प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईंको काम आगोबाट बच्नेछ?
    प्रहरीधरहरा—१९९८ | नोभेम्बर १
    • ५. मसीही मण्डलीको जग को हुनुहुन्छ अनि यसबारे कसरी भविष्यवाणी गरिएको थियो?

      ५ पावलले लेखे: “बसालिएको जगबाहेक, जो येशू ख्रीष्टनै हुनुहुन्छ, कुनै मानिसले अर्को जग बसाल्नसक्‍तैन।” (१ कोरिन्थी ३:११) अन्य पदहरूमा पनि येशूलाई जगसँग तुलना गरिएको छ। जस्तै, यशैया २८:१६ मा यस्तो भविष्यवाणी गरिएको थियो: “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, हेर मैले सियोनमा जगको एउटा ढुङ्‌गो बसालेको छु, एउटा जाँचेको ढुङ्‌गो, एउटा दृढ़ जगको कुनाको बहुमूल्य ढुङ्‌गो।” यहोवाले धेरै समयअघि नै आफ्नो छोरालाई मसीही मण्डलीको जग बनाउने उद्देश्‍य राख्नुभएको थियो।—भजन ११८:२२; एफिसी २:१९-२२; १ पत्रुस २:४-६.

      ६. पावलले कोरिन्थीका मसीहीहरूमा कसरी सही जग बसाले?

      ६ मसीहीहरूको जग चाहिं के हो त? पावलअनुसार परमेश्‍वरको वचनमा बताइएको जग अर्थात्‌ येशू ख्रीष्ट नै साँचो मसीहीहरूको एक मात्र जग हो। निस्सन्देह, पावलले यस्तै जग बसाले। कोरिन्थीमा दर्शनको असाध्यै कदर गरिन्थ्यो। तर तिनले मानिसहरूलाई सांसारिक ज्ञानद्वारा प्रभावित पार्न खोजेनन्‌। बरु, पावलले अन्यजातिहरूले “मूर्खता” ठान्‍ने “क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार” गरे। (१ कोरिन्थी १:२३) यहोवाको उद्देश्‍य पूर्ती गर्न प्रमुख भूमिका खेल्नुहुने व्यक्‍ति येशू हुनुहुन्छ भनेर पावलले सिकाए।—२ कोरिन्थी १:२०; कलस्सी २:२, ३.

  • के तपाईंको काम आगोबाट बच्नेछ?
    प्रहरीधरहरा—१९९८ | नोभेम्बर १
    • ८. हामी सम्भाव्य चेलाहरूमाथि कसरी येशूको जग बसाल्छौं?

      ८ डूँडमा राखिएको असहाय बालक वा यहोवा जत्तिकै बराबर त्रिएक परमेश्‍वर सम्झेर हामी येशूलाई आफ्नो जग बनाउँदैनौं। यस्ता गैरशास्त्रीय सिद्धान्तहरू स्वीकारेर नक्कली मसीहीहरूले पो जग बसाल्छन्‌। बरु, उहाँ आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष हुनुहुन्छ, उहाँले हाम्रो खातिर आफ्नो सिद्ध शरीर बलिदान चढाउनुभयो अनि अहिले उहाँ यहोवाले नियुक्‍त गर्नुभएको राजाको हैसियतमा स्वर्गमा शासन गरिरहनुभएको छ भनेर हामी सिकाउँछौं। (रोमी ५:८; प्रकाश ११:१५) हामी आफ्ना विद्यार्थीहरूलाई येशूको पदचिह्नमा हिंड्‌न र उहाँका गुनहरू पछ्याउन पनि उत्प्रेरित गर्न चाहन्छौं। (१ पत्रुस २:२१) येशूको सेवकाईप्रतिको जोस, शोषित र दुःखीहरूप्रति देखाउनुभएको सहानुभूति, आत्मग्लानिले दबिएका पापीहरूलाई देखाउनुभएको दया अनि परीक्षा आइपर्दा उहाँले देखाउनुभएको अटल साहसद्वारा तिनीहरू प्रेरित होऊन्‌ भन्‍ने चाहन्छौं। साँच्चै, येशू बेजोड जग हुनुहुन्छ। तर निर्माण गर्ने अन्य सामाग्रीहरू के के हुन्‌?

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने