यहोवाको वचन प्रबल हुन्छ!
“यसरी यहोवाको [NW] वचन सामर्थ्यसँग बढ़दै गयो, र प्रबल भयो।”—प्रेरित १९:२०
१. प्रेरितहरूका कामको पुस्तकको यो अध्ययनमा हामी कुन्-कुन् कुराहरू पढ़ने छौं?
यहोवाले सेवाको एउटा ढोका खोल्नलाग्नु भएको थियो। र “अन्यजातिहरूका लागि प्रेरित” नियुक्त भएका पावलले, त्यो कामलाई विशेषरूपमा अघि सार्ने थिए। (रोमी ११:१३) र वास्तवमा, जसै हामी प्रेरितहरूका कार्यहरूको अध्ययन गर्दै जान्छौं, पावललाई रोमाञ्चकारी धर्म-प्रचार यात्राहरूमा भाग लिएको देख्नेछौं।—प्रेरित १६:६–१९:४१.
२. (क) ई. स. ५० देखिन् ५६ सम्म, पावलले ईश्वरीय प्रेरणा भएको लेखकको काम कसरी गरे? (ख) जसै परमेश्वरले पावल र अरूहरूको सेवकाईलाई आशिष दिनु भयो, के हुँदै गयो?
२ पावल ईश्वरीय प्रेरणा प्राप्त लेखक पनि थिए। इ. स. ५० देखि इ. स. ५६ को बीच, तिनले कोरिन्थबाट १ र २ थिस्सलोनिकी लेखे, त्यही शहर अथवा सिरियाका एन्टिओकबाट गलातीहरूको पत्र, २ कोरिन्थी म्यासिडोन्यिबाट, र रोमीहरूको पुस्तक कोरिन्थबाट लेखे। र जसै परमेश्वरले पावल र अरू सबैको सेवकाईलाई आशिष दिनु भयो, “यहोवाको वचन सामर्थ्यसँग बढ़दै गयो र प्रबल भयो।”—प्रेरित १९:२०.
एशियाबाट यूरोप सम्म
३. पवित्र-आत्माको निर्देशनको सम्बन्धमा पावल र तिनका सहकर्मीहरूले के असल उदाहरण छाड़ेका छन्?
३ पवित्र आत्माको निर्देशन स्वीकार्ने कुरामा पावल र तिनका सह-यात्रीहरूले एउटा राम्रो उदाहरण छाड़ेर गएका छन्। (१६:६-१०) स्पष्ट सँग बुझ्न सकिने आवाज अथवा सपना या दर्शन द्वारा, पवित्र आत्माले तिनीहरूलाई एशियाको जिल्ला र बिथिनियाको प्रान्तमा प्रचार गर्न मनाही गर्यो। तर पछि बाट यी ठाउँहरूमा सुसमाचार सुनाइयो। (प्रेरित १८:१८-२१; १ पत्रुस १:१, २) तर पवित्र आत्माले ती ठाउँहरूमा अघिबाट सुसमाचर सुनाउन किन मनाही गर्यो? त्यतिखेर कामगर्ने मानिसहरू कम थिए र आत्माले तिनीहरूलाई यूरोपका उर्वरा खेतहरू तिर लग्दै थियो। यसकारण, आज पनि कुनै एक ठाउँ जाने बाटो बन्द छ भने, आत्माले तिनीहरूलाई भेड़ा खालका मानिसहरूकहाँ निश्चय पुर्याइ दिनेछ भनेर, यहोवाका साक्षीहरू अर्कै ठाउँमा सुसमाचार प्रचार गर्ने गर्छन्।
४. म्यासिडोनियाका एक जना मानिसले मददको निम्ति बिन्ती गरिरहेको पावलले दर्शनमा देख्ना साथै के भयो?
४ पावल र तिनका सह-यात्रीहरू यस पछि, एशिय मायनर भित्र पर्ने माइसियाको प्रचार गर्ने क्षेत्रमा ‘प्रवेश रगरिकन गए।’ तर पावलले दर्शनमा म्यासिडोनियाको एक जना मानिसले मदद माँगी रहेको देखे। यसकारण, यी धर्म-प्रचारकहरू तुरन्त बालकन प्राय:द्वीपमा भएको म्यासिडोनियामा गए। यसरी नै आज पनि सुसमाचारका प्रचारकहरूको खाँचो परेका ठाउँहरूमा, पवित्र आत्माले यहोवाका धेरै साक्षीहरूलाई डोऱ्याउने गर्छ।
५. (क) फिलिप्पीमा पनि यहोवाको वचन प्रबल भयो भनेर किन भन्न सकिन्छ? (ख) कुन कुरामा आजका धेरै साक्षीहरू लिडिया जस्तै छन्?
