-
जीवन र शान्ति पाउन पवित्र शक्तिको डोऱ्याइबमोजिम हिंड्नुहोस्प्रहरीधरहरा—२०११ | नोभेम्बर १५
-
-
८ मोशाको व्यवस्थामा भएका नीति-नियमहरू पूर्णतया पालन गर्न नसकिने भएको कारण त्यसले पापीहरूलाई दोषी ठहराउँथ्यो। साथै मोशाको व्यवस्थाको अधीनमा रहेर सेवा गर्ने प्रधान पुजारीहरू त्रुटिपूर्ण थिए र तिनीहरूले पापबाट पूर्णतया मुक्त गर्ने बलिदान चढाउन सक्दैनथे। त्यसकारण मोशाको व्यवस्था “मानव असिद्धताले गर्दा” असफल भयो। तर “आफ्नो छोरालाई पापी मानवको बनौटमा” पठाएर अनि उहाँलाई फिरौतीस्वरूप मर्न दिएर परमेश्वरले “शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो” र “मोशाको व्यवस्थाले जे गर्न सकेन,” त्यसलाई सम्भव तुल्याउनुभयो। परिणामस्वरूप, येशूको फिरौतीको बलिदानमाथि विश्वास गरेको आधारमा अभिषिक्त ख्रीष्टियनहरू असल ठहरिए। उनीहरूलाई “शारीरिक इच्छाअनुसार होइन तर पवित्र शक्तिको डोऱ्याइबमोजिम” चल्न आग्रह गरिएको छ। ( रोमी ८:३, ४ पढ्नुहोस्) वास्तवमा “जीवनको मुकुट” पाउन उनीहरूले आफ्नो पार्थिव जीवनको अन्तसम्मै विश्वासी भएर उक्त आग्रहअनुरूप काम गर्नु महत्त्वपूर्ण छ।—प्रका. २:१०.
-
-
जीवन र शान्ति पाउन पवित्र शक्तिको डोऱ्याइबमोजिम हिंड्नुहोस्प्रहरीधरहरा—२०११ | नोभेम्बर १५
-
-
१०. हामी कसरी पाप र मृत्युको व्यवस्थाको अधीनमा परेका छौं?
१० प्रेषित पावलले यस्तो लेखे: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्।” (रोमी ५:१२) आदमको सन्तान भएको कारण हामी सबै नै पाप र मृत्युको व्यवस्थाको अधीनमा परेका छौं। हाम्रो पापी शरीरले हामीलाई निरन्तर परमेश्वरलाई मन नपर्ने कामहरू गर्न लगाउन खोज्छ तर यसले मृत्युको मार्गबाहेक अन्त कतै डोऱ्याउँदैन। गलातीका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा पावलले यस्तो कार्य अनि व्यवहारलाई “शरीरका कामहरू” भनेका छन्। त्यसपछि तिनले यसो भने: “यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्।” (गला. ५:१९-२१) यस्ता मानिसहरू शारीरिक इच्छाअनुसार चल्ने मानिसहरूजस्तै हुन्छन्। (रोमी ८:४) तिनीहरूलाई “काम गर्न लगाउने आन्तरिक स्रोत” अनि तिनीहरूको ‘जीवन बिताउने’ तरिका पूर्णतया शारीरिक कुरामा केन्द्रित हुन्छ। तर अवैध यौन सम्बन्ध राख्ने, मूर्तिपूजा गर्ने, तन्त्रमन्त्रमा भाग लिने अथवा अन्य किसिमको घोर पाप गर्नेहरू मात्र शारीरिक इच्छाअनुसार हिंडिरहेका हुन्छन् त? अहँ, होइन। मानिसहरूले सानोतिनो त्रुटि ठान्ने डाह, रिस, झगडा अनि ईर्ष्या पनि शरीरका कामअन्तर्गत नै पर्दछन्। हामीमध्ये कसैले पनि ‘मैले शारीरिक इच्छाअनुसार हिंड्न सतप्रतिशत छोडिसकें’ भन्न सक्दैनौं।
-
-
जीवन र शान्ति पाउन पवित्र शक्तिको डोऱ्याइबमोजिम हिंड्नुहोस्प्रहरीधरहरा—२०११ | नोभेम्बर १५
-
-
१२ हाम्रो अवस्था गम्भीर रोगबाट मुक्त हुँदै गरेको व्यक्तिको जस्तै छ। यदि हामी पूर्णतया निको हुन चाहन्छौं भने हामीले डाक्टरले भनेको एक-एक कुरा मान्नै पर्छ। फिरौतीको बलिदानमा विश्वास गर्दा त्यसले हामीलाई पाप र मृत्युको व्यवस्थाबाट मुक्त गर्न सके तापनि हामी अझै त्रुटिपूर्ण अनि पापी छौं। आध्यात्मिक रूपमा स्वस्थ रहन अनि यहोवाको अनुमोदन र आशिष् पाउन हामीले अरू काम पनि गर्नुपर्छ। पावलले “मोशाको व्यवस्थाको उचित माग पूरा गर्न” पवित्र शक्तिको डोऱ्याइअनुसार हिंड्नुपर्छ भनेर बताए।
पवित्र शक्तिको डोऱ्याइबमोजिम हिंड्ने तर कसरी?
१३. पवित्र शक्तिको डोऱ्याइअनुसार हिंड्नुको अर्थ के हो?
१३ हिंड्दाखेरि हामी कुनै गन्तव्यलाई मनमा राखेर त्यसतर्फ अघि बढ्छौं। तसर्थ पवित्र शक्तिको डोऱ्याइअनुसार हिंड्दा हामीले निरन्तर आध्यात्मिक प्रगति गरिरहन्छौं तर यसको मतलब हामी आध्यात्मिक रूपमा सर्वगुण सम्पन्न हुन्छौं भन्न खोजेको चाहिं होइन। (१ तिमो. ४:१५) पवित्र शक्तिको डोऱ्याइअनुसार हिंड्न अर्थात् पवित्र शक्तिको डोऱ्याइबमोजिम जीवन बिताउन हामीले दिनदिनै र यथासक्दो प्रयास गर्नै पर्छ। “पवित्र शक्तिको भरमा” हिंड्यौं भने हामीले परमेश्वरको अनुमोदन पाउनेछौं।—गला. ५:१६.
-