-
४ | ईश्वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्ख्या १
-
-
बाइबलको शिक्षा:
“पवित्र शक्तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, नम्रता, आत्मसंयम हो।”—गलाती ५:२२, २३.
यसको अर्थ के हो?
ईश्वरको मदत पाएर हामी घृणामाथि विजय हासिल गर्न सक्छौँ। आफ्नै भरमा कहिल्यै विकास गर्न नसकिने असल गुणहरू हामी ईश्वरको शक्ति पाएर विकास गर्न सक्छौँ। त्यसैले घृणामाथि विजय हासिल गर्न आफ्नै बलमा भर पर्नुको साटो ईश्वरको मदतमा भर पर्नुपर्छ। त्यसो गऱ्यौँ भने हामीले पनि बाइबलको एक लेखक पावलले जस्तै अनुभव गर्न सक्नेछौँ। तिनले लेखे: “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) हो, हामी पनि यसो भन्न सक्नेछौँ: “मलाई मदत यहोवाबाट आउँछ।”—भजन १२१:२.
-