५ यहोवाको वचन म्यासिडोनियामा पनि प्रबल भयो। (१६:११-१५) फिलिप्पी, जहाँ धेरै जसो निवासीहरू रोमी नागरिकहरू थिए, यहूदीहरू धेरै नै कम देखिन्थिये र यसलेगर्दा यहूदीहरूको सभाघर पनि थिएन। यसकारण, भाइहरू शहरको बाहिर पट्टि, नदीको किनारामा एउटा “प्रार्थनागर्ने ठाउँमा” गए। त्यहाँ भेला भएकाहरू मध्य थाइआटीरा शहरकी, यहूदी मतमा लागेकी लिडिया नाउँकी एउटी ईश्वर-भक्त स्त्री थिइन्। एशिया मायनरको यो थाइआटीरा शहर लुगा रङ्गाउने उद्योगका लागि प्रसिद्ध थियो। लिडिया बैजनी रङ्ग र बैजनी रङ्गमा रङ्गाइएको कपड़ा-लत्ता बेच्ने गरथिइन्। लिडिया र तिनका परिवारले बप्तिस्मा लिए पछि, तिनले आतिथ्य गर्न यति साह्रो जिद्दी गरीन् कि लूकाले यसरी लेखेको छ: “तिनले हामीलाई [तिनको घरमा आउन] कर लगाइन्।” हाम्रा माझमा पनि आज त्यस प्रकारकी बहिनीहरू प्रति हामी कृतज्ञ छौं।
झ्यालखानाको हाकिम विश्वासी हुन्छ
६. फिलिप्पीमा पावल र सिलास, प्रेतहरूको काम द्वारा झ्यालखानामा कसरी थुनिए?
६ फिलिप्पीमा आत्मिक प्रगती भएको देखेर शैतान निश्चय नै क्रोधित भयो होला किनभने प्रेतहरूको काम द्वारा पावल र सिलास झ्यालखानामा कैदी भए। (१६:१६-२४) “जोखाना हेर्ने विद्या” भएकी (शाब्दिक अर्थ “अजिङ्गरको आत्मा” भएकी) एउटी केटीले कैयौं दिन देखि तिनीहरूको पिछा गरी। त्यो प्रेतले पायथन अपोल्लोको अथवा पायथन नाउँको अजिङ्गर मार्ने कथा चलेको एउटा देवको रूप धारण गरेको थियो होला। यो केटीले जोखाना हेर्ने विद्या द्वारा आफ्नो मालिकहरूका लागि निकै रकम कमाइ दिएकी थिइ। शायद उसले किसानहरूलाई कहिले बिउ छर्नु, कुमारीहरूलाई कहिले विवाह गर्नू र खानीमा कामगर्नेहरूलाई सुन कहाँ खोज्नु भनेर भन्थी होली! उ भाइहरूको पछि पछि हिड़दै, एसो भन्दै कराउन थाली: “यी मानिसहरू परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटो बताउँछन्।” यी केटीले गरेकी अगमवाणीहरू पनि ईश्वरीय प्रेरणा बाटै आएका हुन् भनेर मानिसहरूलाई झुक्याउन प्रेतले उसलाई एसो भन्न लगाएको हुनु सक्छ, तर यहोवा र मुक्तिको निम्ति उहाँको प्रबन्धको घोषणा गर्ने अधिकार प्रेतहरूसँग छैन। यसलेगर्दा पावल वाक्क भए पछि, तिनले येशूको नाउँमा प्रेतलाई भगाइ दिए। आफ्नो कमाइगर्ने बाटो बन्द भएको देखेर, त्यो केटीका मालिकहरूले पावल र सिलासलाई समातेर बजारमा तान्दै लगेर, छड़ीले पिटे। (२ कोरिन्थी ११:२५) यस पछि तिनीहरूलाई झ्यालखानामा हालिदिए र तिनीहरूका खुट्टामा ठिङ्गुरा ठोकी दिए। कैदीको खुट्टाहरू अझ दुखने गरी जोर सित तन्काउन यी यन्त्रहरूलाई मिलाउन सकिन् थियो।
७. फिलिप्पीमा पावल र सिलास झ्यालखानामा थुनिएको कारण कसले आशिष पायो?
