-
ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
४, ५. रोमी १५:१-३ मा येशूको मनोवृत्तिको कुन पक्ष प्रकाश पारिएको छ र मसीहीहरूले कसरी उहाँको अनुकरण गर्नसक्छन्?
४ ख्रीष्ट येशूको मनोवृत्ति हासिल गर्नुमा के समावेश छ? पावलले रोमीहरूलाई लेखेको पत्रको अध्याय १५ मा यस प्रश्नको जवाफ दिइएको छ। उक्त अध्यायको सुरुका पदहरूमा पावल यसो भन्दै येशूको विशिष्ट गुणतर्फ संकेत गर्छन्: “हामी बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ, आफ्नो खुशी मात्र गर्नुहुँदैन। हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नालाई खुश तुल्याउनुपर्छ। किनभने ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन, तर जसो लेखिएको छ, ‘तपाईंलाई गाली गर्नेहरूका गाली ममाथि पऱ्यो।’ ”—रोमी १५:१-३.
-
-
ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्प्रहरीधरहरा—२००० | सेप्टेम्बर १
-
-
६. विरोध तथा भर्त्सना गर्नेहरूप्रति येशूले देखाउनुभएको प्रतिक्रियाको हामी कसरी अनुकरण गर्नसक्छौं?
६ येशूले प्रकट गर्नुभएको अर्को राम्रो गुण सकारात्मक विचार अनि काम हो। उहाँले न कहिल्यै परमेश्वरको सेवा गर्ने आफ्नो असल मनोवृत्तिलाई अरूको नकारात्मक मनोवृत्तिले असर पार्न दिनुभयो, न त हामीले नै दिनुहुन्छ। विश्वासी भई येशूले परमेश्वरको उपासना गर्नुभएको देखेर अरूले भर्त्सना गर्दा वा सताउँदा उहाँले गनगन नगरीकन धीरजी भई सहनुभयो। आफ्ना छिमेकीहरूलाई ‘तिनको भलाइको निम्ति सुधारेर’ आनन्दित पार्न चाहनेहरूले तिनीहरूलाई विश्वास नगर्नेहरू तथा अबुझ संसारले सताउने नै छन् भनेर उहाँलाई थाह थियो।
७. येशूले कसरी धीरज देखाउनुभयो र हामीले पनि किन त्यसै गर्नुपर्छ?
७ येशूले अरू तरिकामा पनि उचित मनोवृत्ति देखाउनुभयो। उहाँ कहिल्यै यहोवादेखि अधीर हुनुभएन बरु, धीरजी भई उहाँका उद्देश्यहरू पूरा हुने समय पर्खिरहनुभयो। (भजन ११०:१; मत्ती २४:३६; प्रेरित २:३२-३६; हिब्रू १०:१२, १३) यसबाहेक, येशू आफ्ना अनुयायीहरूसित पनि अधीर हुनुभएन। उहाँले तिनीहरूलाई भन्नुभयो: “मसँग सिक।” उहाँ “विनयी” हुनुभएकोले उहाँले दिनुभएका निर्देशनहरू प्रोत्साहनदायी तथा स्फूर्तीदायी थिए। अनि उहाँ “नम्र हृदयको” पनि हुनुभएकोले उहाँ धाक जमाउने खालको वा अहंकारी स्वभावको हुनुहुन्थेन। (मत्ती ११:२९) पावल हामीलाई यसो भन्दै येशूको मनोवृत्तिका यी पक्षहरूको अनुकरण गर्न प्रोत्साहन दिन्छन्: “तिमीहरूमा यो मन [“मनोवृत्ति,” NW] होस्, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्वरको स्वरूपमा भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो।”—फिलिप्पी २:५-७.
८, ९. (क) हामीले किन निःस्वार्थ मनोवृत्ति खेती गर्ने प्रयास गर्नुपर्छ? (ख) येशूले छोड्नुभएको नमुनाको पूर्णतया अनुकरण गर्न नसक्दा हामी किन निरुत्साहित हुनु हुँदैन र यस सम्बन्धमा पावल कसरी असल उदाहरण भए?
८ अरूको सेवा गर्न र अरूको आवश्यकतालाई हाम्रा आफ्नै आवश्यकताहरूभन्दा प्राथमिकता दिन चाहन्छौं भन्नु सजिलो छ। तर हामीले इमानदारीसाथ आफ्नो मानसिक मनोवृत्तिलाई जाँच्दा हामी आफ्नो हृदयमा पूर्णतया त्यस्तो झुकाउ नरहेको पाउनसक्छौं। किन? पहिलो कारण त, हामीले आदम र हव्वाबाट स्वार्थी बानीहरू वंशाणुगत तवरमा पाएका छौं र दोस्रो कारण, हामी स्वार्थी मनोवृत्तिलाई बढावा दिने संसारमा बाँचिरहेका छौं। (एफिसी ४:१७, १८) निःस्वार्थ मनोवृत्ति विकास गर्नुको अर्थ अक्सर आफ्ना जन्मजात गुणहरू विपरीत सोच्ने नमुना खेती गर्नु हो। अतः यसो गर्न दृढ संकल्पित हुनुपर्छ र प्रयास चाहिन्छ।
-