-
३ | घृणालाई जरैदेखि उखेल्नुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्ख्या १
-
-
बाइबलको शिक्षा:
“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्। तब तिमीहरूले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.
यसको अर्थ के हो?
हामी के सोच्छौँ, त्यसमा ईश्वर चासो राख्नुहुन्छ। (यर्मिया १७:१०) हामीले घृणा झल्किने बोली नबोल्नु र व्यवहार नगर्नु मात्र पर्याप्त छैन। घृणा भन्ने दुर्गुण मन र दिमागबाट सुरु हुन्छ। त्यसैले हामीले आफ्नो मन र दिमागमा अलिकति पनि घृणा पलाउन दिनु हुँदैन। त्यसो गऱ्यौँ भने मात्र हामीमा “पूरै परिवर्तन” आउनेछ र घृणालाई जरैसमेत उखेलेर फ्याँक्न सक्नेछौँ।
-