७ तर यो कैद द्वारा झ्यालखानाको हाकिम र तिनको परिवारले आशिष पाए। (१६:२५-४०) आधा रात तिर पावल र सिलास प्रार्थना गर्दै र भजनहरू गाउँदै परमेश्वरको प्रशंसा गरिरहेका थिए किनभने उहाँ तिनीहरू सित हुनुहुन्छ भनेर तिनी दुवै विश्वस्त थिए। (भजन संग्रह ४२:८) अचानक, भैंचालोले ढोकाहरूलाई उघारि दियो र माथि दलीन र भित्ताहरूबाट सबै साङ्गलोहरू र बन्धनहरू छुट्टिए। आफ्ना कैदीहरू उम्के होलान् र अब आफूले मृत्यु दण्ड भोग्नु पर्ला भनेर झ्यालखानाको हाकिम भयभित भए। तिनले आत्म-हत्या गर्नै लागेको थियो जब पावलले चर्को सोरमा एसो भने: “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीं छौं!” पावल र सिलासलाई समातेर बाहिर ल्याउँदै, झ्यालखानाको हाकिमले आफू बाँचने उपाय सोधे। “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नु होस्,” भनेर पावलले जवाफ दिए। यहोवाको वचन सुने पछि, “उनी र उनका परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” यो कति ठूलो आनन्दको कारण भयो!
८. फिलिप्पीका अदालती हाकिमहरूले के गरे र तिनीहरूले सबैका सामने आफ्नो भूल स्वीकार्न परेमा, तिनीहरूले भविष्यमा हतपत के गर्ने थिएनन्?
८ भोलीपल्ट, अदालतका हाकिमहरूले पावल र सिलासलाई छोड़ी दिने आदेश पठाए। तर पावलले एसो भने: ‘तिनीहरूले, हामी रोमी नागरिकलाई दोषी नठहराइकनै खुल्लमखुल्ला पिटे, र झ्यालखानामा पनि हाले, र अब हामीलाई सुटुक्क निकाल्नखोज्छन्? तिनीहरू आफै आऊन र हामीलाई निकालेर लैजाऊन्।’ अदालतका हाकिमहरूले आफ्नो गलती सबैको सामने स्वीकार्नु परेमा, पछि अरू मसीहीहरूलाई तिनीहरूले त्यति सजिलै गरी पिटेर झ्यालखानामा हाल्ने हिम्मत गर्ने थिएनन्। रोमी नागरिकहरूलाई कर लगाएर बाहिर फाल्न नसकेको हुनाले, हाकिमहरू आएर भाइहरूलाई त्यहाँबाट जान लगाए। तर तिनीहरू, आफ्ना सह-विश्वासीहरूलाई प्रोत्सहान दिए पछि मात्र, त्यहाँबाट गए। यस्तै प्रकारको चासोले गर्दा, आज पनि, सञ्चालक समितिका सदस्यहरू र अन्य परिभ्रभण-प्रतिनिधिहरूले पृथ्वी भरि परमेश्वरका मानिसहरूलाई प्रोत्साहन दिने गर्छन्।
थिस्सलोनिकी र बिरियामा यहोवाको वचन प्रबल हुन्छ
९. आज पनि यहोवाका साक्षीहरूले प्रयोग गर्ने कुन विधि अपन्याउँदै, मसीहले दुःख भोग्नु भएर बिउँतनु परेको कुरा पावलले ‘अर्थ खोलिकन निश्चय गर्दै’ बताइ दिए?
९ यस पछि परमेश्वरको वचन, म्यासिडोनियको राजधानी, थिस्सलोनिकीमा प्रबल हुन्छ। (१७:१-९) त्यहाँ गएर पावलले यहूदीहरूसँग “बहसगर्दै” ख्रीष्टलाई अवश्य दुःख भोग्नु र मरेको अवस्थाबाट बिउँतनै परेको थियो भनेर “अर्थ खोलीकन निश्चय गरेर बताइदिए।” (यो काम पावलले अगमवाणीहरू र तिनीहरूको पूर्ति भएको तुलना गर्दै गरे, जसरी आज यहोवाका साक्षीहरूले पनि गर्छन्) फलःस्वरूप, केही यहूदीहरूले र यहूदी मतमा लागेका धेरैले विश्वास गर्न थाले। तर डाह गर्ने केही यहूदीहरू मिलेर हुलदङ्गा खड़ा गरे, तर पावल र सिलासलाई भेट्टाउन नसके पछि, तिनीहरूले जेसन र अरू भाइहरूलाइ समातेर शहरका हाकिमहरू कहाँ ल्याए र यिनीहरूलाई राजद्रोहको झूटो आरोप लगाए, जुन आरोप आज यहोवाका साक्षीहरूको विरूद्धमा पनि लगाइन्छ। तर “जमानत” लिए पछि भाइहरूलाई छाड़ी दिए।
१०. बिरियाका यहूदीहरूले धर्मशास्त्रमा दिनहुँ किन ‘खोजी गरे’?
