प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लक्ष्य तिर अघि लम्कनुहोस्‌
    प्रहरीधरहरा—१९९१ | जनवरी १
    • लक्ष्य तिर अघि लम्कि रहनु होस्‌

      यी कुराहरू पछि, लक्ष्य तिर अघि लम्कन्दै जाँदा, फिलिप्पीहरूका मसीहीहरूले कस माथि विश्‍वास राख्नु पर्छ भनेर पावले बताइ दिए। (३:१-२१) आफ्नो विश्‍वास, त्यहाँका कसै कसैले गरे झैं, खतना अथवा शरीरमा होइन तर ख्रीष्टमा राख्नु परेको थियो। “ख्रीष्टको ज्ञानको श्रेष्ठताको निम्ति” पावलले आफ्नो शारीरिक प्रतिष्ठालाई जम्मै बेकम्मा ठाने। पावल “ख्रीष्ट येशूमा परमेश्‍वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर” अगाड़ी बढ़दै थिए र उनले फिलिप्पीका भाइ-बन्धुलाई पनि त्यस्तै मनका हुन प्रोत्साहित पारे।

  • लक्ष्य तिर अघि लम्कनुहोस्‌
    प्रहरीधरहरा—१९९१ | जनवरी १
    • [पृष्ठ ३१-मा भएको पेटी/चित्र]

      लक्ष्य तिर जाने: “पछाड़ीका कुराहरूलाई बिर्सेर अगाड़ीका कुराहरूतिर लम्केर . . . ख्रीष्ट येशूमा परमेश्‍वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाढ़ी बढ़दै छु,” भनेर पावलले लेखे। (फिलिप्पी ३:१३, १४) यी प्रेरितले प्रतियोगितामा दौड़ने मानिसले झैं प्रयत्न गरिरहेका थिए। पछाड़ी हेर्नमा समय र ताकत खेरो फाल्नुको सट्टा, तिनी आफ्नो लक्ष्य तिर लम्कँदै गए—दौड़ने मानिस आफ्नो अन्तिम निशानामा पुग्न लम्के झैं। पावल र अन्य अभिषिक्‍त मसीहीहरूको सामने, परमेश्‍वर प्रति विश्‍वासी भएर आफ्नो पार्थिव सेवा समाप्त गरे पछि, पुनरुत्थान द्वारा स्वर्गीय जीवन पाउने इनाम थियो। हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, यहोवा प्रति आफ्नो समग्रता कायम राखौं र हामी उहाँका साक्षीहरू भएर, लक्ष्य तिर अघि लम्कँदै जाउँ।—२ तिमोथी ४:७.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने