-
साँचो परमेश्वर को हुनुहुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. तपाईँले यहोवाको नाम थाह पाएको र त्यो नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ
तपाईँले यहोवाको नाम थाह पाएको उहाँ चाहनुहुन्छ भनेर किन भन्न सक्नुहुन्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
के तपाईँलाई यहोवा आफ्नो नाम अरूले थाह पाएको चाहनुहुन्छ जस्तो लाग्छ? किन?
मानिसहरूले यहोवाको नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ। रोमी १०:१३ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवाको नाम प्रयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ?
कसैले तपाईँको नाम सम्झँदा र त्यो नाम प्रयोग गर्दा तपाईँलाई कस्तो लाग्छ?
तपाईँले यहोवाको नाम प्रयोग गर्दा उहाँलाई कस्तो लाग्छ?
-
-
झूटो धर्मले कसरी परमेश्वरको अनादर गर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. झूटो धर्मका शिक्षाहरूले कसरी परमेश्वरको अनादर गर्छ?
झूटो धर्मले “परमेश्वरको सत्यलाई विश्वास गर्नुको सट्टा . . . झूटलाई विश्वास” गर्छ। (रोमी १:२५) उदाहरणको लागि, धेरैजसो धर्मले आफ्ना अनुयायीहरूलाई साँचो परमेश्वरको नाम सिकाएका छैनन्। तर बाइबलले परमेश्वरको नाम प्रयोग गर्नुपर्छ भनेर सिकाउँछ। (रोमी १०:१३, १४) कुनै नराम्रो घटना घट्दा कोही-कोही धर्मगुरु भन्ने गर्छन्, ‘यो त दैवको लीला हो।’ तर यो झूट हो। परमेश्वर कुनै पनि दुष्ट कुराको स्रोत हुनुहुन्न। (याकुब १:१३ पढ्नुहोस्।) दुःखको कुरा, धर्महरूले फैलाएको झूटको कारण मानिसहरू परमेश्वरबाट टाढिएका छन्।
-