-
“समुद्रका जोखिममा”प्रहरीधरहरा—१९९९ | मार्च १५
-
-
त्यतिबेला कम्पास जस्ता यन्त्रहरू नभए तापनि जहाज चालकहरू आफ्नै आँखाको भरमा जहाज चलाउँथे। मे महिनाको सुरुदेखि सेप्टेम्बर महिनाको बीचसम्म मौसम राम्रो हुने भएकोले यात्रा सुरक्षित हुन्थ्यो। त्यस समयभन्दा दुई महिनाअघि अनि पछि व्यापारीहरू यात्रा गर्न अनुकूल मौसम कुरेर मौका छोप्थे। तर हिउँदको समयमा कुइरो र बादलले दिशा ढाकिदिन्थ्यो अनि दिनमा घाम र रातमा ताराहरूलाई धमिलो बनाइदिन्थ्यो। नोभेम्बर ११ देखि मार्च १० सम्म समुद्रीयात्रा गर्न बन्द गरिन्थ्यो। एकदमै खाँचो र आवश्यकता परेको खण्डमा मात्र यात्रा गर्न पाइन्थ्यो। बेसमयमा यात्रा गर्नेहरूले विदेशी बन्दरगाहमा एकदमै जाडो सहनु पर्थ्यो।—प्रेरित २७:१२; २८:११.
-
-
“समुद्रका जोखिममा”प्रहरीधरहरा—१९९९ | मार्च १५
-
-
प्रतिकूल मौसममा समुद्रीयात्राको खतराहरूबारे पावललाई राम्ररी थाह थियो। सेप्टेम्बरको अन्त वा अक्टोबरको सुरुमा यात्रा नगर्नु भन्दै तिने यसो भनेका थिए: “ ‘ए हजूर हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्तछु।’ ” (प्रेरित २७:९, १०) तापनि सैन्य अफिसरले यी कुराहरूलाई बेवास्ता गरे र यसले गर्दा माल्टामा जहाज दुर्घटना भयो।
-