जो ३८ वर्षदेखि बिरामी थियो। येशूको जीवानीको वृत्तान्तअगाडि भन्छ: “तुरुन्तै त्यो मानिस निको भयो, औ आफ्नो ओछ्यान लिएर हिंडिहाल्यो।” तर छक्कापर्दो कुरा के हो भने, यो घटना देखेर सबै जना खुशी भएनन्। लेख भन्छ: “यसले गर्दा यहूदीहरूले उहाँलाई झन मार्न खोजे। किनकि उहाँले विक्षाम दिन भंग गर्नु” भएको थियो।—यूहन्ना ५:१-९, १६.
विश्राम दिन सबैका लागि आराम लिने तथा आनन्द मनाउने दिन हुनु परेको थियो। (प्रस्थान २०:८-११) तर येशूको समयसम्म भने विश्राम-दिन मानव निर्मित क्रूर नियमहरूको जालो भइ सकेको थियो। विद्वान एल्फ्रेड एडरशाइनको लेखअनुसार ताल्मुदका विश्राम-दिनसम्बन्धी भागहरूमा “केही यस्ता कुराहरूलाई धार्मिक महत्त्व दिएको छ, जसलाई एक जना समझदार तथा सद्दे मानिसले अलिकता पनि गम्भीर ध्यान देलान् भनी कल्पना समेत गर्न गाह्रो हुन्छ।” (द लाइफ एन्ड टाइम्स अफ जिजस् द मेसायाह) ती रब्बीहरूले यहूदी जीवनको प्रायः हरेक क्षेत्रलाई नियन्त्रणमा राख्ने थुप्रै चानचुने तथा जथाभावी नियमहरू बनाएका थिए। अक्सर मानव भावनाहरूको अलिकता पनि कदर नगर्ने यी नियमहरूको पालनालाईतिनीहरूले जीवन-मृत्यु जतिकै महत्त्व दिन्थे। विश्राम-दिन सम्बन्धी एउटा नियम यसप्रकार थियो: “कुनै मान्छेमाथि घर खस्यो र त्यो मान्छे त्यहाँ छ छैन, वा जिउँदो छ कि मृत, वा त्यो अन्यजाति हो कि इस्राएली अत्यादि कुराहरू स्पष्ट छैन भने, उक्त मान्छेमाथि बाट भग्नावशेष निकाल्न मिल्छ। सो निकाल्दै जाँदा मान्छे जिउँदो फेला परेमा भग्नावशेष अझ हटाउन सकिन्छ; तर मरिसकेको छ भने चाहिं त्यसलाई त्यहीं छाडि दिनु पर्छ।”—हर्बर्ट डेन्बीद्वारा अनुवादित ट्रेक्टेट योमा ८:७, द मिश्नाह।
यसरी कानुनलाई लिएर तिलको तोडा बनाउनु येशूको दृष्टिमा कस्तो थियो? विश्राम-दिनमा निको पार्नु भयो भनेर अरूले उहाँको आलोचना गर्दा उहाँले यो जवाफ दिनु भयो: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।” (यूहन्ना ५:१७) येशूले यहाँ धन थुपार्ने अथवा कुनै पेशेवर काम गर्नु भइरहेको थिएन। उहाँ परमेश्वरको इच्छा गर्नु हुँदै थियो। जसरी विश्राम-दिनमा लेवीहरूलो मन्दिरसम्बन्धी आफ्नो काम-काज कायम राख्न पाउँथे, त्यसरी नै येशूले पनि मसीहीको हैसियतमा आफ्नो ईश्वर-प्रदत्त कर्त्तव्यहरू पूरा गर्नु हुँदा परमेश्वरको व्यवस्था उल्लंघन हुने थिएन।—मत्ती १२:५.
