-
“यिनमा सर्वोत्तम चाहिं प्रेम हो”प्रहरीधरहरा—१९९१ | डिसेम्बर १
-
-
“यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
“विश्वास, आशा, प्रेम, यी तीन रहन्छ; तर यिनमा सर्वोत्तम चाहिं प्रेम हो।”—१ कोरिन्थी १३:१३.
१. प्रेम बारे एउटा मानवशास्त्रविदले के भनेका छन्?
विश्वका एउटा सर्वश्रेष्ठ मानवविज्ञानविदले एक पटक भन्नुभयो: “हाम्रो जातिको इतिहासमा पहिलो पटक हामी बुझ्दछौं कि मानवको सबै आधारभुत मनोवैज्ञानिक आवश्यकताहरू मध्ये सबै भन्दा महत्वपूर्ण आवश्यकता प्रेम हो। यो, सबै मानव आवश्यकताको केन्द्रमा खडा हुन्छ जस्तैगरि हाम्रो सौर मण्डलको माझमा सूर्य खडा रहन्छ र नक्षत्र त्यसका वरिपरि परिक्रमा गर्छन् . . . जुन बालकले प्रेम पाएको हुँदैन त्यो जैवीक, शारीरिक, अनि मानसिक रुपमा प्रेम पाएको बालक भन्दा धैरै भिन्न हुन्छ। हुर्किंदा पनि पहिलो चाहिं पछिल्लो भन्दा भिन्दै हुन्छ। हामीलाई अब के थाहा भयो भने जिउनु अनि प्रेम गर्नु एकै सरह हो गरि जिउनु नै मानव जातिको जन्म भएको हो। यो कुरो, हुनः त, कुनै नौलो कुरो होइन। यो त पहाडी उपदेशको प्रमाणीकरण हो।”
२. (क) प्रेरित पावलले प्रेमको महत्वपूर्णता कसरी देखाउनुभयो? (ख) के प्रश्नहरु अब विचार गर्न योग्यका छन्?
२ हो, मानव कल्याणको निम्ति प्रेम महत्वपूर्ण छ भन्ने सत्य जुन प्रकारले सांसारिक विद्या पाएको यो व्यक्तिले मन्जुरी दियो, यो कुनै नौलो कुरो होइन। संसारको विद्वानहरुले हालै मात्र मूल्याङ्ककन गरेका होलान्, तर परमेश्वरको वचनमा त १९ शताब्दी अघि नै आविर्भाव भयो। यसैकारण त प्रेरित पावलले लेख्न सक्यो: “तर विश्वास, आशा, प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिं प्रेम हो।” (१ कोरिन्थी १३:१३) के तपाईंलाई थाहा छ प्रेम चाहिं विश्वास अनि आशा भन्दा किन सर्वोत्तम भएको? यसो किन भन्न सकिन्छ कि प्रेम चाहिं परमेश्वरको विशिष्ट गुणहरु अनि उहाँका आत्माका फलहरुमा सर्वश्रेष्ठ छ?
-
-
“यिनमा सर्वोत्तम चाहिं प्रेम हो”प्रहरीधरहरा—१९९१ | डिसेम्बर १
-
-
७. अ.गा’पे को स्वभाव के हो, अनि यो प्रेम कसरी प्रकट गरिएको छ?
