-
बर्णाबास—“सान्त्वनाको छोरो”प्रहरीधरहरा—१९९८ | अप्रिल १५
-
-
पेन्तिकोस सा.यु. ३३ को केही दिनपछि साइप्रसका लेवी बर्णाबासले स्वेच्छासाथ आफ्नो जमीनको केही अंश बेचेर त्यसबाट पाएको रकम प्रेरितहरूलाई दिए। तिनले किन त्यसो गरे? त्यतिखेर यरूशलेमका मसीहीहरूले “जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो, सो हरेकलाई बाँड़िदिन्थे” भनेर प्रेरितको विवरणले बताउँछ। बर्णाबासले पक्कै पनि खाँचो खट्केको देखेकोले स्नेहसाथ कदम चाले। (प्रेरित ४:३४-३७) सायद तिनी सम्पन्न थिए, तर परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई बढाउन आफ्नो भौतिक सम्पत्ति र आफैलाई अर्पण गर्न तिनी हिचकिचाएनन्।b शास्त्रविद् एफ. एफ. ब्रुस बताउँछन्, “बर्णाबासले प्रोत्साहन चाहिएको मानिस वा परिस्थिति देख्नासाथ यथासक्य प्रोत्साहन दिन्थे।” तिनीसँग सम्बन्धित दोस्रो घटनाबाट उक्त कुरा प्रस्ट हुन्छ।
-
-
बर्णाबास—“सान्त्वनाको छोरो”प्रहरीधरहरा—१९९८ | अप्रिल १५
-
-
b कोही कोहीले मोशाको व्यवस्थालाई ध्यान दिंदै कसरी लेवी भएर बर्णाबासले निजी जमीन पाउनसक्थ्यो भनी प्रश्न उठाएका छन्। (गन्ती १८:२०) तथापि, जमीन प्यालेस्टाइनमा थियो या साइप्रसमा, प्रष्ट छैन भन्ने बिर्सनु हुँदैन। यसबाहेक, त्यो जमीन सम्भवतः बर्णाबासले यरूशलेमको इलाकामा प्राप्त गरेका चिहान मात्र पनि हुनसक्छ। जेसुकै होस्, बर्णाबासले अरूलाई मदत गर्न आफ्नो सम्पत्ति दिए।
-