येशूले विश्राम-दिनमा गर्नु भएका चमत्कारहरूद्वारा यहूदी शास्त्री र फरिसीहरूको “ज्यादै धर्मी” प्रवृत्ति अर्थात् कठोर र असन्तुलित सोचाइ उदाङ्ग भयो। (उपदेशक ७:१६) किनभने हप्ताका केही खास दिनुहरूमा मात्र असल कार्यहरू गर्नु कदापि पनि परमेश्वरको इच्छा थिएन; नता परमेश्वर विश्राम-दिनलाई व्यर्थको कानुनी झोज बनाउन हुन्थ्यो। येशूले मर्कूस २:२७–मा यसो भन्नु भयो: “विश्रामको दिन मानिसको निम्ति बनेको हो। मानिस विश्रामको दिनको निम्ति होइन।” येशू नियमहरूसित होइन, मानिसहरूसित प्रेम गर्नु हुन्थ्यो।
तसर्थ आज मसीहीहरू पनि आफ्नो सोचाइमा ज्यादै कडा अथवा नियमबद्ध नहुनु बेस हुनेछ। मण्डलीमा अख्तियार प्राफ्त व्यक्तिहरूले अरूहरूमाथि थुप्रै मानव निर्मित नियमहरू तथा नीतिहरू लाद्नु हुँदैन। येशूको उदाहरणले हामीलाई भलो गर्ने मौकाहरूको खोजीमा रहन प्रोत्साहित गर्छ। आफू घर-घरको सेवकाईमा औपचारिक रीचिले लागेको बेलामा अथवा मञ्चबाट भाषण दिंदा मात्र बाइबलका सत्य कुराहरू सिकाउने विचार एक जना मसीहीले कहिल्यै गर्नु हुँदैन। प्रेरित पत्रुसअनुसार एउटा मसीही आफूमा “भएको आशाको कारण . . . सोध्नेहरू हरेकलाई जवाफ दिन . . . ,धैं तयार” रहनु पर्छ। (१ पत्रुस ३:१५) असल काम गर्नका लागि समयको कुनै रेखा कोर्नु पर्दैन।
अनुकम्पाको पाठ
एउटा अर्को खास चमत्कार लूका ७:११-१७–मा उल्लिखित छ। सो व्याख्याअनुसार येशू “नाइन नाउँ भएको शहरमा जानुभयो औ उहाँका चेलाहरू र एउटा ठूलो भीड उहाँका साथमा गए।” आज पनि नैन नामक आधुनिक अरबी गाउँको दक्षिणपूर्व तिर चिहानहरू देख्न सकिन्छ। “जब उहाँ शहरको ढोकाको नजीक पुग्नुभयो” उहाँले होहल्ला मच्चाउँदै आइरहेको भीड देख्नु भयो। “तब हेर, एउटा विधवाको एउटै छोरोको मुर्दा लगिंदैं थियो, औ शहरको निकै ठूलो भीड तिनीसँग थियो।” हेन्री बेकर ट्रिस्ट्रामको विचारमा प्राचीन समयदेखिन् आजसम्म “मुर्दा गाड्ने तरिकामा” केही खास परिवर्तन भएको छैन। उनी अझ अगाडि भन्छन्: “मैले महिलाहरूलाई अर्थीको अघिअघि र तिनीहरूको पछिपछि विलाप गर्न बेलाइएका पेशेवर रुदालीहरूलाई देखेको छु। तिनीहरू आफ्नो दुवै हात मास्तिर फाल्छन्, कपाल लुछ्छन् तथा शोकले विह्वल भएजस्तै गरी चिच्याइचिच्याइ मृतकको नाउँ लिन्छन्।”—इस्टर्न कस्टम्स इन बाइबल लैन्ड्रस.
यस्तो होहल्ला र गन्जागोलको माझमा एउटी शोकाकुल विधवा सायद वेदनाको साक्षात रूप भएर हिड्रिहेकी थिइ। पति त गुमाइ सकेकी थिइ। अब यो एउटा छोरा, लेखक लेक्यरका शब्गहरूमा, यो विधवाको “बुढेस्कालको टेक्ने लठ्टी, एक्लोपनमा साथी तथा घरको टेवा र आड थियो।” (अल द मिरेकल्स् अफ द बाइबल) यस्तो परिस्थितिमा येशूले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभयो। लूकाका भावपूर्ण शब्दहरूअनुसार, “जब प्रभुले तिनलाई देख्नुभयो, तब तिनीमाथि टिठाएर भन्नुभयो, ‘नरोऊ।’” यहाँ “टिठाउनु” भन्ने शब्दले “आन्द्राहरू” भन्ने युनानी शब्दबाट लिइएको हो। यसको अर्थ “आफ्नो भित्री भावनाहरू द्रवित हुनु हो।” वाइन्स एक्सपोजिटेरी डिक्स्नेरी अफ ओल्ड एन्ड न्यु टेस्टामेन्ट वर्ड्रस्) हो, येशू आफ्ना भावनाहरूको गहिराइबाटै द्रवित हुनु भयो।