७ कुन ग्रीक शब्द पावलले १ कोरिन्थी १३:१३ मा प्रयोग गऱ्यो होला, जसमा उसले विश्वास, आशा, अनि प्रेम उल्लेख गरेका थिए र जसमा तिनले भने कि “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”? यहाँ त्यो शब्द हो अ.गा’पे, उही शब्द जसलाई प्रेरित यूहन्नाले प्रयोग गरेका थिए जब उसले भन्यो: “परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८, १६) यो सिद्धान्तद्वारा डोहोऱ्याइएको अर्थात् शासीत प्रेम हो। यसमा स्नेह र माया समावेश हुनु वा नहुनु सक्छ, तर यो अरूको निम्ति भलाई गर्ने निस्वार्थ भावुकता अथवा भावना हो जसमा प्रापकको योग्यता छ वा छैन अथवा दातालाई नाफा होला कि नहोला भन्ने विचार रहन्दैन। यसै प्रकारको प्रेमले परमेश्वरलाई उहाँको हृदयको अति प्रिय सम्पत्ति, उहाँको एक मात्र छोरो, येशू ख्रीष्टलाई दिनु लगायो जसले गर्दा “उहाँमाथि विश्वासगर्ने नाश नहोस्, तर अनन्त जीवन पाओस।” (यूहन्ना ३:१६) पावलले हामीहरुलाई राम्ररी याद गराए झैं: “किनभने कुनै भक्तले आफ्नै मानिसको निम्ति ज्यान देला, औ असल मानिसको निम्ति कसैले मर्ने आँट गरिहाल्ला, तर हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो, हामीतर्फको परमेश्वरको आफ्नो प्रेम यसैमा प्रमाणित हुन्छ।” (रोमी ५:७, ८) हो, अ.गा’पे ले तिनिहरूको जिवनको स्तर वा यो प्रेम प्रकट गर्नेलाई कति लागत हुन्छ यसको विचार नराखी तिनीहरुको निम्ति भलाई गर्छ।
विश्वास अनि आशाभन्दा किन महान?
८. अ.गा’पे विश्वासभन्दा किन महान हो?
८ तर पावलले यस प्रकारको प्रेम (अ.गा’पे) विश्वासभन्दा महान छ किन भने? १ कोरिन्थी १३:२ मा उनले लेखे: “यदि मलाई अगमवाणी बोल्ने शक्तिको वरदान छ, र म सबै रहस्यहरु र सबै बुद्धि जान्दछु, औ डाडाँहरु हटाउन सम्मको विश्वास मसित छ, तर ममा प्रेमचाहिं छैन भने, म केही पनि होइन।” (तुलना गर्नुहोस् मत्ती १७:२०.) हो, यदि ज्ञानको प्राप्ति अनि विश्वासमा बढने प्रयास एउटा स्वार्थी उद्देश्यको लागि गरिएको हो भने, यसले परमेश्वरबाट हाम्रो निम्ति लाभ ल्याउने छैन। यसै अनुरुप, येशूले देखाउनुभयो कि केहीले ‘उहाँको नाउँमा अगमवाणी बोल्नेछन्, भूतहरु भगाउनेछन्, अनि सामर्थ्यका काम गर्नेछन्’ तर उहाँको अनुमोदन पाउनेछैनन्।—मत्ती ७:२२, २३
९. प्रेम आशा भन्दा किन महान हो?
९ यो अ.गा’पे प्रकारको प्रेम आशाभन्दा पनि किन महान हो? किनकि आशा आत्म-केन्द्रित पनि हुन सक्छ, जसमा कुनै व्यक्तिले आफूलाई हुने लाभको मात्र वास्ता गर्छ, जबकि प्रेमले “आफ्नो भलाइ खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) अझ, आशा—जस्तो कि “महान संकष्ट” लाई जीवित पार गरेर नया संसारमा प्रवेशगर्ने आशा—को अन्त हुन्छ जब आशा गरिएको कुरो पुरो हुन्छन्। (मत्ती २४:२१) जस्तै पावल भन्छ: “किनभने आशाबाट हामीले उद्धार पाएका छौं, तर देखिने चाहिं आशा ता आशानै होइन। किनकि जे कुरालाई कसैले देख्तछ् त्यसको आशा कसले गर्दछ र? तर जे कुरालाई हामी देख्तैनौं, त्यसको आशा गर्छौं भने ता त्यसको निम्ति धीरजसँग हामी प्रतीक्षा गर्छौं।” (रोमी ८:२४, २५) प्रेम आफैले सबै सहन्छ, र कहिले असफल हुँदैन। (१ कोरिन्थी १३:७, ८) यसप्रकार, निस्वार्थ प्रेम (अ.गा’पे) विश्वास या आशा दुवै भन्दा महान छ।
-