-
“पवित्र शक्तिले भरिपूर्ण भए”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
१६. प्रथम शताब्दीका ख्रिष्टियनहरूले कसरी आत्मत्यागी मनोभाव देखाए?
१६ त्यस समूहमाथि पक्कै पनि यहोवाको आशिष् थियो। विवरण यसो भन्छ: “जो-जो येसुको चेला बने, तिनीहरू एकसाथ भेला हुन्थे र तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे अनि त्यसबाट आएको रकम सबैलाई बाँड्थे। हरेकलाई उसको खाँचोअनुसार दिइन्थ्यो।”e (प्रेषि. २:४४, ४५) सबै साँचो ख्रिष्टियनहरू त्यस्तो मायालु र आत्मत्यागी मनोभावको अवश्य अनुकरण गर्न चाहन्छन्।
-