-
१ | सबैसित समान व्यवहार गर्नुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्ख्या १
-
-
बाइबलको शिक्षा:
“परमेश्वर पक्षपाती हुनुहुन्न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.
यसको अर्थ के हो?
यहोवाa हाम्रो राष्ट्र, जात, वर्ण वा संस्कृति हेरेर हामी कस्तो व्यक्ति हौँ भन्ने निष्कर्ष निकाल्नुहुन्न। बरु उहाँ हाम्रो भित्री व्यक्तित्व हेर्नुहुन्छ। वास्तवमा “मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्वरले मानिसको हृदय हेर्नुहुन्छ।”—१ समुएल १६:७.
-