-
परमेश्वरको अनुशासनमा छोराछोरी हुर्काउनेब्यूँझनुहोस्!—२००४ | डिसेम्बर ८
-
-
अनुशासनको साँचो अर्थ
अनुशासनको सन्दर्भमा आमाबाबुको भूमिकाबारे बाइबल स्पष्ट छ। उदाहरणका लागि, एफिसी ६:४ (NRV) यसो भन्छ: “बाबु हो, आफ्ना छोराछोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।” आफ्ना छोराछोरीको हेरविचार गर्नमा विशेष गरी बुबाले नेतृत्व लिनुपर्छ भनी यस शास्त्रपदले उल्लेख गर्छ। निस्सन्देह, आफ्नो पतिलाई सहयोग गरेर आमाले आफ्नो भूमिका निर्वाह गर्छिन्।
यस विषयमा दि इन्टरप्रेटर्स डिक्सनरी अफ द बाइबल यसो भन्छ: “बाइबलमा अनुशासनलाई एकातर्फ प्रशिक्षण, निर्देशन र ज्ञानसित जोडिएको छ भने अर्कोतर्फ ताडना, सच्याइ र सजायसित जोडिएको छ। अक्सर यो बच्चालाई प्रशिक्षण दिने क्षेत्रमा लागू हुन्छ।” त्यसैले, अनुशासन भनेको हप्काउनु मात्र होइन; यसमा छोराछोरी फस्टाउनको लागि चाहिने सबै प्रशिक्षण समावेश छ। तर रिस उठाउनदेखि आमाबाबु कसरी जोगिन सक्छन्?
समानुभूतिशील हुनुहोस्
कुन कुराले बच्चालाई रिस उठाउँछ? यस परिस्थितिबारे विचार गर्नुहोस्। तपाईंको एक जना सहकर्मी छ जो तुरुन्तै रिसाउने र अधीर स्वभावको छ। तपाईंको कुनै पनि कुरा उसलाई चित्त बुझ्दैन। तपाईंले भन्ने र गर्ने हरेक कुरामा उसले गल्ती भेट्टाउन खोजेजस्तो देखिन्छ। अक्सर उसले तपाईंले गर्नुभएको काम ठीक भएन भन्छ र तपाईंलाई हेला गरिएको महसुस गराउन खोज्छ। यस्तो भयो भने तपाईंलाई रिस उठ्नुका साथै के तपाईं निराश हुनुहुन्न र?
आमाबाबुले जहिले पनि कचकच गरिरहन्छन् र रिसाएर सच्याइरहन्छन् भने बच्चालाई पनि यस्तै हुन सक्छ। हुन त हो, छोराछोरीलाई बेलाबेलामा सच्याउनुपर्ने हुन्छ र बाइबलले आमाबाबुलाई यसो गर्ने अधिकार दिएको छ। तथापि, कठोर र निर्दयी व्यवहार गरेर बच्चालाई रिस उठाउँदा यसले भावनात्मक, आध्यात्मिक र शारीरिक हानिसमेत गराउन सक्छ।
-
-
परमेश्वरको अनुशासनमा छोराछोरी हुर्काउनेब्यूँझनुहोस्!—२००४ | डिसेम्बर ८
-
-
[पृष्ठ २५-मा भएको पेटी/चित्र]
यहोवाको “शिक्षा”
एफिसी ६:४ ले यहोवाको “शिक्षा[बारे]” बताउँछ। “शिक्षा” भनी अनुवाद गरिएको मौलिक युनानी पदावलीलाई कुनै-कुनै बाइबलहरूले “विचारशीलता,” “सल्लाह,” र “चेतावनी” भनी अनुवाद गरेका छन्। परिवारहरूले बाइबल पढ्नु वा नित्यकर्मको रूपमा बाइबल अध्ययन सहायकको विषयवस्तु ढाक्नु मात्र पर्याप्त छैन भन्ने कुरा यी पदावलीहरूले सङ्केत गर्छन्। छोराछोरीले परमेश्वरको वचनको अर्थ, आज्ञाकारिताको महत्त्व, तिनीहरूप्रति यहोवाको प्रेम र उहाँले तिनीहरूलाई दिनुहुने सुरक्षाबारे बुझेका छन् कि छैनन् भन्ने कुरा आमाबाबुले पक्का गर्नुपर्छ।
कसरी यसो गर्न सकिन्छ? तीन जना छोराछोरीकी आमा जुडीले आफ्ना छोराछोरीलाई ईश्वरीय सिद्धान्तहरूबारे बारम्बार सम्झाएर मात्र नपुग्ने कुरा महसुस गरिन्। “मैले एउटै कुरा बारम्बार त्यही तरिकामा दोहोऱ्याइरहँदा तिनीहरूलाई यो मन नपरेको मैले याद गरें। तिनीहरूलाई सिकाउने तरिकामा मैले विविधता ल्याउन खोजें। एउटा तरिका ब्यूँझनुहोस्! पत्रिकाको त्यस्ता लेखहरू खोज्नु थियो जसले ती बुँदाहरूलाई पहिलाको भन्दा बेग्लै तरिकामा प्रस्तुत गरेका हुन्थे। यसरी बच्चाहरूलाई रिस नउठाईकन तिनीहरूलाई चाहिएको सम्झौटाहरू कसरी दिन सकिन्छ भन्ने कुरा मैले सिकें।”
आन्जिलो, जसको परिवारले कठिन परिस्थितिको सामना गर्नुपरेको थियो, आफ्ना छोरीहरूलाई परमेश्वरको वचनमा मनन गर्न तिनले कसरी सिकाए भन्नेबारे तिनी यसो भन्छन्: “हामी सँगै बसेर बाइबल पदहरू पढ्थ्यौं र त्यसपछि म खास वाक्यांशहरू छुट्ट्याएर मेरा छोरीहरूको परिस्थितिमा ती कसरी लागू हुन्छन् भनेर वर्णन गर्थें। पछि, तिनीहरू आफैले बाइबल पढिरहेको बेला तिनीहरूको लागि यसले कस्तो अर्थ राख्छ भन्ने कुराबारे गहिरिएर मनन गर्दै पढिरहेको मैले देखें।”
-