येशूकी आफ्नी आमा पनि सम्भवतः विधवा थिइन्। आफ्नो पालनपोषण गर्ने पिता यूसुफ मर्दा उहाँले विछोडको वेदना राम्ररी बुझ्नु भएको थियो। (यूहन्ना १९:२५-२७–तुलना गर्नुहोस्।) अतः यी विधवाले उहाँलाई बिन्ती गर्नै परेन। मुर्दा छुने व्यक्ति मोशाको व्यवस्था बमोजिम अशुद्ध हुनेछ भनी थाह हुँदा हुँदै पनि येशूले “नजिक गएर . . . अर्थी छुनुभयो।” (गन्ती १९:११) येशूले आफ्नो चमत्कारी शक्तिद्वारा अशुद्धताको मूललाई नै हटाउन सक्नु हुन्थ्यो! “उहाँले भन्नुभयो, ‘ए युवक, म तिमीलाई भन्दछु, उठ।’ तब जो मरेको थियो उठेर बस्यो र बोल्नलाग्यो औ उहाँले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।”
अनुकम्पाको कस्तो उत्प्रेरक पाठ! यी “अन्तिम दिनहरूमा” प्रदर्शित संसारको मायारहित र चीसो मनोवृत्ति मसीहीहरूले अनुसरण गर्नु हुँदैन। (२ तिमोथी ३:१-५) यसको विपरीत १ पत्रुस ३:८–मा यो आग्रह गरिएको छ: “अन्त्यमा तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भ्रातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका . . . होओ।” हाम्रो कुनै चिनजान मर्दा अथवा सिकिस्त बिरामी पर्दा हामी मरेकोलाई बिउँताउन सक्तैनौं नता बिरामीलाई निको नै पार्न सक्छौं। तर हामी व्यवहारिक मदत दिन तथा सहानुभूति प्रकट गर्न सक्छौं। हामी कमसेकम त्यहाँ उपस्थित भएर आँसू बगाउन सक्छौं।—रोमी १२:१५.
येशूले गर्नु भएको यो अद्भुत पुनरुत्थान भविष्यसूचक पनि छ। यसले त्यो समयलाई सूचित गराउँछ जब “चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन् [तथा] निस्किआउनेछन्”! (यूहन्ना ५:२८, २९) हो, बिछोड भएका आमाहरू, बुबाहरू, बच्चाहरू तथा साथीहरू चिहानबाट फिर्ता आउँदा पृथ्वीभरि विछोडको वेदनाले शोकित सबै नै येशूको अनुकम्पाको पात्र हुनेछन्।
चमत्कारहरूका पाठहरू
स्पष्टतः येशूका चमत्कारहरू शक्तिका रोमाञ्कारी प्रदर्शनहरू मात्र थिएनन्। तिनीहरूले परमेश्वरलाई महिमित पार्थे। आज पनि ‘परमेश्वरको महिमा गर्ने’ आग्रह पाएका मसीहीहरूका लागि ती चमत्कारहरू नमूना सरह हुन्। (रोमी १५:६) ती चमत्कारहरूले हामीलाई भलाई गर्न उक्साउँछ, उद्धार भाव राख्न प्रोत्साहित गर्छ तथा अनुकम्पा प्रदर्शित गर्ने प्रेरणा दिन्छ। तर सबैभन्दा बढी, यी चमत्कारहरू ख्रीष्टको सहस्र वर्षीय राज्यमा गरिने पराक्रमी कार्यहरूको अग्रिम झल्को हो।
पृथ्वीमा हुनुहुँदा येशूले आफ्ना पराक्रमी कार्यहरू एउटा सानो भौगोलिक क्षेत्रभित्र गर्नु भयो। (मत्ती १५:२४) महिमित राजाको हैसियतमा चाहिं सारा पृथ्वी नै उहाँले राज्यक्षेत्र हुनेछ! (भजन ७२:८) उहाँ पृथ्वीमा हुनु हुँदा जति जना उहाँका चमत्कारहरूबाट लाभन्वित भए तथा मृतावस्थाबाट बिउँतिए, ती सबै अन्ततः मरी होले। तर उहाँको स्वर्गीय राजत्व अन्तर्गत पाप र मृत्यु पूर्णतः हटाइनेछ। अनन्त जीवन पाउन सम्भव हुनेछ। (रोमी ६:२३; प्रकाश २१:३, ४) हो, येशूका चमत्कारहरूले एउटा महिमाबाव भविष्य तर्फ संकेत गर्छन्। त्यो भविष्यको सहभागी बन्ने पक्का आशा मनमा विकसित गर्ने मदत आज यहोवाका साक्षीहरूसे लाखौंलाई दिइसकेका छन्। त्यो समय नआउञ्जेल येशूका चमत्कारहरूले हामीलाई चाँडै हुन आउने ती कुराहरूको महान अग्रिम झल्को दिन्छन्!
[पृष्ठ ७-मा भएको चित्र]
येशूले पानीलाई दाखमद्यमा परिणत गराउनु हुन्छ