-
“हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
१६. प्रेषितहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए भनेर किन भन्न सक्छौँ? प्रेषितहरूको तरिका हामी कसरी पछ्याउँछौँ?
१६ फेरि साक्षीकार्यमा लागिहाल्न प्रेषितहरूले अलिकति पनि आलेटाले गरेनन्। “हरेक दिन मन्दिरमा र घरघरमा गएर . . . येसु ख्रिष्टको विषयमा” तिनीहरूले नडराई “सुसमाचार घोषणा” गरिरहे।d (प्रेषि. ५:४२) ती जोसिला चेलाहरू राम्ररी साक्षी दिन कटिबद्ध थिए। याद गर्नुहोस्, तिनीहरूले येसु ख्रिष्टको निर्देशनबमोजिमै घरघरमा गएर सुसमाचार सुनाए। (मत्ति १०:७, ११-१४) त्यसो गरेकोले नै तिनीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसिद्ध्याएका थिए। ती प्रेषितहरूझैँ आज यहोवाका साक्षीहरू पनि घरघरमा गएर सुसमाचार सुनाउने मानिसहरू भनेर चिनिन्छन्। हामी इलाकामा एउटै घर नछोडी सबैलाई सुसमाचार सुनाउँछौँ। त्यसमा राम्ररी साक्षी दिने हाम्रो सङ्कल्प झल्किन्छ। के यहोवाले आज घरघरको साक्षीकार्यमा आशिष् दिँदै हुनुहुन्छ? अवश्य! अन्तको यस समयमा लाखौँले राज्य सन्देश स्विकारेका छन् र कतिपयले त पहिलो चोटि साक्षीहरू तिनीहरूको घरमा आउँदा सुसमाचार सुनेका थिए।
-