-
के हामी सैतानसित डराउनु पर्छ?प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
-
-
बाइबलमा दिइएको उदाहरण। एफिसस सहरमा भर्खरै ख्रीष्टियन बनेकाहरूबाट हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। प्रेषित १९:१९ यसो भन्छ: “पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए। अनि तिनीहरूले त्यसको मोल निकाल्दा पचास हजार चाँदीको टुक्रा बराबर पाए।”a जतिसुकै महँगो भए तापनि तन्त्रमन्त्रसित सम्बन्धित हरेक कुरालाई ती ख्रीष्टियनहरूले नष्ट गरिदिए। यस उदाहरणले आज हामीलाई राम्रो पाठ सिकाउँछ। यो संसार जादुगरी र तन्त्रमन्त्रमा चुर्लुम्मै डुबेको छ। तन्त्रमन्त्रसित सम्बन्धित कुरा अथवा चलनहरू हानिकारक नदेखिए तापनि सैतानले हामीलाई ती कुरामार्फत असर गर्न सक्छ। त्यसैले यस्ता कुराहरू जति नै बहुमूल्य भए तापनि तपाईं यी कुराहरूबाट अलगै रहनु निकै महत्त्वपूर्ण छ।—व्यवस्था १८:१०-१२.
-
-
के हामी सैतानसित डराउनु पर्छ?प्रहरीधरहरा—२०१४ | नोभेम्बर १
-
-
a यदि यस पदमा बताइएको चाँदीको टुक्रा रोमी दिनार थियो भने यो रकम ५०,००० कामदारले एक दिनमा कमाउने ज्याला बराबर थियो—यो निकै ठूलो रकम हो।
-