-
मरेपछि हामीलाई के हुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. मरिसकेका मानिसहरूको अवस्थाबारे सत्य बुझ्नुहोस्
मरेपछि हामीलाई के हुन्छ भन्ने विषयमा मानिसहरूको आ-आफ्नै धारणा छ। तर के ती सबै धारणा सत्य हुन सक्छन् र?
तपाईँको टोलछिमेकमा मरिसकेकाहरूको अवस्थाबारे के-कस्ता धारणा व्याप्त छन्?
मरिसकेकाहरूको अवस्थाबारे बाइबलले के सिकाउँछ भनेर थाह पाउन भिडियो हेर्नुहोस्।
उपदेशक ३:२० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यस पदअनुसार मानिस मरेपछि के हुन्छ?
के मरिसकेकाहरूको कुनै अंश जीवित रहन्छ?
बाइबलले येसुका घनिष्ठ साथी लाजरसको मृत्युबारे बताउँछ। युहन्ना ११:११-१४ पढ्नुहोस् अनि येसुले मरिसकेका लाजरसको अवस्थाबारे के भन्नुभयो, याद गर्नुहोस्। त्यसपछि यी प्रश्नहरू छलफल गर्नुहोस्:
येसुले मृत्युलाई केसित तुलना गर्नुभयो?
यस्तो तुलनाबाट मरिसकेकाहरूको अवस्थाबारे हामी के थाह पाउन सक्छौँ?
के तपाईँलाई मृत्युबारे बाइबलले बताएको कुरा चित्तबुझ्दो लाग्यो?
-
-
तपाईँले माया गरेका व्यक्तिहरू फेरि जीवित हुन सम्भव छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. येसुले मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनेर प्रमाणित गर्नुभयो
येसुले उहाँका साथी लाजरसको लागि के गर्नुभयो भन्ने विषयमा अझ थाह पाउनुहोस्। युहन्ना ११:१४, ३८-४४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
लाजरस साँच्चै मरेका थिए भनेर हामी किन भन्न सक्छौँ?—पद ३९ हेर्नुहोस्।
यदि लाजरस स्वर्ग गएका भए के येसुले तिनलाई फेरि यसै पृथ्वीमा जीवित पार्नुहुन्थ्यो जस्तो तपाईँलाई लाग्छ?
-