हुनत निस्तार चाडले स्मरणार्थ उत्सवलाई पूर्वचित्रण गर्दैनथ्यो तर निस्तार चाडको कुनै-कुनै कुराले हाम्रो लागि अर्थ राख्छ। जस्तै, प्रेषित पावलले येशूलाई “हाम्रो निस्तारको थुमा” भनेका छन्। (१को ५:७) जसरी ढोकाको चौकोसमा थुमाको रगत लगाउँदा इस्राएलीहरूको जीवन जोगिएको थियो, त्यसरी नै येशूको रगतले पनि मानिसहरूको जीवन जोगाउँछ। (प्रस्थ १२:१२, १३) साथै, निस्तार चाडमा चढाइने थुमाको कुनै हड्डी भाँच्नु हुँदैनथ्यो। येशूको शरीरको पनि कुनै हड्डी भाँचिएन, जबकि त्यतिबेला मृत्युदण्ड पाउने व्यक्तिहरूको खुट्टा भाँचिदिने चलन थियो।—प्रस्थ १२:४६; यूह १९:३१-३३, ३६.