१० यस पश्चात्, पावल र सिलास बिरिया शहरमा गए। (१७:१०-१५) यस ठाउँका यहूदीहरूले ‘दिनहुँ धर्मशास्त्रमा खोजी गरे’ जुन कुरा गर्न मानिसहरूलाई आज पनि यहोवाका साक्षीहरूले प्रोत्साहन दिन्छन्। बिरियाका यी मानिसहरूले पावलले भनेका कुराहरूको अविश्वास गरेका होइनन् तर येशू नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्न अनुसन्धान गरे। यसको परिणाम के भयो? धरै यहूदीहरू र केही युनानीहरूले पनि (शायद यहूदी मतमा पहिले देखि लागेकाहरू) विश्वास गर्न थाले। थिस्सलोनिकीका यहूदीहरूले भीड़लाई भड़काए पछि, भाइहरूले पावललाई समुद्रको किनारा सम्म पुऱ्याइ दिए तर तिनका टोलीका अरू सदस्यहरू चाहिं पिरेउस (आधुनिक पिरेव्स) अथवा एथेन्सको बन्दरगाह तिर जाने जाहाज चढ़ेर विदा भए।
एथेन्समा पनि यहोवाको वचन प्रबल हुन्छ
११. (क) एथेन्समा पावल निडर भएर कसरी साक्षी दिए तर कस-कसले तिनको विरोध गरे? (ख) पावललाई कसै-कसैले “बक-बके” भन्नुको अर्थ के थियो?
११ एथेन्समा निडरता साथ साक्षी दिने काम भयो। (१७:१६-२१) पावलले येशू र पुनरुत्थान बारे कुरा गरेको हुनाकारण, त्यहाँका दार्शनिकहरूले तिनी सँग विवाद गरे। ती मध्य केही एपिक्युरीहरू थिए जसले सुख-विलासलाई महत्व दिने गरथिए। अरू चाहिं आत्म-अनुशासनलाई जोड़ दिने स्तोइकीहरू थिए। कसै-कसैले यो प्रश्न गरे: ‘यस बकबकेले के भन्दछ?’ “बकबके” (शाब्दिक अर्थ “बिउ टिपने” हो) भन्नाले, बिउ टिपदै हिड़ने एउटा चरा जस्तै, पावल पनि यता उताको ज्ञानको टुक्रा-टुक्री टिपदै हिड़ने, बुद्धि नभएको मानिस जस्तै थिए भन्ने तिनीहरू ठान्दथिए। अरूहरूले चाहिं एसो भने: “अरू कुनै अनौठा देवहरूको विषयमा सिकाउने हो, क्यार।” यो एउटा गम्भीर आरोप थियो किनभने सुकरातले यस्तै आरोपको कारण आफ्नो ज्यान गुमाए। चाँड़ै नै पावललाई अरैयापागसमा लगियो (मार्सको डाँड़ा) जहाँ एक्रोपोलिस निर खुला मञ्चमा सर्वोच्च अदालतको बैठक बस्ने गरथियो।
१२. (क) अरैयापागसमा पावलले दिएको भाषणमा सार्वजनिक वक्ताले प्रयोग गर्नु पर्ने कुन-कुन् असल कुराहरू स्पष्ट देखिन्छ? (ख) परमेश्वर बारे, पावलले कस्ता कस्ता कुरा स्थापित गरे र यसको परिणाम के भयो?
