-
तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग १सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
वैवाहिक जीवनमा समस्याहरू त पक्कै आउँछन्। त्यसैले दुवैले मिलेर समस्या समाधान गर्ने कोसिस गर्नुपर्छ। भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका पतिपत्नीबीचको सम्बन्ध चिसिँदै गएका सङ्केतहरू के-के थिए?
तिनीहरूले वैवाहिक सम्बन्ध बलियो बनाउन कस्ता कदम चाले?
पहिलो कोरिन्थी १०:२४ र कलस्सी ३:१३ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
यो सल्लाह लागू गर्दा वैवाहिक सम्बन्ध कसरी बलियो हुन्छ?
हामीले एकअर्काको आदर गर्नुपर्छ भनेर बाइबलले बताउँछ। आदर गर्नुमा अर्को व्यक्तिसित दयालु र मर्यादित व्यवहार गर्नु समावेश छ। रोमी १२:१० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
के पति वा पत्नीले आफ्नो विवाहित जोडीले आदर गरेपछि मात्र आदर गर्छु भन्ने सोचाइ राख्नु उचित हो? तपाईँलाई किन त्यस्तो लाग्छ?
-
-
मण्डलीमा एकता कायम राख्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. सङ्गी ख्रिष्टियनसित मनमुटाव हुँदा तपाईँ के गर्नुहुनेछ?
हामी एकतामा बाँधिएका छौँ तर त्रुटिरहित भने छैनौँ। कहिलेकाहीँ हामी एकअर्कालाई निराश पार्छौँ र चित्तसमेत दुखाउँछौँ। परमेश्वरको वचनले हामीलाई “एकअर्कालाई . . . क्षमा गरिरहो” भन्नुका साथै “यहोवा परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ” भनेर बताउँछ। (कलस्सी ३:१३ पढ्नुहोस्।) हामीले धेरै पटक यहोवालाई दुःखी बनाएका छौँ। तैपनि उहाँले हामीलाई क्षमा गर्नुभएको छ। त्यसैले हामीले पनि आफ्ना दाजुभाइ दिदीबहिनीलाई क्षमा गरेको उहाँ चाहनुहुन्छ। तपाईँले कसैको चित्त दुखाएको याद गर्नुभयो भने समस्या सुल्झाउन आफै अग्रसर हुनुहोस्।—मत्ति ५:२३, २४ पढ्नुहोस्।b
-
-
मण्डलीमा एकता कायम राख्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. खुला मनले क्षमा गर्नुहोस् र मिलाप गर्नुहोस्
यहोवा कहिल्यै गल्ती गर्नुहुन्न अनि उहाँलाई हामीबाट क्षमा पनि चाहिँदैन। तैपनि उहाँ हामीलाई खुला मनले क्षमा गर्नुहुन्छ। भजन ८६:५ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
क्षमा गर्ने सन्दर्भमा यहोवा कत्तिको महान् हुनुहुन्छ?
उहाँले गर्नुहुने क्षमाप्रति तपाईँ किन कृतज्ञ हुनुहुन्छ?
हामीलाई अरूसित शान्तिमा रहन गाह्रो बनाउने केही अवस्था के-के हुन्?
हामी कसरी यहोवाको अनुकरण गर्न अनि दाजुभाइ दिदीबहिनीसित एकतामा रहन सक्छौँ? हितोपदेश १९:११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
कसैले रिस उठाउँदा वा चित्त दुखाउँदा तपाईँ त्यस परिस्थितिलाई कसरी सम्हाल्न सक्नुहुन्छ?
कहिलेकाहीँ हामी अरूको चित्त दुखाउन पुग्छौँ। त्यतिबेला हामीले के गर्नुपर्छ? भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
भिडियोमा देखाइएकी बहिनीले मिलाप गर्न के गरिन्?
-