-
तिनले “धर्मशास्त्रबाट तर्क गरे”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
उनीहरू “पावल र सिलासलाई . . . हुलदङ्गाको सिकार बनाउन चाहन्थे।”—प्रेषित १७:५
१० यसपछिको घटनाबारे लुका हामीलाई यसो भन्छन्: “यो देखेर यहुदीहरू डाहले भरिए र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्गाको सिकार बनाउन चाहन्थे। तिनीहरूलाई फेला पार्न नसकेपछि उनीहरूले जेसन र केही भाइलाई घिसार्दै नगर प्रशासकहरूकहाँ लगे अनि यसो भन्दै कराए: ‘पूरै पृथ्वीलाई उलटपुलट पार्ने मानिसहरू यहाँ पनि आएका छन् अनि जेसनले तिनीहरूलाई आफ्नो पाहुना बनाएर राखेको छ। येसु भन्ने अर्कै राजा छन् भनेर यिनीहरू सबैले सिजरको आदेशको विरोध गर्छन्।’” (प्रेषि. १७:५-७) पावल र तिनका साथीहरूलाई यस हुलदङ्गाले कसरी असर गर्ने थियो?
११. पावल र तिनका सङ्गी उपासकहरूमाथि कस्तो अभियोग लगाइयो? त्यस्तो अभियोग लगाउँदा विरोधीहरूले सिजरको कुन आदेश सम्झेको हुनुपर्छ? (फुटनोट हेर्नुहोस्।)
११ हुलदङ्गा खतरनाक हुन्छ, उर्लँदो भेलझैँ हिंस्रक र अनियन्त्रित हुन्छ। पावल र सिलासलाई सिकार बनाउन यहुदीहरूले हुलदङ्गालाई हतियारको रूपमा चलाए। ती यहुदीहरूले “सहरभरि तहल्का मच्चाए” अनि नगर प्रशासकहरूलाई पावल र सिलासमाथि लगाइएको अभियोग गम्भीर छ भनेर मनाउन खोजे। तिनीहरूले लगाएको पहिलो अभियोग थियो: पावल र तिनका सङ्गी उपासकहरूले “पूरै पृथ्वीलाई उलटपुलट” पारेका छन्। तर पावल र तिनका साथीहरूले थिस्सलोनिकामा त्यस्तो तहल्का मच्चाउने कुनै काम गरेका थिएनन्! दोस्रो अभियोग त झनै गम्भीर थियो। ती मिसनरीहरूले अर्कै राजा अर्थात् येसुको विषयमा सुनाएर सिजरको आदेश उल्लङ्घन गर्दै छन् भनेर ती यहुदीहरूले तर्क गरे।a
१२. थिस्सलोनिकाका ख्रिष्टियनहरूमाथि लगाइएको अभियोगको नतिजा गम्भीर हुन सक्थ्यो भनेर कुन कुराले देखाउँछ?
१२ नबिर्सनुहोस्, धर्मगुरुहरूले पनि येसुलाई यस्तै आरोप लगाएका थिए। पिलातसलाई तिनीहरूले यसो भनेका थिए: “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको . . . अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको हामीले फेला पाऱ्यौँ।” (लुका २३:२) येसुलाई रिहा गरिँदिदा त्यत्रो राजद्रोह हुँदा पनि पिलातस टुलुटुलु हेरेर बस्यो भनेर सिजरले सोच्लान् भन्ने डर पिलातसमा थियो। त्यसैले उनले येसुलाई झुन्ड्याएर मार्न आदेश दिए। त्यसैगरि थिस्सलोनिकाका ख्रिष्टियनहरूमाथि लगाइएको अभियोगको नतिजा पनि गम्भीर हुन सक्थ्यो। एउटा पुस्तक यसो भन्छ: “यस्तो अभियोगको कारण तिनीहरूले भोग्न सक्ने सजाय कस्तो होला भनेर अनुमान लगाइरहनै पर्दैनथ्यो। किनभने ‘सिजरविरुद्धको अभियोगको नतिजा अक्सर मृत्युदण्ड नै हुन्थ्यो।’” घृणाले भरिएको यस्तो आक्रमण के सफल हुने थियो?
-
-
तिनले “धर्मशास्त्रबाट तर्क गरे”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
a एक शास्त्रविद्को भनाइअनुसार त्यतिबेला सिजरले एउटा यस्तो आदेश निकालेका थिए, जसअनुसार कुनै “नयाँ राजा वा राज्यबारे” कुरा गर्न निषेध गरिएको थियो, “अझ खासगरि यस्तो राजा, जो तत्कालीन सिजरको ठाउँ लिन वा सिजरलाई दोषी ठहराउन चाहन्थ्यो।” प्रेषित पावलले सुनाएको सन्देशले यस आदेशको उल्लङ्घन गर्दै छ भनेर तिनका शत्रुहरूले झूटो आरोप लगाएका हुन सक्छन्। पृष्ठ १३७ मा भएको “सिजरहरू र प्रेषितको पुस्तक” शीर्षकको पेटी हेर्नुहोस्।
-