१२ अरैयापागसमा पावलले दिएको भाषण एउटा प्रभावशाली परिचय, विषय वस्तुको तार्किक विकाश र चित्तबुझ्दो तर्कको प्रयोगको एउटा सर्वोत्तम उदाहरण हो—जस्तो कि आज यहोवाका साक्षीहरूको ईश्वरीय पाठशालामा सिकाइन्छ। (१७:२२-३४) तिनले एथेन्सका मानिसहरू अरू मानिसहरू भन्दा धेरै नै धर्मभीरू रहेछन् भने। शायद कुनै पनि देवताको अवहेलना न होस् भनेर तिनीहरूले “नजानिएका देवताको” नाउँमा समेत एउटा स्थान राखेका थिए! पावलले सृष्टिकर्त्ताको विषयमा कुरा गरे, जसले “एउटै मानिसबाट हरेक जातिलाई बनाउनु भयो” र “मानिसहरूका निम्ति ठहराएको समय र बासका सीमानाहरू निश्चय” गर्नु भयो र यसको एउटा उदाहरण उहाँले कनानीहरूलाई तिनीहरू बसेको ठाउँबाट जरै समेत उखेले र हटाउनु भएकोमा देख्छौं। (उत्पत्ति १५:१३-२१; दानियल २:२१; ७:१२) यो परमेश्वरलाई भेट्टाउन सकिन्छ किनभने ‘हामी उहाँकै सन्तान हौं’ भन्दै, यहोवाले मानिसको सृष्टि गर्नु भएको वास्तविकता बारे तिनीहरूका कविहरू एरेटस र क्लीआन्थीसले भनेका कुरालाई पावलले सङ्केत गरे। परमेश्वरको सन्तान भएर, हामीले सिद्ध सृष्टिकर्त्तालाई असिद्ध मानिसले बनाएको कुनै मूर्त्ति ठान्नु हुँदैन। पहिले, पहिले अज्ञानतामा गरिएको कुराको परमेश्वरले वास्ता नराख्नु भएतापनि उहाँले अब चाहिं मानिसजातिलाई पश्चाताप गर्न लाउनु हुँदै थियो किनभने उहाँले नियुक्त गर्नु भएको व्यक्ति द्वारा मानिसजातिको न्यायगर्ने एक दिन ठहराउनु भएको थियो। न्याय गर्न नियुक्त भएको त्यो व्यक्ति येशू हो भनेर स्रोताहरूलाई थाह थियो किनभने पावल “येशूको सुसमाचारको प्रचार” गर्दै हिड़ेका थिए। (प्रेरित १७:१८; यूहन्ना ५:२२, ३०) पश्चाताप गर्ने कुराले एपिक्युरीहरू कुडिए र युनानी दार्शनिकहरू चाहिं मानिसको मृत्यु र पुनरुत्थानको होइन, मानिसको अमरत्वको शिक्षा मात्र स्वीकार्न तयार थिए। आज पनि सुसमाचारको बेवास्ता गर्ने धेरै मानिसहरू झैं, पावलका केही स्रोताहरूले एसो भने: “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं।” तर न्यायाधीश डियनुसियस र अरूहरूले चाहिं विश्वास गरे।
परमेश्वरको वचन कोरिन्थमा प्रबल हुन्छ
१३. सेवाको काम गर्दा, पावलले आफ्नो आर्थिक खर्चको प्रबन्ध कसरी गर्ने गर थिए र यसको आधुनिक समानन्तर के छ?
१३ यस पछि पावल अखैया प्रान्तको राजधानी, कोरिन्थमा गए। (१८:१-११) क्लोडियस सिजरले रोमी नागरिकता नभएका यहूदीहरूलाई रोम छाड़ने आदेश दिए पछि, कोरिन्थमा आएका अक्वीला र प्रिस्किला सँग पावलको भेट भयो। सेवामा आफ्नो खर्च टार्नका लागि, पावलले यो मसीही दम्पत्ति सँग पालहरू बनाउने काम गरे। (१ कोरिन्थी १६:१९; २ कोरिन्थी ११:९) बाख्राको कड़ा रौंले बनाइएको कपड़ा काटदा कड़ा मेहनत परथियो। यसै प्रकार, यहोवाका साक्षीहरूले पनि अन्य पेशा द्वारा आफ्नो भौतिक आवश्यकताहरूको पूर्ति गर्छन् तर तिनीहरूको मुख्य धन्दा मसीही सेवकाई हो।
१४. (क) कोरिन्थका यहूदीहरूबाट निरन्तर विरोधको सामना गर्नु पर्दा पावलले के गरे? (ख) पावल कोरिन्थ मै बस्नु पर्छ भनेर तिनले के निश्चित् निर्देशन पाए तर आज यहोवाका मानिसहरूले चाहिं निर्देशन कसरी पाउँछन्?
