प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • १३. ब्रह्‍माण्डको सुरुवातबारे पावलले के बताए? तिनको भनाइबाट कुन कुरा छर्लङ्‌ग हुन्छ?

      १३ परमेश्‍वरले ब्रह्‍माण्ड सृष्टि गर्नुभयो। पावलले यसो भने: “सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने परमेश्‍वर आकाश र पृथ्वीका मालिक हुनुहुन्छ। त्यसैले हातले बनाएका मन्दिरहरूमा उहाँ बास गर्नुहुन्‍न।”d (प्रेषि. १७:२४) ब्रह्‍माण्ड संयोगले अस्तित्वमा आएको होइन। साँचो परमेश्‍वर सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। (भज. १४६:६) एथेना वा अन्य देवी-देवताहरूको महिमा तिनीहरूको लागि बनाइएको मन्दिर, पवित्र स्थान वा वेदीमा निर्भर हुन्थ्यो। तर आकाश र पृथ्वी बनाउने सर्वोच्च परमेश्‍वर मानिसले बनाएको कुनै मन्दिरमा अटाउनुहुन्‍न। (१ राजा ८:२७) पावलले भन्‍न खोजेको कुरा छर्लङ्‌ग थियो: मानिसले बनाएको कुनै मन्दिरभित्र मानिसद्वारै बनाएर राखिएका मूर्तिहरूभन्दा साँचो परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।—यसै. ४०:१८-२६.

  • “परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    • d “संसार” भनेर अनुवाद गरिएको ग्रीक शब्द कोसमोस हो। ग्रीकहरूले ब्रह्‍माण्डलाई बुझाउन यो शब्द चलाउँथे। आफ्ना ग्रीक श्रोताहरू पनि सहमत हुने विषय भेट्टाएर त्यसैबाट कुरा अघि बढाउन प्रयास गरिरहेका पावलले यहाँ त्यही अर्थमा यो शब्द चलाएका हुन सक्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने