-
“मरेकाहरू कसरी ब्युँताइनेछन्?”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | डिसेम्बर
-
-
३. पहिलो कोरिन्थी १५:३०-३२ ले सङ्केत गरेअनुसार फेरि जीवित हुने आशामाथिको विश्वासले गर्दा पावलले के गर्न सके?
३ फेरि जीवित हुने आशामाथिको विश्वासले गर्दा पावलले अनेकन् परीक्षाहरू सहन सके। (१ कोरिन्थी १५:३०-३२ पढ्नुहोस्) तिनले कोरिन्थीहरूलाई यसो भने: “म दिनहुँ मृत्युको सामना गर्छु।” पावलले यस्तो पनि लेखे: ‘मैले एफिससमा जङ्गली जनावरहरूसित लडेको छु।’ तिनले एफिससको रङ्गशालामा जनावरहरूसित लडेको विषयमा कुरा गरेको हुन सक्छ। (२ कोरि. १:८; ४:१०; ११:२३) अथवा तिनले “जङ्गली जनावर”-को जस्तो आक्रामक स्वभाव भएका यहुदीहरू वा अरूलाई सङ्केत गरेको हुन सक्छ। (प्रेषि. १९:२६-३४; १ कोरि. १६:९) जेहोस्, खतरनाक परिस्थितिहरूको सामना गर्नुपर्दा समेत पावलले भविष्यबारे सकारात्मक दृष्टिकोण राख्न सके।—२ कोरि. ४:१६-१८.
-
-
“मरेकाहरू कसरी ब्युँताइनेछन्?”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२० | डिसेम्बर
-
-
५. कस्तो खतरनाक दृष्टिकोणले फेरि जीवित हुने आशामाथिको हाम्रो विश्वास कमजोर बनाउन सक्छ?
५ पावलले आफ्ना दाजुभाइ दिदीबहिनीलाई कसै-कसैको यस्तो खतरनाक दृष्टिकोणबारे चेतावनी दिए: “यदि मरेकाहरू ब्युँताइनेछैनन् भने ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।’” यस्तो दृष्टिकोण पावलको समयभन्दा धेरै अघि पनि व्याप्त थियो। तिनले यसैया २२:१३ बाट उद्धृत गरेको हुन सक्छ, जुन पदमा इस्राएलीहरूको मनोवृत्तिबारे बताइएको छ। परमेश्वरसित नजिक हुनुको साटो तिनीहरू सुखसयलको जीवन बिताउनतिर लागे। ती इस्राएलीहरू “दुई दिनको जिन्दगीमा मोजमस्ती गर्नुपर्छ” भन्ने सोचाइ राख्थे, जुन आज पनि व्याप्त छ। तर यस्तो गलत सोचाइ राखेकोले इस्राएल राष्ट्रले भोगेको नतिजाबारे बाइबलमा रेकर्ड गरिएको छ।—२ इति. ३६:१५-२०.
६. फेरि जीवित हुने आशाले सङ्गतको विषयमा हाम्रो छनौटलाई कस्तो प्रभाव पार्नुपर्छ?
६ यहोवा मरेकाहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भन्ने तथ्यले सङ्गतको विषयमा हाम्रो छनौटलाई प्रभाव पार्नुपर्छ। कोरिन्थका दाजुभाइ दिदीबहिनी फेरि जीवित हुने आशालाई नकार्ने मानिसहरूसित सङ्गत गर्नदेखि होसियार हुनुपर्थ्यो। यसबाट हामी एउटा पाठ सिक्न सक्छौँ: आजको लागि मात्रै बाँच्ने मानिसहरूसित धेरै समय बिताउँछौँ भने तिनीहरूले हामीमा नराम्रो प्रभाव पार्न सक्छ। कुनै साँचो ख्रिष्टियन त्यस्ता मानिसहरूसित धेरै उठबस गर्छन् भने त्यसले तिनको आनीबानी र दृष्टिकोणमा असर गर्न सक्छ। अझ भन्नुपर्दा, तिनी परमेश्वरले घृणा गर्नुहुने काम गर्ने हदसम्म पुग्न सक्छन्। त्यसैले पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई यस्तो कडा सल्लाह दिए: “होसमा आओ, असल काम गर र पाप गर्न छोडिदेओ।”—१ कोरि. १५:३३, ३४.
-