१४ येशू नै मसीही हुनु हुन्छ भनेर पावलले घोषणा गर्दा, कोरिन्थका यहूदीहरूले निन्दाजनक कुरागरी रहे। यसकारण तिनले आफ्नो कपड़ा टकटकाउँदै, तिनीहरूका लागि जिम्मेवार नभएको कुरा जाहेर गरी दिए। यस पछि, टाइटस जस्तटस, सम्भवत एक जना रोमीको घरमा तिनले सभाहरू गर्नथाले। धरै मानिसहरूले (सभाघरका भूत-पूर्व शासक क्रिस्पस र तिनका घर-परिवारले समेत) विश्वास गरे र बप्तिस्मा लिए। यहूदीहरूको विरोधले गर्दा कोरिन्थमा बस्ने कि न बस्ने भनेर पावल दोमन भएको बेलामा जम्मै शङ्का हटेर गयो जब प्रभुले तिनलाई एउटा दर्शन द्वारा एसो भन्नु भयो: ‘न डराउ, तर बोल्दै जाऊ, र चूप नलाग। किनकि म तिम्रो साथ छँदैछु र तिमीलाई नोक्सानी पुर्याउनालाई कोही तिमी माथि आइलाग्नेछैन, किनभने यस शहरमा मेरा मानिसहरू धेरैनै छन्।’ यसकारण, पावलले त्यस ठाउँमा जम्मा एक वर्ष र छ महिना सम्म, प्रचार गरीनै रहे। यहोवाका मानिसहरूले आज दर्शनहरू नपाएता पनि, प्रार्थना र पवित्र आत्मा दुवैको निर्देशन द्वारा, तिनीहरूले राज्य सम्बन्धि कामबारे सही फैसला गर्ने मदद पाउँछन्।
१५. बड़ा हाकिम गल्लियोको सामने पावललाई लगेर जाँदा के भयो?
१५ यहूदीहरूले पावललाई बड़ा हाकिम जुनियस गल्लियो कहाँ लगेर गए। (१८:१२-१७) पावलले गैर कानूनी ढङ्गमा मानिसहरूको धर्म परिवर्तन गरिरहेको छ भन्ने आरोप ती यहूदीहरूले लगाए—जुन झूटो आरोप आज पनि ग्रीसका धर्म-गुरूहरूले यहोवाका साक्षीहरूको विरूद्धमा लाउने गर्छन्। तर पावलले समाजलाई हानी पुर्याउने कुनै त्यस्तो काम गरेको थिएन र रोम र त्यस्को कानूनलाई सुरक्षित राख्नमा यहूदीहरूको केही विशेष चासो नभएको जम्मै कुरा गल्लियोलाई राम्रो सँग थाह थियो। यसैकारण तिनले ती यहूदीहरूलाई त्यहाँबाट धपाइदिए। तिनीहरूले सभा-घरका शासक सोस्थेनिजलाई समातेर पिटदा पनि, पावललको विरूद्धमा हुलदङ्गागर्ने यो नायकेले खोजेको कुरा भेट्टायो भनेर होला, गल्लियोले केही वास्ता गरेनन्।
१६. एउटा भाकलको सम्बन्धमा पावलले आफ्नो कपाल खौरनु किन उचित् थियो?
१६ पावल किंक्रियाको एजीयन बन्दरगाहबाट एशिया मायनरको शहर, एफिसी तिर जहाजमा गए। (१८:१८-२२) यो यात्रामा हिड़नु अघि तिनले ‘तिनको भाकल हुनाले, आफ्नो कपाल खौरे।’ पावलले यो भाकल येशूको चेलाहुनु भन्दा अघि गरेका थिए, कि भाकलको म्यादको यो आरम्भ थियो अथवा समाप्ति थियो, केही बताइएको छैन। मसीहीहरू मोशाको व्यवस्थाको अधीनमा नभएतापनि, त्यो व्यवस्था ईश्वरले दिनु भएको र पवित्र थियो र यस प्रकारको भाकल गर्नमा कुनै पाप थिएन। (रोमी ६:१४; ७:६, १२; गलाती ५:१८) एफिसीमा, पावलले यहूदीहरू सँग बहस गरे र परमेश्वरको इच्छा भएमा, फर्केर आउने वचन दिए। (यो वचन पछि पुरा भयो) तिनी सिरियाको एन्टिओकमा फर्के पछि तिनको दोस्रो प्रचार-यात्रा समाप्त भयो।
यहोवाको वचन एफिसीमा प्रबल हुन्छ
१७. बप्तिस्माको विषयमा, अपोल्लोस र अरूहरूलाई के उपदेशको खाँचो थियो?
१७ चाँड़ै पावलले आफ्नो तेस्रो धर्म प्रचार-यात्रा (ई. स.५२-५६) शुरू गरे। (१८:२३–१९:७) साथै, एफिससमा छँदा, अपोल्लोसले येशूको विषयमा प्रचार गरे तर मोशाको व्यवस्थाको विरूद्धमा गरेका पापहरूकालागि पश्चाताप गर्ने यूहन्नाको बप्तिस्मा बारे मात्र तिनलाई ज्ञान थियो। प्रिस्किला र अक्वीलाले तिनलाई शायद येशूले झैं बप्तिस्मा लिनुको अर्थ पानीमा डूबकी लिएर पवित्र आत्मा पाउनु हो भन्दै “परमेश्वरको मार्गको अर्थ झन प्रष्ट सँग बुझाइदिए।” इ. स. ३३ को पेन्तीकोसको दिनमा मानिसहरूले पवित्र-आत्मामा बप्तिस्मा पाए पछि, यूहन्नाबाट बप्तिस्मा लिएका सबैले फेरि येशूको नाउँमा बप्तिस्मा लिन आवश्यक पर्यो। (मत्ती ३:११, १६; प्रेरित २:३८) केही समय पछि, यूहन्नाबाट बप्तिस्मा पाएका १२ जना यहूदीहरूले एफिससमा “प्रभु येशूको नाउँमा बप्तिस्मा” लिए भनेर पुनःबप्तिस्माको यो एउटै उदाहरण शास्त्रमा दिइएको छ। तिनीहरूमाथि पावलले आफ्नो हात राखे पछि, तिनीहरूले पवित्र-आत्मा साथ साथै स्वर्गीय स्वीकृतिको दुई प्रकारको प्रमाण पाए—एउटा, अन्य भाषाहरूमा बोल्ने र दोस्रो, अगमवाणी कहने वरदान।
१८. एफिससमा छँदा, पावलले कुन ठाउँमा साक्षी दिए र परिणाम स्वरूप के भयो?
१८ लगभग ३००,००० निवासीहरू भएको एफिसस शहरमा पावल निकै नै व्यस्त रहे। (१९:८-१०) प्राचीन संसारका सात अदभुत् कुराहरू मध्य एउटा ता यही शहरको डायना देवीको मन्दिर थियो। यस मन्दिरको मण्डपमा २५,००० मानिसहरूकालागि बस्ने ठाउँ थियो। सभाघरमा पावलले ‘रीतिपूर्वक बहस गरेर तिनीहरूलाई मनाउँदै’ बोल्न लागे तर जब कुनै कुनैले यस मार्ग अथवा येशूको विश्वासमा आधारित् जीवन शैली बारे कुवचन बोल्न थाले, तब तिनले तिनीहरूलाई छाड़ी दिए। दुई वर्ष सम्म, पावल सधैं टिरान्नसको विद्यालयमा बहस गर्न लागे र “वचन” एशिया भरि फैलियो।
१९. एफिससमा कुन-कुन कारणलेगर्दा ‘यहोवाको वचन बढ़दै र प्रबल’ हुँदै गयो?
१९ पावलको काम कुरामा परमेश्वरले आफ्नो अनुमोदन अरूलाई निको पार्ने र भूतहरू धपाउने शक्ति दिनु भएर व्यक्त गर्नु भयो। (१९:११-२०) तर प्रधान पुजारी स्केवाका सात छोराहरूले येशूको नाउँमा भूत धपाउन सकेनन् किनभने तिनीहरू परमेश्वर र ख्रीष्टका प्रतिनिधिहरू थिएनन्। भूत लागेको मानिसहरूले बरू तिनीहरूलाई घायते पारि दिए! यो देखेर मानिसहरू भयभित भए र “प्रभु येशूको नाउँको महत्व भयो।” विश्वास गर्नेहरूले तन्त्र-मन्त्र गर्न छाड़ी दिए र जादू-टोना सम्बन्धि रहस्यहरू भएका आफ्नो किताबहरू सबैको सामने ल्याएर डढ़ाइ दिए। “यस प्रकार यहोवाको [NW] वचन सामर्थ्यसँग बढ़दै गयो र प्रबल भयो” भनेर लूकाले लेखेका छन्। आज पनि परमेश्वरका सेवकहरूले मानिसहरूलाई प्रेतवाद बाट स्वतन्त्र हुने मदद दिन्छन्।—व्यवस्था १८:१०-१२.
धार्मिक असहनशीलता सफल हुँदैन
२०. एफिससका चाँदीका शिल्पकारहरूले हुलदङ्गा किन मचाए र यसलाई कसरी शान्त पारियो?
२० जसरी यहोवाका साक्षीहरूले क्रोधित हुलहरूको अकसर सामना गर्नु पर्दछ, त्यसरीनै एफिसीका मसीहीहरूले पनि सामना गर्न परेको थियो। (१९:२१-४१) विश्वास गर्नेहरूको सङ्ख्या बढ़दै गए पछि, डेमेत्रियस र चाँदीको अरू शिल्पकारीहरूको आर्थिक नोक्सानी हुन थाल्यो किनभने उर्वराशक्तिकी देवी, डायनाका धेरै स्तनहरू भएका चाँदीका मूर्त्तिहरू किन्ने मानिसहरू कम हुँदै गए। डेमेत्रियसले उस्काएको हुलले पावलका सह-कर्मी गायस र अरिस्तार्खसलाई नाच-घरमा ल्याए तर चेलाहरूले पावललाई चाहिं भित्र जान दिएनन्। चाड़हरू र खेल-कुदका केही आयुक्तहरूले पनि पावललाई भित्र जाने हिम्मत न गर्नुहोस् भनेर बिन्ती गरे। करीब दुई घण्टाका लागि हुलका मानिसहरूले “एफिसीहरूकी डायना महान हुन्!” भन्दै कराए। आखिरमा, नगरका हाकिमले (नगरीय प्रशासनको प्रमुख) कारीगरहरूलाई आ-आफ्नो मुद्दा अदालतका बड़ा-हाकिमहरूका सामने प्रस्तुत गर्नू भने, किनभने यी हाकिमहरू सँग अदालती फैसला गर्ने अख्तियार हुन्छ। साथै, यी मुद्दाहरूको फैसला “नियमित सभामा” पनि हुन सक्छ भनेर यो नगर हाकिमले बताइ दिए। होइन भने, यो अनियमित् हुलमा भएका सबैलाई रोमले अराजकताको आरोप लगाउन सक्नेछ। यति भनेर, तिनले सबैलाई त्यहाँबाट बिदा गरी दिए।
२१. परमेश्वरले पावलको कामलाई कुन प्रकारले आशिष दिनु भयो र उहाँले आज यहोवाका साक्षीहरूको कामलाई कसरी आशिष दिनु हुन्छ?
२१ परमेश्वरले पावललाई विभिन्न परीक्षाहरूको सामना गर्ने मदद दिनु भयो र मानिसहरूले धार्मिक भूल तिरस्कार गर्दै सच्चाईलाई अपनाउने मदद दिने तिनको प्रयत्नमा पनि ईश्वरले आशिष दिनु भयो। (यर्मिया १:९, १० तुलना गर्नु होस्) त्यसरी नै हाम्रा स्वर्गीय पिताले हाम्रा कामलाई पनि आशिष दिनु हुन्छ भनेर हामी कति कृतज्ञ छौं! त्यसैकारण त, प्रथम शताब्दिमा झैं, आज पनि ‘यहोवाको वचन बढ़दै र प्रबल हुँदै’ जाँदैछ। (w90 6/15)
तपाईं कसरी उत्तर दिनु हुन्छ?
◻ पवित्र-आत्माबाट निर्देशन स्वीकार्नुमा पावलले के उदाहरण छाड़ेर गए?
◻ यहोवाका सेवकहरूले प्रयोग गर्ने कुन विधि अपनाउदै, पावलले कुराहरूको ‘अर्थ खोलेर निश्चय’ गरे?
◻ अरैयापागसमा पावलले दिएको भाषण र यहोवाका साक्षीहरूको प्रचार प्रति मानिसहरूले व्यक्त गरेका प्रतिकृयाहरूमा के समानन्तर पाउन सकिन्छ?
◻ पावलले सेवामा आफ्नो आर्थिक खर्चको प्रबन्ध कसरी मिलाउने गर थिये र यसको के आधुनिक समानन्तर छ?
◻ पावलको कामलाई गर्नु भए झैं, परमेश्वरले आज यहोवाका साक्षीहरूको कामलाई पनि कसरी आशिष दिनु भएको छ?
[पृष्ठ २७, २८-मा भएको चित्र]
यहोवाको वचन
१. फिलिप्पीमा
२. र ३. एथेन्समा
४. र ६. एफिससमा
५. रोममा